नीलकण्ठ नगरपालिका धादिङ जिल्लामा पर्छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा निलकण्ठ, मुरलीभञ्ज्याङ, साङ्कोष र सुनौलाबजार गाउँ विकास समितिहरु समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा नीलकण्ठ पनि नगरपालिका बनेको हो । मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२बाट घटेर ३ हजार ७ सय ५२ भएका छन् ।