लालीगुराँस नगरपालिका
लालीगुराँस नगरपालिका नेपालको कोशी अञ्चलको तेह्रथुम जिल्लामा पर्दछ।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा तेह्रथुम जिल्लामा बसन्तपुर, फुलेक, दागपा, सुङनाम र सोल्मा यी ५ गाउँ विकास समितिहरूलाई समेटेर लालीगुराँस नगरपालिका घोषणा गरिएको हो।[४] लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुर गाउँ विकास समितिको कार्यालयमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]
लालीगुराँस नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | पूर्वाञ्चल |
अञ्चल | कोशी अञ्चल |
जिल्ला | तेह्रथुम जिल्ला |
स्थापना | २०७२ आस्विन १ |
सरकार | |
• मेयर | अर्जुन माबोहाङ्ग |
• उप मेयर | तिला पोखरेल |
क्षेत्रफल | |
• जम्मा | ९०.२ किमी२ (३४.८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १६,९३४ |
• घनत्व | १९०/किमी२ (४९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२६ |
वेबसाइट | laliguransmun.gov.np |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
बसन्तपुर, फुलेक, दागपा, सुङनाम र सोल्मा यी ५ गाउँ विकास समितिहरूलाई मिलाएर लालीगुराँस नगरपालिका बनाइएको हो ।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ५ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर लालीगुराँस नगरपालिकाको जनसङ्ख्या १६,९३४ रहेको छ ।[५]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
- ↑ ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |