इलाम नगरपालिका

इलाम नगरपालिका (English: Ilam) इलाम जिल्लाको पहिलो नगरपालिका हो। यो इलाम जिल्लाको सदरमुकाम पनि हो।

इलाम
इलामको प्रवेशद्वार
इलामको प्रवेशद्वार
देश नेपाल
राज्यपूर्वाञ्चल
जिल्लामेची अञ्चल
जिल्लाइलाम जिल्ला
स्थापना२०१५ पुनः २०४७
क्षेत्रफल
 • जम्मा१५.५२ किमी (५.९९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,६३३
 • घनत्व१,२००/किमी (३,१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-२७
वेबसाइटilam.municipality.gov.np

परिचयसम्पादन

इलाम नगरपालिका देशका पुराना नगरपालिका मध्ये एक हो । इलाम नगरपालिका 26.9112° N, 87.9237° E मा अवस्थित रहेकाे छ । साविक २८.७ वर्ग कि.मी. मा रहेको यस नगरपालिकामा आसपासका बरबोट, साखेजुङ, सुम्बेक, पुवामझुवा, सोयाक, गोदक, साङरुम्बा गाविसका सबै वडा तथा सिद्धिथुम्काकाे गाविसका वडा नं. ७ लाइ थप गरी नयाँ संरचना अनुसार १७३.३२ वर्ग कि.मी क्षेत्रमा यसलाई बिस्तार गरिएको छ । यस नगरपालिको पूर्वी सिमाना माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपाकिला सँग जोडिन पुगेको छ भने उत्तरमा सन्दकपुर गाउँपालिका र पाँचथर जिल्ला, पश्चिममा देउमाई नगरपालिका र दक्षिणमा माई र सूर्योदय नगरपालिका पर्दछन् । दुई सय वर्षदेखि जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिकाले जिल्लासंग नाम मिल्नाले अन्यत्रका मानिसका लागि जिल्लाकै प्रतिनिधित्व गर्दै आएको छ ।

भौगोलिक विविधता, जातीय तथा सामाजिक सद्भाव कायम रहेको यस नगरपालिकामा ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरु उल्लेख्य रूपमा छन् । जिल्लाको प्रशासनिक केन्द्र रहेकाले यस नगरपालिकामा पूर्वाधारको विकास पनि तुलनात्मकरूपमा राम्रै छ । जिल्लाको शिक्षा, स्वाथ्य, खेलकूद, उद्योग, व्यापार वाणिज्य, पर्यटन समेतको केन्द्रको रूपमा रहेको यस नगरपालिकाको कूल जनसङ्ख्या ४८,५३६ रहेको छ । यो नगरपालिकाको जनघनत्व २८० प्रति वर्ग कि.मी. छ । जिल्लाका ठूला खोलाहरु माई, जोगमाई, पुवामाईका वेसीँहरु पर्ने भएकाले अन्नवाली उत्पादनका अव्वल क्षेत्रहरु यस नगरपालिकामा पर्दछन् । राई, लिम्वु, ब्राह्मण, क्षेत्री, तामाङ, मगर, नेवार आदि जातिहरूको बसोवास रहेको छ ।अनाथालय, बृद्धाआश्रम, फरक क्षमता भएका बालवालिकाका लागि विद्यालय, रत्न कुमार बान्तवा प्राविधिक शिक्षालय आदिले यो नगरपालिकाको विशिष्टलाई चिनाउने कार्य गरेको छ ।

नेपालको १ नंं प्रदेश साविक पूर्वाञ्चल विकास क्षेत्र, मेची अञ्चल, इलाम जिल्ला, निर्वाचन क्षेत्र नं. १ र इलाका नं. २, पहाडी भेगमा स्थापित इलाम नगरपालिका वि.सं. १८७५ मा सदरमुकाम तथा गौडा हुँदै वि.सं. २०१५ नगरपालिका, वि.सं. २०१९ नगर पंचायत र वि.सं. २०४७ मा पुनः नगरपालिका भएको हो। इलाम नगरपालिकाको वार्ड बिभाजन १ देखि १२ सम्म रहेकाे छ। इलाम नगरपालिका एउटा पर्यटकीय नगरको रूपमा विकसित भएर गइरहेको नगर हो। यस क्षेत्रमा पर्यटकीय पूर्वाधारका लागि विमानस्थल, जैविक विविधताले युक्त विभिन्न पर्यटकीय स्थल, पाैराणिक महत्वका धार्मिक स्थलहरू र शैक्षिक संस्थाहरूको व्यवस्थापन कार्य तीब्रतर गतिमा भइरहेको छ। तत्कालिन अवस्थादेखि नै आफ्नो क्षेत्रका नागरिकहरूको दैनिक तथा आवधिक आवश्यकता परिपूर्ति गर्ने स्थानीय निकायको रूपमा सेवा प्रधान गदै आएको संस्था हो। नगरवासीहरूको आर्थिक, सामाजिक उन्नतिका लागि अग्रगामी दिशोन्मुख गराउने तर्फलगाउने निकायको रूपमा प्रयासरत छ।

जनसङ्ख्यासम्पादन

यस जिल्ला समन्वय समिति इलामले २०७४ मा प्रकाशन गरेको प्रतिवेदनअनुसार इलाम नगरपालिकामा घरसंख्या ११,३८३ रहेको छ । यहाँ महिलाको जनसङ्ख्या २५,२३६ र पुरुषहरूको जनसङ्ख्या २३६०६ गरी कुल जनसङ्ख्या ४८,५३६ रहेको छ ।

त्यस्तै मतदाताहरूमा १५,२६७ जना पुरुष र १५,३५१ जना महिला गरी ३०,६१८ कुल मतदाता संख्या रहेको छ ।

२०७४ सालमा भएको स्थानीय चुनावमा तत्कालिन नेकपा एमालेबाट महेश बस्नेत निर्वाचित भई मेयर बनेका छन् । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कले इलाम नगरपालिकाको जनसङ्ख्या कूल १८,६३३ मध्ये ९,६८७ महिला र ८,९४६ पुरुष ४,७३२ व्यक्तिगत घरसंख्यामा बस्दछन।[१]

चित्र दीर्घासम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन