देवदह नगरपालिका लुम्बिनी अञ्चल, रुपन्देही जिल्ला मा अवस्थित नगरपालिका हो ।

देवदह नगरपालिका
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चललुम्बिनी अञ्चल
जिल्लारुपन्देही जिल्ला
स्थापना२०७१ वैशाख २५
सरकार
 • प्रकारनगरप्रमुख
 • कार्यकारी अधिकृतगणेश घिमिरे
क्षेत्रफल
 • जम्मा१६२.२ किमी (६२.६ वर्ग माइल)
जनसङ्ख्या
 (वि.स.२६८)
 • जम्मा४२,९५३
 • घनत्व२६०/किमी (६९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७१
वेबसाइटwww.devdahamun.gov.np/ne

परिचय सम्पादन गर्नुहोस्

प्राचिन कोलीय राज्यको राजधानी देवदह पश्चिमाञ्चलको रुपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावलीस्थलको रूपमा प्रशिद्ध रहेको छ । देवदह नगरपालिका नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदहकेरवानी गाउँ विकास समितिहरू मिलेर बनेको हो ।[१][२] यस नगरपालिकामा २०६८ को जनगणना अनुसार ९५६७ घरधुरी र ४२९५३ जनसङ्ख्या रहेको छ ।[३] यस नगरपालिकाको पूर्वमा सुनवल नगरपालिका पश्चिममा बुटवल उप-महानगरपालिका उत्तरमा पाल्पा जिल्लाको गोठादी गाविस, चुरे पहाड र दक्षिणमा सिक्टहन गाविसको बिचमा पर्यटकीय नगरी को रूपमा रहेको छ । कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, गौतम बुद्धको मावली गाँउ, प्राकृतिक श्रोत र साधनको उपलब्धता भएको, विभिन्न जातजातीहरूको सांस्कृतिक सम्पदाको भण्डार रहेको हुँदा धेरै सम्भावना भएको नगरको रूपमा रहेको छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "७२ नगरपालिका थपिए", अन्नपूर्ण पोष्ट, २५ बैशाख, २०७१, अन्तिम पहुँच २५ बैशाख, २०७१ 
  2. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", अन्नपूर्ण पोष्ट, २०७१ बैशाख २५, अन्तिम पहुँच २०७१ बैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
  3. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्