बेसीसहर नगरपालिका
बेसीशहर (अङ्ग्रेजी: Besishahar Municipality) नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एउटा नगरपालिका हो । यो लमजुङ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र पनि हो । बेसीशहर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[१] यो नगरपालिका २०७१ बैशाख २५ गते घोषणा भई २०७१ जेष्ठ १ गतेबाट कार्यन्वयनमा आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा बेसीशहर,उदीपुर,गाउँशहर र चण्डीस्थान गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । यस नगरपालिकामा १४ वटा ओडाहरू रहेका छन् र यस नगरपालिकामा विभिन्न जात जतिको बसोबास रहेको छ ।[२]
बेसीशहर नगरपालिका
Besishahar Municipality (अङ्ग्रेजीमा) | |
---|---|
बेसीशहर नगरपालिकाको बिहानको दृश्य | |
देश | ![]() |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | लमजुङ जिल्ला |
स्थापना | २०७१ जेष्ठ १ |
सरकार | |
• मेयर | गुमान सिंह अर्याल |
• उप मेयर | लक्ष्मी अधिकारी |
क्षेत्रफल | |
• जम्मा | ४४.७ किमी२ (१७.३ वर्ग माइल) |
उन्नतांश | ७६० मिटर (२४९० फिट) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ३३६००, ३३६०८(फलियासाँघु, उदीपुर) |
क्षेत्रीय सङ्केत | ०६६ |
वेबसाइट | www.besishaharmun.gov.np |
जनसङ्ख्या सम्पादन
बेसीशहर,उदीपुर,गाउँशहर र चण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो । त्यसैले एघारौँ राष्ट्रिय जनगणना २०६८(2011) अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २६,६४०(१४,७१९ महिला र ११,९२१ पुरुष)रहेको यस नगरपालिकामा ७,२३८ घरधुरी रहेका छन् ।[३][४]
बेसीशहर नगरपालिकाको चित्र दीर्घा सम्पादन
-
गाउँशहरबाट हेर्दा बेसीशहर नगरपालिका
-
हिलेटक्सारबाट हेर्दा बेसीशहर नगरपालिका
-
बेसीशहर
-
बेसीशहर नगरपालिकाको गाउँशहरमा रहेको लमजुङ दरबारको पेन्टिङ
-
बेसीशहर नगरपालिकाको फलियासाँघु उदिपुरमा रहेको मध्य मर्स्याङ्दी जलविद्युतको ड्याम
-
बेसीशहर नगरपालिकाको उदिपुरमा रहेको उदिपुर कालिका मन्दिर
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।
- ↑ "बेसीशहर नगरपालिकाको वडा बिभाजन र जनसङ्ख्या", जिल्ला विकास समिति, लमजुङ, अन्तिम पहुँच २०१४-०९-१५।
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "बेसीशहर नगरपालिकाको वडा बिभाजन र जनसङ्ख्या", जिल्ला विकास समिति, लमजुङ, अन्तिम पहुँच २०१४-०९-१५।
यो पनि हेर्नुहोस सम्पादन
बाह्य कडीहरू सम्पादन
naruwal