भरतपुर महानगरपालिका

नेपालको महानगरपालिका

भरतपुर नेपालको बागमती प्रदेशमा पर्ने चितवन जिल्लाको सदरमुकाम[६] तथा महानगरपालिका हो। नेपालको मध्य भूभागमा रहेको भरतपुर महानगर देशकै चौथौ ठूलो सहर हो। यो नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको एक हो। नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर चितवन लगायत केन्द्रीय नेपालको व्यापारिक केन्द्र हो। यो महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणगढ सहरमा मुख्य व्यापारिक पसल र ठूला होटेलहरू रहेका छन् भने अन्य आवश्यक पूर्वाधारका साधनहरू नगरको अन्य क्षेत्रहरूमा रहेका छन्। कुल २९ वटा वडा रहेको भरतपुरको जनसङ्ख्या वि.सं. २०६८ को जनगणना अनुसार २,८०,५०२ रहेको छ भने यो सहर ४३२.९५ वर्ग किलोमिटरमा फैलिएको छ। यहाँको साक्षरता दर ९८.५४ प्रतिशत रहेको छ जसमध्ये महिलाको साक्षरता दर ९७.८४% छ भने पुरुषको साक्षरता दर ९९.१४% रहेको छ।[७]

भरतपुर महानगरपालिका
भरतपुर सहरी क्षेत्रभित्र रहेको एक प्रवेशद्वारको दृश्य
भरतपुर सहरी क्षेत्रभित्र रहेको एक प्रवेशद्वारको दृश्य
भरतपुर महानगरपालिका is located in बागमती प्रदेश
भरतपुर महानगरपालिका
नक्सामा भरतपुर महानगरपालिकाको अवस्थिति
भरतपुर महानगरपालिका is located in नेपाल
भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४१′उ॰ ८४°२६′पू॰ / २७.६८३°N ८४.४३३°E / 27.683; 84.433
देशFlag of Nepal.svg नेपाल
प्रदेशवाग्मती प्रदेश
जिल्लाचितवन जिल्ला
नगर पञ्चायतवि.सं. २०३५ माघ १५[२]
समावेश गाउँ पञ्चायतनारायणगढ र कल्याणपुर (आंशिक भाग)
उपमहानगरपालिकावि.सं. २०७१ पुस २८[३]
सम्मिलित (गाविस)मङ्गलपुर, फुलबारी, गीतानगर, पटिहानी तथा शिवनगर
महानगरपालिकावि.सं. २०७३ फाल्गुण २७[४]
सम्मिलित क्षेत्रहरूभरतपुर, नारायणी, चित्रवनकविलास
सरकार
 • प्रमुखरेणु दाहाल (नेकपा)
 • उपप्रमुखपार्वती शाह (नेका)
 • प्रमुख जिल्ला अधिकारीअस्मान तामाङ[५]
क्षेत्रफल
 • जम्मा४३३ किमी (१६७ वर्ग माइल)
उन्नतांश
२०८ मिटर (६८२ फिट)
जनसङ्ख्या
 • जम्मा२८०,५०२[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाकी सङ्केत
४४२००, ४४२०७
क्षेत्रीय सङ्केत(हरू)०५६
मौसमआर्द्र अर्ध-कटिबन्धीय जलवायु
वेबसाइटwww.bharatpurmun.gov.np

प्रत्येक पाँच वर्षमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि भरतपुर महानगरपालिकालाई चितवन निर्वचन क्षेत्र १ र निर्वाचन क्षेत्र ३ मा विभाजन गरिएको छ भने गण्डकी प्रदेश सभाको लागि चितवन निर्वचन क्षेत्र २ (क), (ख) र चितवन निर्वचन क्षेत्र ३ (क), (ख) मा विभाजन गरिएको छ।[८][९]

वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार भरतपुरलाई महानगरपालिकामा स्तरोन्नति गर्दा साविकका भरतपुर क्षेत्र, नारायणी नगरपालिका, चित्रवन नगरपालिकाकविलास गाउँ विकास समितिलाई यसमा गाभिएको थियो।[४][१०][११]

वि.सं. २०७४ साउन २१ गतेको निर्वाचन परिणामअनुसार महनगरपालिकाको नगर प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टीकी रेणु दाहाल र उप नगरप्रमुख पदमा नेपाली काङ्ग्रेसकी पार्वती शाह विजयी भएका थिए।[१२]

कृषि तथा वन विश्वविद्यालयले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेको भरतपुरको वडा नं. १६ रामपुरस्थित २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनिरहेको छ।[१३]

इतिहाससम्पादन

वि.सं. २००० को दशकसम्म घनाजङ्गलको रूपमा रहेको भरतपुरको बजार क्षेत्रमा थारु, बोटे, दराई समुदायको मानिसहरूको बसोबास रहेको थियो।[१४]सानो नाकाको रूपमा रहेको भरतपुरको विकासमा वि.सं. २०१२ मा तत्कालीन सरकारद्वारा ल्याइएको ‘राप्ती दुन विकास योजना’ ले गर्दा बस्ती बसाउने कार्यको थालनी भएको थियो। अमेरिकी सहयोगमा सुरु गरिएको सो आयोजनाको प्रमुख कृष्ण बम मल्ल थिए। योजनावद्ध रूपमा नभएता पनि यसै परियोजनाको फलस्वरुप भरतपुरमा अस्पताल, विद्यालय र सरकारी कार्यालयहरूको लागि जग्गा खाली राखेर सर्वसाधारणहरूलाई जग्गा बाँडी बसोबास गर्न प्रोत्साहित गरिएको थियो।[१४]

नगर पञ्चायत ऐन २०१९ बमोजिम तत्कालिन सरकारले वि.सं. २०३५ साल माघ १५ गते तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतको सबै भाग र कल्याणपुर गाउँ पञ्चायतको आंशिक भागलाई मिलाएर भरतपुर नगर पञ्चायत बनाएको थियो। भरतपुर नगर पञ्चायतको पहिलो नगरप्रमुख मुक्तिलाल चुके थिए।[१५][१६] वि.सं. २०४७ सालमा देशमा नेपाल अधिराज्यको संविधान २०४७ लागु भएपछि नगरपालिकाको लागि चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति भएको कारणले भरतपुर स्वतः नगरपालिका बन्न पुगेको थियो।[१४] यो नगर चितवन जिल्लाकै पहिलो नगरपालिका समेत हो। नगरपालिका बनेपछि यहाँ सडक विकासको काममा तीव्रता आएको थियो। वि.सं. २०७१ मङ्सिर १३ गते नेपालको मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिले ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने सिफारिस गरे अनुरूप नेपाल सरकारको निर्णय बमोजिम वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार भरतपुर पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार भएको थियो।[३] उक्त समयमा भरतपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा मङ्गलपुर, फुलबारी, गीतानगर, पटिहानी तथा शिवनगर गाविसलाई समावेश गरिएको थियो। नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकारको गठन भएपछि वि.सं. २०७३ फाल्गुण २७ गते भरतपुरलाई महानगरपालिकामा स्तरोन्नति गरेपछि हाल यस महानगरपालिकामा २९ वटा वडाहरू छन्।[४][१७]

अवस्थितिसम्पादन

यो सहर समुद्री सतहबाट १४० मिटरदेखि ३९० मिटर उचाइसम्म फैलिएको छ। यो नगर २७° ३२' ५८" देखि २७° ४५' ४०" उत्तरी अक्षांश र ८४° ९' ४१" देखि ८४° २९' ५" पूर्वी देशान्तरमा पर्दछ। यसको पूर्वमा रत्ननगर नगरपालिका, कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका रहेका छन्[१८] भने पश्चिमतर्फ विश्व सम्पदा क्षेत्रमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जनवलपुर जिल्ला उत्तरतर्फ तनहुँ जिल्लाइच्छाकामना गाउँपालिका तथा दक्षिण तर्फ चितवन राष्ट्रिय निकुञ्ज नै पर्दछ। यसको तल्लो समथर सतहमा वडा नं. १, २, ३ र ४ तथा ५ को भू-भागहरू पर्दछ।

जलवायुसम्पादन

समुद्री सतहबाट कम उचाइमा, तल्लो समथर भू–भागमा र महाभारत पर्वतको नजिकै रहेको कारण भरतपुर क्षेत्रमा औसत तापक्रम बढी, आद्रतायुक्त जलवायु भएको पाइन्छ। यहाँ पुस, माघ महिनामा अत्याधिक जाडो हुन्छ भने सो समयमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियस सम्म पुग्ने गर्दछ। यहाँ वैशाख, जेठ र असार महिनामा सर्वाधिक गर्मी हुन्छ भने उक्त समयमा यहाँको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको पाइन्छ। भरतपुरमा वार्षिक औसत वर्षा १,५०० मिलिमिटर हुने गर्दछ। वि.सं. २०६८ साउन ३२ मा, यहाँ हालसम्मकै सर्वाधिक अर्थात् २४ घन्टामा लगभग ३११ मिलिमिटर पानी परेको थियो।[१९] साधारणतया वैशाख र जेठ याममा यहाँ बढी सुख्खा हुने गर्दछ।[२०]

जनसङ्ख्यासम्पादन

नेपालको वि.सं. २०६८ को जनगणना अनुसार भरतपुरको जनसङ्ख्या २,८०,५०२ रहेको थियो जसमध्ये पुरुषको जनसङ्ख्या १,४६,५०१ र महिला १,३४,००१ रहेको थियो।[२१] भरतपुरमामा मुख्यतया थारू, दराई, बोटे, गुरुङ, मगर, चेपाङ, तामाङ रहेका छन् भने यहाँ थोरै सङ्ख्यामा राई, लिम्बु लगायत बराल, पौडेल, अधिकारी, थापा, बोहोरा थर भएका बाहुन तथा क्षेत्री जाति बसोबास गर्छन्। यहाँ श्रेष्ठ, प्रधान, महर्जन, शाही लगायतका थर भएका नेवार जातिका मानिसहरूका साथै नेपालमा रहेका अन्य सबै जातजातिका मानिसहरू बसोबास गर्दछन्।[२१]

जनसङ्ख्या वर्गीकरण[२२]सम्पादन

ऐतिहासिक जनसङ्ख्या
वर्षजन.±%
वि.सं.२०३८ २७,६०२—    
वि.सं.२०४८ ५४,६७०+९८.१%
वि.सं.२०५८ १२५,११२+१२८.८%
वि.सं.२०६८ २८०,५०२+१२४.२%
स्रोत: सोधपत्र
जातिगत जनसङ्ख्या विवरण, वि.सं.२०६८ जनगणना अनुसार
जाति जनसङ्ख्या
ब्राह्मण
९६,२५५
क्षेत्री
३५,३८५
गुरुङ
२४,४८५
सार्की, कामी
१८,९६३
नेवार
१७,२४२
थारू
१७,१५६
मगर
१४,४९०
कुमाल
६,७७१
दमाई
६,२७०
घर्ती
२,१०२

यातायात तथा सडक सञ्जालसम्पादन

भरतपुर महानगर अन्तरर्गत पूर्व-पश्चिम राजमार्ग तथा मुग्लिन नारायणगढ सडक खण्ड रहेको छ। दुई ठुला राजमार्ग र देशको केन्द्र भएकाले यहाँबाट मुलुकको हरेक भागमा जानका लागि बस, माइक्रो बस, भाडाको कार, ट्याक्सी, लगायत लामो दुरीका यातायात साधन उपलब्ध छन्। महानगरले यातायात व्यवस्थापनमा समस्या देखिएको भन्दै बि.स. २०७६ जेठमा तीन पाङ्ग्रे सवारीलाई प्रमुख मार्गमा सञ्चालन हुनबाट रोकेको थियो[२३] भने यसको विरोधमा प्रदर्शन समेत भएको थियो।[२४] यातायातको प्रमुख साधन सडक सञ्जालद्वारा भरतपुरबाट नेपालको पूर्व पश्चिम भागमा जान सकिने सहजता भएता पनि यहाँ रहेको भरतपुर विमानस्थलले नेपालको प्रमुख सहर काठमाडौँपोखरालाई जोड्ने गर्दछ।[२५] यस्तै सरकारले यहाँको सीमा सुरक्षा कार्यालय नजिकै यातायात व्यवस्था कार्यालय खोल्ने जनाएको थियो, तथापि यो हालसम्म सञ्चालनमा आएको छैन।[२६]

उद्योग-धन्दासम्पादन

भरतपुर महानगरपालिकामा चितवन उद्योग सङ्घमा दर्ता भएका जम्मा ४६४ उद्योगहरू रहेको छन्।[२७] भरतपुरमा कोका-कोला[२८], सान मिगेल बियर[२९], कृषि क्षेत्रको विकास र विस्तार गर्नको लागि डेरीका लागि आवश्यक सम्पूर्ण सामान उत्पादन गर्ने कम्पनी ह्वाइट हिमालयन इन्जिनियरिङ[३०],जस्ता दुईचार वटा बहुराष्ट्रिय उद्योगका साथै ठूलासाना अरू उद्योगहरू पनि रहेका छन्, तर यो सहर मुख्यतया सेवा उद्योगमा प्रसिद्धि कमाउँदै गइरहेको छ। महानगरपालिकाले उद्योग प्रवर्द्धन र अन्य प्रायोजनका लागि आर्थिक वर्ष वि.स. २०७७/०७८ को लागि ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार आयव्ययको अनुमान प्रस्तुत गरेको थियो।[३१]

सञ्चार तथा सूचना क्षेत्रसम्पादन

एफएम स्टेसनहरूसम्पादन

रेडियोको नाम ठेगाना मेघाहर्ज प्रसारण संस्था
कालिका एफएम ९५.२ र कालिका ९१ भरतपुर-१० २००० वाट कालिका एफएम प्रा.लि.
हाम्रो एफएम भरतपुर-११ २००० वाट हाम्रो एफएम प्रा.लि.
रेडियो त्रिवेणी भरतपुर-११ २००० वाट त्रिवेणी एफएम प्रा.लि.
सिनर्जी एफएम भरतपुर-१० २००० वाट सिनर्जी एफएम प्रा.लि.
रेडियो सम्पदा ९०.५ भरतपुर-६ २५० वाट रेडियो सम्पदा प्रालि
रेडियो भरतपुर १०५.२ भरतपुर-७ ५०० वाट रेस नेपाल
रेडियो शिवशक्ति ९८.३ भरतपुर-१४ ५०० वाट शिवशक्ति सामुदायिक संस्था
रेडियो प्रभाव ९२.४ भरतपुर-२१ २०० वाट रेडियो प्रभाव प्रा.लि.
सेफर्ड एफएम ८९.२ भरतपुर-२५ १०० वाट सेफर्ड मिडिया प्रा.लि.

टेलिभिजन स्टेसनहरूसम्पादन

टेलिभिजनको नाम ठेगाना प्रसारण संस्था
बेसो भरतपुर-२ एकता सञ्चार नेपाल प्रा.लि.
कृस्टल भरतपुर-१० कृस्टल सञ्चार सहकारी संस्था लिमिटेड
आभाष भरतपुर-२ ग्रिनलाइन मिडिया प्रा.लि.
टिभी कालिका भरतपुर-१० टिभी कालिका प्रा.लि.
नमस्ते भरतपुर-२ सोनुसम्राट मिडिया प्रा.लि.

प्रमुख शैक्षिक प्रतिष्ठानहरूसम्पादन

कृषि तथा वन विश्वविद्यालयसम्पादन

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको रामपुरस्थित केन्द्रीय क्याम्पस र हेटौँडामा रहेको कृषि तथा पशु विज्ञान अध्यान संस्थानको केन्द्रीय क्याम्पस तथा पोखरा अवस्थित वन विज्ञान क्याम्पस मिलेर बनेको विश्वविद्यालय हो।[३२]

वीरेन्द्र बहुमुखी क्याम्पससम्पादन

नेपालको चितवन जिल्ला स्थित भरतपुर वडा नं. १० मा अवस्थित एक सरकारी तथा बहु-सङ्काय सञ्चालित क्याम्पस हो। यो क्याम्पसको स्थापना वि.सं. २०२२ सालमा भएको थियो। नारायणगढ बजारबाट भरतपुर उकालोको देब्रेपट्टी पर्ने यो क्याम्पस भरतपुर सहरको केन्द्रमै अवस्थित छ। हाल ९-१० वर्षदेखि क्याम्पसले उसको स्नात्तकोतर तहको कक्षाहरू भरतपुरको वडा १०, ११ र १२ को बीचमा बाइपास सडकसँगै रहेको क्याम्पसको जग्गामा भवन बनाई सञ्चालन गर्दै आएको छ। यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो।[३३]

बालकुमारी कलेजसम्पादन

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन रहेको यो सामुदायिक कलेज नारायणगढको क्याम्पाचौरमा रहेको छ। यहाँ मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्यापन हुने गरेको छ।[३४]

सप्तगण्डकी बहुमुखी क्याम्पससम्पादन

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन रहेको यो दोस्रो सामुदायीक क्याम्पस भरतपुर अस्पताल नजिकै रहेको छ। यहा मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्यापन हुने गरेको छ।[३५]

पुरानो मेडिकल कलेजसम्पादन

यो भरतपुरको पहिलो मेडिकल कलेज हो जसको स्थापना वि.सं. २०५० सालमा भएको थियो।[३६]

प्रमुख पर्यटकीय गन्तव्यहरूसम्पादन

चितवन राष्ट्रिय निकुञ्जसम्पादन

चितवन राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको थियो। जैविक विविधताको धनी यो निकुञ्ज नेपालको मध्य तराईमा अवस्थित छ। यहाँ ३० भन्दा बढी ठूला जातका स्तनधारी जीवजन्तुहरू पाइन्छन्। चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ मानिएका एकसिङ्गे गैँडा र ठूला हात्तीहरूको पनि बासस्थान हो। यस निकुञ्जको प्रधान कार्यालय कसरामा रहेको छ जसकारण सबै प्रकारका प्रशासनिक कामहरू कसराबाटै हुने गर्दछ।[३७] यसलाई विश्व स्तरमै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा लिइन्छ।[३८]

नारायणी नदीसम्पादन

यो सहरको उत्तर पश्चिम हुँदै बग्ने नारायणी नदी भरतपुरको प्रमुख जलधारा हो यो नदीको किनारामा सूर्योदय एवम् सूर्यास्त हेर्न तथा पवित्र देवघाट स्नानका लागि पर्यटक तथा भक्तजन यो नदी किनारमा पुगेका हुन्छन्।[३९] यहाँ राफटिङ र डुङ्गा विहार पनि उपलब्ध छन्।[४०] नारायणी नदीको किनारमा चितवन महोत्सव पनि हुने गर्दछ।[४१]

राप्ती नदीसम्पादन

चितवन राष्ट्रिय निकुञ्जको किनारामा बग्ने यो नदी पर्यटकमाझ लोकप्रिय छ। यो नदीको किनारामा सूर्योदय एवम् सूर्यास्त हेर्न तथा जल यात्राका लागि पर्यटकहरूलाई आकर्षित गर्दछ। यहाँ गोही संरक्षण क्षेत्र समेत रहेको छ।[४२]

बीस हजारी तालसम्पादन

विश्वप्रसिद्ध सिमसार क्षेत्र विसहजारी ताल पन्छी प्रेमीहरू माझ प्रसिद्ध छ। यो क्षेत्र साइबेरियादेखि श्रीलङ्कासम्म चक्ककर लागउने फिरन्ता चराहरूको एक प्रमुख विश्रामस्थल हुनुका साथै स्थानीय चराहरू र गोहीको पनि केन्द्र हो।[४३]

मेघौलीसम्पादन

मेघौली चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी प्रवेशद्वार हो।[४४] यसले हरेक वर्ष हजारौँ दर्शकहरूलाई आकर्षित गर्दछ। नारायणी र राप्तीको दोभान गोलाघाट (मेघौली) सूर्यास्तको अवलोकनका लागि नेपालमै ख्याति प्राप्त क्षेत्र मानिन्छ।[४५] स्थानीय आदिवासी थारू व्यक्तिहरू बारे थप जान्नका लागि पनि यो एउटा रमाईलो ठाउँ हो। यो परम्परागत बस्तीको राम्रो संरक्षण उदाहरण हो। यहाँ हात्ती पोलो विश्वकप समेत हुने गरेको छ।[४६][४७]

विक्रम बाबासम्पादन

विक्रम बाबा मेला चितवन राष्ट्रिय निकुञ्ज भित्र प्रत्येक वर्ष लाग्ने गर्दछ। सामान्यतया यो प्रत्येक वर्षको चैते दशैँबाट सुरु हुन्छ।[४८] मेलामा चितवन राष्ट्रिय निकुञ्जभित्र अवस्थित सालको रुखको फेदमा पूजा गर्ने गरिन्छ।[४९] मेला हेर्न स्थानीय पर्यटकहरूका साथसाथै भारत तथा अन्य देशहरूबाट पनि भक्तजनहरू आउने गरेका छन्। वि.सं. २०७६ सालमा भने १५ दिनसम्म चल्ने मेला कोरोनाका कारण स्थगित गरिएको थियो।[५०]

उल्लेखनीय भवनहरूसम्पादन

दियालो बङ्गला राजदरबारसम्पादन

नेपालको तत्कालीन राजा महेन्द्रले निर्माण गर्न लगाएको यो दरबार शाह राजाहरूको सितकालीन दरबारको रूपमा रहेको थियो। यो दरबार भरतपुर भएर बग्ने नारायणी नदी किनारमा अवस्थित छ।[५१] वि.सं. २०२६ मा निर्माण सम्पन्न भएको यो दरबारमा राजपरिवारका सदस्यहरूको विश्राम गर्ने मुख्य गन्तव्य बनेको थियो।[५२]

कसरा दरबारसम्पादन

नेपालका राणा शासकहरू यस क्षेत्रमा सिकार गर्ने भएकोले विश्रामस्थलको रूपमा यो दरबार बनाइएको थियो। वर्तमान समयमा यो दरबारभित्र चितवन राष्ट्रिय निकुञ्जको कार्यलय हुनुका साथै सङ्ग्रहालय रहेको छ।[५३]

भरतपुर कभर्ड हलसम्पादन

भरतपुरमा भित्री खेलहरू खेल्नका लागि बनाइएको यो कर्भडहल सहरको मध्य भागमा रहेको गेस्टहाउस मैदानको किनारमा रहेको छ। स्थानीय तह निर्वाचन, २०७४मा यहाँ मतपत्र गणना समेत गरिएको थियो।[५४]

उपरदाङगढी‎सम्पादन

ढुङ्गाले बनाइएको चित्तार्कषक यो गढी वडामाहाराज पृथ्वीनारायण शाहका माहिला छोरा राजकुमार बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले बनाएका थिए। यो गढी भर्खरै एकीकरण हुँदै गरेको नेपालको अङ्ग्रेजसँग हुनसक्ने सम्भावित भिडन्तलाई मध्यनजर गरि बनाइएको थियो।[५५] चितवन जिल्लाको पुरानो सदरमुकाम रहेको यो गढीको निर्माण सम्पन्न भएपछि यो प्रशासनिक र व्यापारिक केन्द्र बनेको थियो। उपरदाङगढी‎ पहाडको टाकुरामा रहेको गढी र यातायातको असुविधाले गर्दा वि.सं. २०१८ सालदेखि वि.सं. २०२४ सालसम्ममा यहाँबाट सदरमुकाम भरतपुर सारिएको थियो।[५६][५७]

खेलकुदसम्पादन

नगरका युवाहरू माझ फुटबल, क्रिकेटभलिबल खेल लोकप्रिय रहेको छ।[५८][५९] जम्मा १५ वटा खेल मैदान रहेको यो नगरको मुख्य खेलहरू वर्तमान समयमा क्याम्पा चौर र कभर्ड हल, गेस्ट हाउस चौरमा हुने गरेको छ। क्रिकेट खेलको बढ्दो लोकप्रियताका कारण चौतर्फी सामाजिक प्रयासमा यस नगरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउने कार्यलाई अघि सारिएको छ।[६०][६१] गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नाम राखिएको यो क्रिकेट रङ्गशालालाई वि.सं. २०७८ सम्ममा पुरा गर्ने लक्ष्य राखिएको छ।[६२] क्रिकेटमात्र नभएर फुटबल खेलमा समेत नाम कमाएको भरतपुरमा वि.सं. २०७६ देखि भरतपुर गोल्डकप आयोजना हुँदै आएको छ। यो चितवनकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगितासमेत हो।[६३][६४]

उल्लेखनीय व्यक्तिहरूसम्पादन

चित्र दीर्घाहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, वि.सं. २०७२ मङ्सिर २४, अन्तिम पहुँच वि.सं. २०७८ माघ २८ 
  2. "नगर पञ्चायत ऐन २०१९ बमोजिम दाङ जिल्ला अन्तर्गत त्रिभुवन नगर पञ्चायतक्षेत्र घोषित गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०३५ माघ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  3. ३.० ३.१ "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७१ पुस २८, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  4. ४.० ४.१ ४.२ "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फाल्गुण २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  5. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  6. "नेपाल अधिराज्यलाई १४ अंचल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पौष २, पृ: ५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  7. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  8. "चितवनको निर्वाचन क्षेत्र निर्धारण, प्रदेशको क्षेत्र निर्धारण प्रति नेकपा एमालेको असहमति", सौराहा अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०८ 
  9. सिनर्जी एफएम (२०१७-१२-०७), "चितवनको कुन ठाउँ कुन निर्वाचन क्षेत्रमा, मतदाता कति ?", सिनर्जी एफएम (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०८ 
  10. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  11. Lua error in मोड्युल:स्रोत at line 4092: attempt to index field 'date_names' (a nil value).
  12. Lua error in मोड्युल:स्रोत at line 4092: attempt to index field 'date_names' (a nil value).
  13. परेश सापकोटा, "चितवनमा रङ्गशाला बनाउने धुर्मुस सुन्तली फाउन्डेसनको घोषणा", रेडियो नेपाल, अन्तिम पहुँच १६ माघ २०७५ 
  14. १४.० १४.१ १४.२ "बदलिँदो चितवन : ७० वर्षको कायाकल्प कथा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०७ 
  15. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  16. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  17. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  18. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  19. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  20. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  21. २१.० २१.१ Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  22. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  23. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  24. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  25. Lua error in मोड्युल:स्रोत at line 4092: attempt to index field 'date_names' (a nil value).
  26. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  27. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  28. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  29. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  30. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  31. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  32. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  33. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  34. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  35. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  36. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  37. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  38. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  39. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  40. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  41. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  42. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  43. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  44. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  45. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  46. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  47. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  48. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  49. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  50. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  51. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  52. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  53. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  54. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  55. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  56. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  57. Lua error in मोड्युल:Citation/CS1/Utilities at line 251: attempt to index field 'presentation' (a nil value).
  58. "प्रदेश ३ स्तरीय खेलकुद प्रतियोगिता चितवनमा हुने", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०९ 
  59. "भरतपुरमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सुरु", स्टार दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०९ 
  60. "चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०९ 
  61. "चितवन प्रिमियर लिग माघ १७ देखि", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०९ 
  62. "चितवनमा क्रिकेट रंगशाला बनाउन निजामती कर्मचारीले दिए ७ लाख", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०९ 
  63. "भरतपुर गोल्ड कप हुने", चितवन पोस्ट दैनिक (नेपालीमा), २०१५-०८-१६, अन्तिम पहुँच २०२०-१२-०९ 
  64. "फागुन २४ देखि भरतपुर गोल्डकप, विजेतालाई १० लाख", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०९ 

यो पनि हेर्नुहोस्सम्पादन