बेदकोट नगरपालिका
बेदकोट नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्ने कञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कञ्चनपुरमा सुडा र दैजी यी २ गाउँ विकास समितिहरूलाई समेटेर बेदकोट नगरपालिका घोषणा गरिएको हो।[४] बेदकोट नगरपालिकाको केन्द्र सुडा गाउँ विकास समितिको शिशैया बजार क्षेत्रमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]
बेदकोट | |
---|---|
आदर्श वाक्य(हरू): समृद्ध वेदकोट नगरको आधार, कृषि उद्योग पर्यटन र पूर्वाधार | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कञ्चनपुर जिल्ला |
वडा संख्या | १० |
स्थापना | २०७२ असोज १ |
सरकार | |
• प्रकार | स्थानीय तह |
• अङ्ग | नगर कार्यपालिका |
• प्रमुख | अशोक कुमार चन्द (नेकपा (एमाले)) |
• उपप्रमुख | शुशिला सिंह नेकपा (एमाले) |
क्षेत्रफल | |
• जम्मा | १५९.९२ किमी२ (६१.७५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४९,४७९ |
• घनत्व | ३१०/किमी२ (८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-९९ |
वेबसाइट | bedkotmun |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
सुडा र दैजी यी २ गाउँ विकास समितिहरूलाई मिलाएर बेदकोट नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी २ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बेदकोट नगरपालिकाको जनसङ्ख्या ४९,४७९ रहेको छ।[५] यहाँको प्रसिद्ध धार्मिक स्थल मानिने बैजनाथ धाम यहि बेदकोट नगपालिका वडा न ३ मा पर्दछ ।
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
- ↑ ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति