शिवसताक्षी नगरपालिका

शिवसताक्षी नगरपालिका नेपालको एक नगरपालिका हो ।[२] यो नगरपालिका कोशी प्रदेशको झापा जिल्लामा अवस्थि छ । यस नगरपालिका नेपाल सरकारले मिति २०७३।११।२७ गतेको राजपत्रमा सूचना प्रकाशित गरी साविकको शिवसताक्षि नगरपालिका, पाँचगाछि गाविस, तथा धरमपुर गाविस सम्मिलित गरी यस शिवसताक्षि नगरपालिका गठन गरेको हो । जम्मा ११ एघार वटा वडामा विभाजन गरीएको यस नगरपालिकाको कुल क्षेत्रफल १४५।४८ वर्ग कि।मी। रहेको छ भने २०७५ काे घरधुरी सर्वेक्षण अनुशार यस नगरपालिकाकाे जनसंख्या ७४,३६६ रहेको छ । साविक धरमपुर गाविस हाल वडा नं। १, २, ३ तथा साविक पाँचगाछि गाविस हाल वडा नं। ४, ५ को रुपमा रहेको छ भने वडा नं। ६ र ७ ले साविक शिवगंज गाविस तथा वडा नं। ८, ९, १० र ११ ले साविक सतासीधाम गाविसलाई समेटेको छ। यस नगरपालिकाको पूर्वमा कन्काइ नगरपालिका उत्तरमा इलाम जिल्ला पश्चिममा कमल गाउँपालिका र दक्षिणमा झापा गाउँपालिका र गौरीगंज गाउँपालिका रहेका छन । सताक्षिधाम धार्मिक क्षेत्र, दोमुखा पर्यटकिय क्षेत्र, चिल्लागढ ऐतिहासिक साँस्कृतिक क्षेत्र लगायत विभिन्न मठ मन्दिर, गुम्बा तथा खोलानाला, नहर, कुलो, पोखरी, सिमसार क्षेत्र तथा हरिया वनहरुले यस नगरपालिकालाई शान्त, आकर्षक र रमणिय बनाएका छन ।अन्य नगरपालिकाहरुको तुलनामा विकासका पूर्वाधारहरु कम भएता पनि अत्याधिक सम्भावना बोकेको क्षेत्रको रुपमा यस नगरलाई लिईन्छ । नगरपालिकाको केन्द्र वडा नं. ७ स्थित ब्याङ्गडाँडामा रहेको छ । नगरपालिकाको प्रमुखमा मेघहाङ्ग थोप्रा (रोशन) तथा उप-प्रमुखमा नरमाया कार्की निर्वाचित हुनुभएको छ । जन प्रतिनिधिहरु निर्वाचित भै आए पश्चात नगर कार्यपालिकाले नगर कार्यपालिका कार्य विभाजन नियमावली, कार्य सम्पादन नियमावली लगायतका विभिन्न नियमावली र कार्यविधिहरु स्विकृत गरी त्यसैका आधारमा नगर कार्यपालिकाका दैनिक प्रशासनिक तथा विकासात्मक कार्यहरु संचालित छन ।[३]

शिवसताक्षी नगरपालिका
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
सरकार
 • मेयरमेघहाङ्ग थोप्रा (रोशन)
 • उप मेयरनरमाया कार्की
क्षेत्रफल
 • जम्मा९०.२ किमी (३४.८ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१]
 • जम्मा३९,६८९
 • घनत्व४४०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५७२०४
क्षेत्रीय सङ्केत+९७७-२३
वेबसाइटwww.shivasatakshimun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

यो नगरपालिका सतासीधाम, शिवगञ्ज, धरमपुर र पाँचगाछी मिलेर बनेको हो। २०७५ काे घरधुरी सर्वेक्षण अनुसार यस नगरपालिकाकाे जनसंख्या ७४,३६६ रहेको छ।

धार्मिक एवं पर्यटकीय स्थलहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)"
  2. "शिवसताक्षी नगरपालिका" 
  3. अधिकारी, चेतन (२०७१ मंसिर २०), "अधिकांश झापाली बने सहरवासी", कान्तिपुर, कान्तिपुर, अन्तिम पहुँच मंसिर १९ [dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्