हेटौँडा उपमहानगरपालिका

हेटौंडा उपमहानगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम हो ।

हेटौँडा उपमहानगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम हो।[१][२] यो नगर भौगोलीक रूपमा भित्री मधेस भनिने चितवन उपत्यका (नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिने)को पूर्वी छेउ चुरेपाहडी श्रृङखलासँग जोडएर रहेको छ। यो मध्य नेपालको प्रमुख वाणिज्य तथा यातायात केन्द्र हो। यो महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको मिलन विन्दुमा अवस्थित छ। यहा हिन्दु, बौद्ध, मुसलमान, क्रिश्चियन धर्मावलम्बीको बसोवास छ। नेपालको मन्त्री परिषद अन्तर्गतको सामाजिक समितिले ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा हेटौँडालाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गेरको हो। हेटौँडालाई उपमहानगरपालिका घोषित गर्दा यसमा वसामाडि गाविसलाई समावेश गरिएको छ।

हेटौँडा
पहाडबाट हेटौँडा उपमहानगरपालिकाको दृश्य
पहाडबाट हेटौँडा उपमहानगरपालिकाको दृश्य
उपनाम(हरू): 
हेटौडा उपमहानगरपालिका
देश नेपाल
अञ्चलनारायणी अञ्चल
जिल्लामकवानपुर जिल्ला
सरकार
 • मेयरमिना कुमारी लामा
 • उप मेयरराजेश बानियाँ
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा८४,६७१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
४४१००, ४४१०७
क्षेत्रीय सङ्केत(हरू)०५७
वेबसाइटहेटौँडा उपमहानगरपालिका

इतिहाससम्पादन

महाभारतमा आधारित किंवदन्ती अनुसार पाँच पाण्डव वनबासको क्रममा यस स्थानमा आइपुगेका र हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई तत्कालै मारेकाले हेडम्बाबाट अपभ्रंस भई हेटौँडा भएको हो। हेडम्बाकी बहिनी भूटनदेवीको नामबाट स्थापित भूटनदेवी मन्दिर यस नगरपालिकाको वडा नं. १० मा अस्थित छ, जहाँ दैनिक पूजाआजा गरिनुका साथै यससँग सम्बन्धित पर्व पनि मनाइन्छ।

नेपाल सरकारले वि.सं. २०२६ वैशाखमा हेटौँडालाई तत्कालीन नगरपञ्चायतका रूपमा घोषणा गरेको थियो। तत्कालीन हेटौँडा नगरपञ्चायतका प्रथम प्रधानपञ्चमा वासुदेव रिजाल र दोस्रोमा ओमनाथ पराजुली हुन। देशमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि हेटौँडा नगरपालिकाका प्रमुखमा डोरमणि पौडेल, उपप्रमुख हरिबहादुर महतसहित दुई अवधिका लागि निर्वाचित हुनुभएको थियो। हाल कार्यकारि प्रमुखले मेयरको जिम्मेवारि समालिरहनु भयको छ।

साँस्कृतिक तथा ऐतिहासिक स्थलहरूसम्पादन

हेटौँडा नगरपालिकामा शहीद स्मारक, मकवानपुरगढी, पशुपति मन्दिर, ऐतिहासिक भूटनदेवी मन्दिर,मनकामना मन्दिर, गोरक्षेश्वर मन्दिर,कुसमाण्ड सरोवर, गुम्बा डाँडा, भैरव डाँडा र पुण्यक्षेत्रका साथै पुष्पलाल पार्क विशेषताका रूपमा छन्।

सिमानासम्पादन

पूर्व: छतिवन गा.वि.स

पश्चिमः हाँडीखोला, मनहरी र सरिखेत गा.वि.स.

उत्तरः मकवानपुरगढी नामटार र भैंसे गा.वि.स.

दक्षिणः पर्सा जिल्ला र बारा जिल्ला

सन्दर्भ सामग्रीहरूसम्पादन

यी पनि हेर्नुहोससम्पादन