डा. धवल शम्शेर राणा[२] एक नेपाली राजनीतिज्ञ हुन्।[३] उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्य तथा नेपालगञ्ज उपमहानगरपालिकाका वर्तमान नगर प्रमुख हुन्। उनले वि.सं. २०७४ मा भएको स्थानीय निर्वाचनमा १२,५१५ मत ल्याएर निर्वाचित भएका थिए।[४][५]

डा. धवल शम्शेर राणा
९ औं नेपालगञ्जकाे नगर प्रमुख
कार्यकाल
वि.सं. २०५४ – वि.सं. २०५९
पूर्वाधिकारीविजयकुमार गुप्ता
उतराधिकारीरमेश अर्याल
कार्यकाल
वि.सं. २०७४ – वि.सं. २०७९
सहायकउमा थापा मगर
पूर्वाधिकारीरमेश अर्याल
उतराधिकारीप्रशान्त बिष्ट
व्यक्तिगत विवरण
जन्म (1962-03-30) ३० मार्च १९६२ (उमेर ६१)[१]
नेपालगञ्ज, बाँके जिल्ला[१]
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा एमाले
राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

धवल शम्शेर श्री ३ देव शमशेरका वंशज हुन्।

राजनैतिक जीवन सम्पादन गर्नुहोस्

धवल शम्शेरले नेकपा एमालेबाट राजनैतिक जीवन सुरु गरेका थिए। वि.सं. २०६३ को परिवर्तन पछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यता लिएका थिए। राजतन्त्रविरुद्ध एमाले समेत अन्य राजनीतिक दलहरूसँग एकजुट भएपछि राणा पार्टी परित्याग गरेर राप्रपामा लागेका हुन्।[६]

वि.सं. २०५४ सालमा नेकपा एमालेबाट नेपालगञ्जको मेयरमा जितेका राणा वि.सं. २०७० को संविधानसभा निर्वाचनमा भने नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका थिए।[७] वि.सं. २०७४ मा भएको स्थानीय निर्वाचनमा राणा १२,५१५ मत ल्याएर नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए।[८]

राप्रपा राजनीति सम्पादन गर्नुहोस्

धवल शम्शेर कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका थिए। वि.सं. २०७१ को पार्टी महाधिवेशनमा उनले केन्द्रीय सदस्यमा खुला तर्फ सर्वाधिक मत (११५८ मत) पाएका थिए।[९]

वि.सं. २०७८ मा भएको राप्रपाको महाधिवेशनमा धवल शम्शेर राजेन्द्र लिङ्देनको पक्षमा लागेका थिए। वि.सं. २०७८ मंसिर ९ मा राजेन्द्र लिङ्देनले अध्यक्षमा र राणाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए।[१०]

निर्वाचन इतिहास सम्पादन गर्नुहोस्

राणाले हालसम्म ५ वटा निर्वाचनमा आफ्नो सहभागिता जनाइसकेका छन्। उनले सबैभन्दा पहिले आम निर्वाचन २०५१ मा बाँके २ बाट स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन लडेका थिए। संसदीय निर्वाचनमा असफल भएपछि राणाले नेकपा एमालेको टिकटमा वि.सं. २०५४ मा नेपालगञ्ज नगरपालिकाको मेयर चुनाव जित्न सफल भएका थिए। लामो समयको अन्तरालपछि नेपालमा भएको पहिलो तथा दोस्रो संविधानसभाको निर्वाचनमा बाँके ३ बाट उम्मेदवारी दिएता पनि जनताले उनलाई अस्वीकार गरेका थिए। वि.सं. २०५४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयर निर्वाचित भएका उम्मेदवारहरू मध्ये वि.सं. २०७४ मा भएको स्थानीय निर्वाचनमा मेयर पदमा पुन: निर्वाचित हुने राणा एक मात्र जनप्रतिनिधि हुन्।[११]

निर्वाचन वर्ष निर्वाचन क्षेत्र/स्थानीय तह नतिजा मत राजनीतिक दल स्रोत
स्थानीय तह निर्वाचन, २०७४ वि.सं. २०७४ नेपालगञ्ज उपमहानगरपालिका विजयी १२,५१५ राष्ट्रिय प्रजातन्त्र पार्टी [१]
संविधानसभा निर्वाचन २०७० वि.सं. २०७० बाँके ३ पराजित ८,८०९ राष्ट्रिय प्रजातन्त्र पार्टी [१२]
संविधानसभा निर्वाचन, २०६४ वि.सं. २०६४ बाँके ३ पराजित ४,३८३ राष्ट्रिय प्रजातन्त्र पार्टी [१३]
स्थानीय तह निर्वाचन, २०५४ वि.सं. २०५४ नेपालगञ्ज नगरपालिका विजयी नेकपा एमाले
आम निर्वाचन २०५१ वि.सं. २०५१ बाँके २ पराजित १,३९४ स्वतन्त्र [१४]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "लोकप्रिय ‘धवल ब्रान्ड’", असल शासन (नेपालीमा), ५ मंसिर २०७७, शुक्रबार, अन्तिम पहुँच २०२१-११-२७ 
  2. "धवल शमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार गरे", शुक्लाफाँट खबर (नेपालीमा), २०२१-०५-३१, अन्तिम पहुँच २०२१-११-२७ 
  3. "नेपालगन्जको मेयरमा राप्रपाका धवल शमशेर, उपमेयरमा कांग्रेसकी थापा विजयी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२७ 
  4. निर्वाचन आयोग, नेपाल
  5. "नेपालगञ्जमा किन अगाढी आए डा.धवलशम्शेर राणा !", हाम्रोसंरचना (नेपालीमा), २०१७-०७-०२, अन्तिम पहुँच २०२१-११-२७ 
  6. खड्का, नारायण, "राप्रपाको नेतृत्व अब दोस्रो पुस्तामा आउनु पर्छ – डा. धबल शमशेर राणा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२७ 
  7. "उम्मेदवार थरी–थरीका" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७ 
  8. निर्वाचन आयोग, नेपाल
  9. "भारी मतले थापा पुनः राप्रपा नेपाल अध्यक्ष निर्वाचित" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७ 
  10. "राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेद्वारी घोषणा, महामन्त्रीमा धवल शमशेर" (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२७ 
  11. दीक्षित, कुण्ड, "Rana regime restored in Nepalganj" [नेपालगञ्जमा राणा शासन पुनर्स्थापित] (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-२७ 
  12. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  13. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  14. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति