मिर्चैया नगरपालिका
मिर्चैया नगरपालिका नेपालको मधेश प्रदेशको सिराहा जिल्लामा पर्ने एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा रामपुर बिर्ता, मल्हनिया खोरी, राधोपुर, रामनगर मिर्चैया, फुलबरिया, महेशपुर गम्हरिया तथा सितापुर प्ररा गरी ६ गाउँ विकास समितिहरूलाई समेटेर मिर्चैया नगरपालिका घोषणा गरेको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा सिक्रौन गाविस पनि यसमा गाभिएको थियो।[३] मिर्चैया नगरपालिकाको केन्द्र रामनगर मिर्चैया बजारमा रहेको छ।[३]
मिर्चैया नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°५०′N ८६°१५′E / २६.८४°N ८६.२५°Eनिर्देशाङ्कहरू: २६°५०′N ८६°१५′E / २६.८४°N ८६.२५°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सिराहा |
सरकार | |
• नगर प्रमुख | श्रवणकुमार यादव (नेकपा (माओवादी केन्द्र)) |
• उपप्रमुख | जिवछी देवी (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ९१.९७ किमी२ (३५.५१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५९,४२५ |
• घनत्व | ६५०/किमी२ (१७००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-३३ |
केन्द्र | साविकको रामनगर मिर्चैयाको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मिर्चैया नगरपालिकाको कुल जनसङ्ख्या ५९,४२५ रहेको छ भने यहाँ १२,२५० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ ३.० ३.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति