पाँचखाल
काभ्रेपलाञ्चोक जिल्लामा अबस्थित पाँचखाल नगरपालिका जिल्लाको तत्कालिन पाँचवटा गाविसहरु समेटी नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ बैशाख २५ गतेको मन्त्रीस्तरीय निर्णयबाट पारित भै स्थापना भएको हो । यस नगरपालिकामा समेटिएका साविकका पाँच गाविसहरु क्रमशः पाँचखाल, होक्सेबजार, देवभुमि, वालुवा, अनैकोट र साठीघर भगवती हुन् । साथै मिति २०७३।११।२७ को नेपाल सरकारकोे निर्णय अनुसार थप साबिकका दुई खरेलथोक र कोशीदेखा गाविस गरि सात ओटा साविकका गाविसहरु मिलि संघियता पश्चातको पाँचखाल नगरपालिका बनेको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्ग किमि रहेको छ भने कुल जनसंख्या ३७७९७ रहेको छ । हाल १३ वटा वडामा विभाजन गरिएको यस नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्रफलको आधारमा दोश्रो ठुलो नगरपालिकाको रुपमा रहेको छ ।
पाँचखाल | |
---|---|
![]() पाँचखाल नगरपालिकाको एक दृष्य | |
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | काभ्रेपलाञ्चोक |
स्थापना | २०११ जुलाई १७ |
सरकार | |
• मेयर | महेश खरेल |
• उप मेयर | लक्ष्मी दनुवार |
उन्नतांश | ९३७ मिटर (३,०७४ फिट) |
जनसङ्ख्या (1991) | |
• जम्मा | ९,४८१ |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
पोष्टल कोड(Postal Code) | ४५२१२ [२] |
क्षेत्रीय सङ्केत(हरू) | ०११ |
वेबसाइट | www.panchkhalmun.gov.np |
यो नगरपालिकाको पूर्वमा भुम्लु गाँउपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर नगरपालिका र भुम्लु गाँउपालिका र दक्षिणमा तेमाल गाँउपालिका, नमोबुद्ध र धुलिखेल नगरपालिका रहेका छन । पाँचखाल नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको पलाञ्चोक भगवतीको मन्दिर, अनैकोट भ्यु टावर, दुग्धेश्वर मन्दिर, सुनकोशी नदि किनार आदि परिचित रहेको हुदाँ यहाँ स्थानीय पर्यटन उद्योगको समेत उत्तिकै सम्भावना रहेको देखिन्छ । Source: Municipality Web cite
इतिहाससम्पादन
हावापानीसम्पादन
यस बेंशीको वरीपरि पलाञ्चोक, अनैकोट, रविओपि, जैशिथोक, पात्लेखेतका डाँडा हरूले घेरिएको छ। यसरी कम उचाईमा रहनु, वरिपरि डाँडा हुनु, आदि कारणले यहाँ प्रशस्त मात्रामा गर्मी हुने गर्दछ। यहाँको गृष्म तापक्रम सरदर ३२-३३° सेल्सीयस (९०.९५० फरेनहाइट) सम्म पुग्छ। डाँफे र झिकु खोलाहरूद्वारा सिंचित यो बेंशी मलिलो भएतापनि अघि औलो लाग्ने भएकाले यहाँ बस्ती थिएन। पहिला दनुवार जातिहरूका मात्र बस्ती भएतापनि राजमार्गको विकासले गर्दा अन्य जातिहरूको आकर्षण बढ्दैछ।
कृषिसम्पादन
सिँचाइको सुविधा, मलिलो पाँगो माटो, यातायातको सुविधा, हावापानीको अनुकूलताको कारण यो क्षेत्र कृषिको लागि महत्त्वपूर्ण क्षेत्र मानिन्छ। धान, मास, गोलभेडा कटहर, आलुको लागि यो क्षेत्र अति महत्त्वपूर्ण छ। जहाँको गोलभेडा र आलु काठमाडौँ उपत्यकाको बजारहरूमा पाइन्छ। यसका अतिरिक्त आँप, केरा, रूख र भुइँ कटहर, लिची, कागती, मेवा आदि कर्केटार नामक परम्परागत बगैम्हचा र पाँचखाल बागवानी केन्द्र (७.३५ देक्टर क्षेत्र )बाट उत्पादन हुने गर्दछ।
शिक्षासम्पादन
आठ मा.वि., दुई कलेज ,तीन प्रहरी चौकी, इलाका हुलाक, दुग्ध सङ्कलन केन्द्र आदि कार्यालय रहेको यो क्षेत्रमा चक्रपथ बनाउने, प्रदुषण हरियालीयुक्त बनाउन जिविस, गाविस र प्यारो हरियाली नेपालको सत्प्रयास रहेको छ। [३]
सडक यातायातसम्पादन
पाँचखालको प्रमूख यातायात मार्ग अरनिको राजमार्ग राजमार्ग हो । यसले पाँचखाललाई धुलिखेल, बनेपा र काठमाडौँसँग जोडेको छ ।
वन पैदावारसम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |