जयपृथ्वी नगरपालिका
जयपृथ्वी नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने बझाङ जिल्लाको एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। नेपाल सरकारको स्थानीय विकास मन्त्रालयले वि.सं. २०७१ बैशाख २५ गते तत्कालिन रिठापाटा, चैनपुर, हेमन्तवाडा, लुँयाटा र सुवेडालाई गाभेर यसलाई नगरपालिका घोषित गरेको थियो। वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको जनसङ्ख्या २२,१९१ रहेको छ।
जयपृथ्वी नगरपालिका चैनपुर | |
---|---|
निर्देशाङ्क: २९°३३′उ॰ ८१°१२′पू॰ / २९.५५०°N ८१.२००°Eनिर्देशाङ्कहरू: २९°३३′उ॰ ८१°१२′पू॰ / २९.५५०°N ८१.२००°E | |
देश | ![]() |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बझाङ जिल्ला |
सरकार | |
• मेयर | वीरेन्द्र बहादुर खड्का |
• उप मेयर | जुना जाग्री |
जनसङ्ख्या (वि.सं. २०६८) | |
• जम्मा | २२,१९१ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | १०५०० |
क्षेत्रीय सङ्केत(हरू) | ०९२ |
वेबसाइट | www.jayaprithvimun.gov.np |