बुढीगंगा नगरपालिका नेपालको बाजुरा जिल्ला अवस्थित नौ वटा स्थानीय तहहरू मध्येको एक नगरपालिका हो । नेपालको संविधान २०७२ को निर्माण पश्चात राज्य पुनर्संरचनाको क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा ७४४ वटा स्थानीय तह निर्माण गर्ने निर्णय गरेपछि बाजुरा जिल्लामा पर्ने साविकका ब्रह्मतोला, कुल्देवमाण्डौबाह्रबिस गाविसहरू जोडेर बुढीगंगा नगरपालिका बनाइएको हो । यस नगरपालिकाको नामाकरण बुढीगंगा नदीको नामबाट गरिएको हो । यस नगरपालिकाको सिमाना पूर्वमा त्रिवेणी नगरपालिकाअछाम जिल्ला पश्चिममा खप्तड छेडेदह गाउँपालिका, उत्तरमा बडिमालिका नगरपालिका र दक्षिणमा अछाम जिल्लाको साँफेबगर नगरपालिका सँग जोडिएको छ । बाजुरा जिल्लाको पुरानो सदरमुकाम कुल्देवमाण्डौ (टाँटे) नौबिसमा यस नगरपालिकाको कार्यालय रहेको छ । पुरानो इतिहासलाई पल्टाएर हेर्दा बाजुरा राज्यको साशन चलाउने बार्जुकोटे राजाको दरबार पनि यसै नगरपालिकामा रहेको छ । दरबारको भग्नावशेष अहिले पनि हेर्न सकिन्छ । यस नगरपालिकामा बार्जुकोट दरबार, कुडीकोट दरबार, बयालचाका दरबारका साथै चुल्ठे देवी भगवतीको मन्दिर जस्ता विभिन्न धार्मिक तथा ऐतिहासिक सम्पदाहरू रहेका छन् । यस नगरपालिकाको कुल क्षेत्रफल ५९.२ वर्गकिलोमिटर रहेको छ भने यहाँको कुल जनसङ्ख्या २१,६७७ रहेको छ । यो नगरपालिका क्षेत्रफलको हिसाबले बाजुरा जिल्लाको सबैभन्दा सानो नगरपालिका हो भने जनसङ्ख्याको हिसाबले बाजुरा जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या भएको नगरपालिका हो । यस नगरपालिकालाई १० वटा वडाहरूमा विभाजन गरिएको छ । [१]

बुढीगंगा
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाबाजुरा
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • प्रमुखदिपक विक्रम शाह (नेपाली कांग्रेस)
 • उपप्रमुखतारा खाती (थापा) (नेपाली कांग्रेस)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा५९.२ किमी (२२.९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,६७७
 • घनत्व३७०/किमी (९५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको कुल्देवमान्डौ गाविसको कार्यालय
वेबसाइटbudhigangamunbajura.gov.np

भूगोल सम्पादन गर्नुहोस्

जनसङ्ख्या सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्