धनुषाधाम नगरपालिका धनुषा जिल्लामा पर्छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा यज्ञभूमि, उमाप्रेमपुर, धनुषाधाम, धनुषा गोविन्दपुर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा धनुषाधाम पनि नगरपालिका बनेको हो ।

मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२बाट घटेर ३ हजार ७ सय ५२ भएका छन् ।