बर्दघाट नगरपालिका
बर्दघाट नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो ।[२] बर्दघाट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[३] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा माकर र पञ्चनगर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[४] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बर्दघाट पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।
बर्दघाट
Bardaghat | |
---|---|
देश | ![]() |
अञ्चल | लुम्बिनी अञ्चल |
जिल्ला | नवलपरासी जिल्ला |
स्थापना | २०७१ जेष्ठ ४ |
सरकार | |
• मेयर | धिरज शर्मा बस्याल |
• उप मेयर | माया देवी पौडेल |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | ३४,४१७[१] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
वेबसाइट | www.bardghatmun.gov.np |
परिचयसम्पादन
चितवन उपत्यकाबाट दाउन्ने पहाड भएर पश्चिम लाग्दा दाउन्ने पहाड सकिने बित्तिकै आउने नवलपरासी जिल्लाको प्रमुख वाणिज्य केन्द्र बर्दघाट हो । यो त्रिवेणी धाम जाने सडक र महेन्द्र राजमार्गको चोक बजार हो । बढदै गएको सञ्चार, खानेपानी तथा विद्युतको उपलब्धताले बर्दघाट द्रुततर गतीमा सहरीकरण तर्फ अघि बढीरहेको छ । बर्दघाटबाट सदरमुकाम परासी ३० कि.मी.को दुरीमा रहेको छ भने त्रिबेणी धाम २५ कि.मी.को दुरीमा रहेको छ । भरतपुर ७७ कि.मी. छ भने बुटवल ३८ कि.मी. रहेको छ ।
जनसङ्ख्यासम्पादन
माकर र पञ्चनगर गाविसहरूलाई मिलाएर बर्दघाट नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बर्दघाट नगरपालिकाको जनसङ्ख्या ३४,४१७ रहेको छ ।[१]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।
- ↑ "नवलपरासीमा ५ नगरपालिका थप, नगरपालिकाको संख्या ६ पुग्यो (सुचिसहित)", www.newsatnepal.com, www.newsatnepal.com, २०७१, अन्तिम पहुँच बैशाख २५।