शिखर नगरपालिका नेपालको डोटी जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ वटा स्थानीय तह लागू गरेपछि डोटी जिल्लामा पर्ने साविकका कपल्लेकी, मुँडेगाउँ, मुडभरा, तिजाली, पचनाली, लाटामाण्डौ, जिजोडमाण्डौ, बगलेकबारपाटागाउँ विकास समितिहरूलाई जोडेर शिखर नगरपालिका बनाइएको हो।[३] शिखर नगरपालिकाको कूल जनसङ्ख्या ३१,८०१ रहेको छ। यस नगरपालिकाको कूल क्षेत्रफल २५८.३७ वर्गकिलोमिटर रहेको छ। यस नगरपालिकाको केन्द्र कार्यालय साविकको पचनाली गाविसको कार्यालयमा राखिएको छ। यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा [[दिपायल सिलगढी नगरपालिका]] र केआइसिं गाउँपालिका, पश्चिममा डडेलधुरा जिल्ला, उत्तरमा दिपायल सिलगढी नगरपालिकाआदर्श गाउँपालिका तथा दक्षिणमा जोरायल गाउँपालिका सँग जोडिएको छ।[४] राज्यको पुर्नसंरचना भएसँगै डोटी जिल्लाको मध्य भागमा पर्ने समुहोई गाडदेखि डडेलधुरा जिल्लाको सिमाना कोरालखोलासम्मको क्षेत्रका ७ र सेती नदी पारीको १ वटा गाविसहरू समावेश गरेर शिखर नगरपालिका बनेको हो।

शिखर
शिखर is located in सुदूरपश्चिम प्रदेश
शिखर
शिखर
नक्सामा शिखर नगरपालिका
शिखर is located in नेपाल
शिखर
शिखर
शिखर (नेपाल)
निर्देशाङ्क: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E / 29.26; 80.87निर्देशाङ्कहरू: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E / 29.26; 80.87
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाडोटी
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • प्रमुखसीताराम जोशी (नेपाली कांग्रेस)
 • उपप्रमुखधौलीदेवी रावल (नेपाली कांग्रेस)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा२५८.३७ किमी (९९.७६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३१,८०१
 • घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको पचनाली गाविसको कार्यालय
वेबसाइटshikharmun.gov.np

भूगोल सम्पादन गर्नुहोस्

जनसंख्या सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्