सूर्यविनायक नगरपालिका

सूर्यविनायक नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने भक्तपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा भक्तपुर जिल्लामा कटुञ्जे, सिपाडोल, नखेलचित्तपोल यी ४ गाउँ विकास समितिहरूलाई समेटेर सूर्यविनायक नगरपालिका घोषणा गरिएको हो।[३][४] सूर्यविनायक नगरपालिकाको केन्द्रभने सूर्यविनायक को सिपाडोल गाविसमा रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

सूर्यविनायक नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलबागमती अञ्चल
जिल्लाभक्तपुर जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयरबासुदेव थापा
 • उप मेयरजुना बस्नेत
क्षेत्रफल
 • जम्मा२४.५ किमी (९.५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३७,९७१
 • घनत्व५६००/किमी (१५०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-१
वेबसाइटwww.suryabinayakmun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

सूर्यविनायक नगरपालिका साविकका कटुञ्जे, सिपाडोल, नखेलचित्तपोल गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ४ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा सूर्यविनायक नगरपालिकाको कूल जनसङ्ख्या ४०,५०१ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्