त्रिवेणी नगरपालिका
त्रिवेणी नगरपालिका
त्रिवेणी नगरपालिका बाजुरा जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा छतारा, तोली र कैलाशमाण्डौं गाविसहरू यसमा गाभिएका थिए।
त्रिवेणी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°Eनिर्देशाङ्कहरू: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बाजुरा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | कर्णबहादुर थापा (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | कमलाकुमारी जैशी (न्यौपाने) (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १७०.३२ किमी२ (६५.७६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १७,७९८ |
• घनत्व | १००/किमी२ (२७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९७ |
केन्द्र | साविकको तोलीदेवल गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
यस नगरपालिकाको कूल क्षेत्रफल १७०.३२ वर्ग किलोमिटर रहेको छ। यो नगरपालिकाको कार्यालय साविकको तोलीदेवलमा रहेको छ। यस नगरपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा कालिकोट जिल्ला, पश्चिममा बुढीगंगा नगरपालिका, उत्तरमा बडीमालिका नगरपालिका तथा दक्षिणमा अछाम जिल्ला सँग जोडिएको छ ।[४]
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार त्रिवेणी नगरपालिकाको कुल जनसङ्ख्या १७,७९८ रहेको छ भने यहाँ ३,७०२ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।