रामपुर पाल्पा जिल्लामा अवस्थित एउटा नगरपालिका हो । साविक रामपुर गाबिसको बेझांड बजार रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[२] यसलाई नगरपालिका घोषणा गर्दा रामपुर, गेझा, खालीवन, दर्छागाँडाकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।

रामपुर
देश नेपाल
अञ्चललुम्बिनी अञ्चल
जिल्लापाल्पा जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयररमण बहादुर थापा (ने.का.)
 • उप मेयरविष्णु देवी घिमिरे आचार्य (ने.का.)
क्षेत्रफल
 • जम्मा१२३.३४ किमी (४७.६२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३५,३९६
 • घनत्व२९०/किमी (७४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७५
वेबसाइटwww.rampurmun.gov.np/ne

संक्षिप्त परिचय सम्पादन गर्नुहोस्

रामपुर नगरपालिका नेपाल सरकारले २०७१ बैशाख २५ गते घोषणा गरेको ७२ नगरपालिका मध्येको एक विविध सम्भावना रहेको र भौगोलिक हिसावले ठूलो नगरपालिका हो । राजनीतिक विभाजनका हिसावले पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चल, पाल्पा जिल्ला अन्र्तगत पूर्वि पाल्पामा अवस्थित सदावहार निर्मल, स्वच्छ एवं धार्मिक हिसावले पवित्र काली नदीको तटमा रहेको छ । परापूर्व कालमा नुन, उन र सुनको व्यापारको पैदल मार्ग बनेको रामपुर अहिलेको औद्योगिक तथा व्यापारीक केन्द्रको सम्भाव्य क्षेत्रको रूपमा रहेको छ ।

जिल्ला सदरमुकाम तानसेन देखी ६५ किलोमिटर पूर्वमा पर्ने यस रामपुर नगरपालिका राजधानी काठमाडौँ देखि पक्कि सडक हुंदै करिब ३७५ कि.मी. को दुरीमा छ भने प्रसिद्ध केलादी घाटमा निर्माण भएको पक्की पुल सुचारु भएपछि रामपुर काठमाडौँको दुरी छोटिएर २५० कि.मी. दुरी बनेको छ । यसको भौगोलिक अवस्थितिमा २७ डिग्री ३३ मिनेट देखी २७ डिग्री ५३ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४६ मिनेट देखी ८३ डिग्री ५४ मिनेट पूर्वि देशान्तरमा रहेको छ । समुन्द्री सतहबाट ३५० मिटर देखी ११०० मिटर उचाईमा रहेको रामपुर नगरपालिकाले १२३.५ वर्ग कि.मि. क्षेत्र ओगटेको छ । पूर्वमा वाकामलाङ, पश्चिममा हेक्लाङ, सिलुवा, विरकोट उत्तरमा काली नदी पारी स्याङ्गजाको चापाकोट नगरपालिका, साँखर गा.वि.स., तनहुँको गजरकोट गा.वि.स. र दक्षिणमा पाल्पा जिल्लाको सहलकोट, झिरुवास, गल्धा गा.वि.स सिमानामा रहेका छन् ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

रामपुर, गेझा, खालीवन, दर्छागाँडाकोट गाविसहरूलाई मिलाएर रामपुर नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ३५,३९६ रहेको छ ।[३]

ब्यास बसपार्क सम्पादन गर्नुहोस्

रामपुर नगरपालिका वडा नं ६ मा ब्यास बसपार्क[४] को घोषणा ।

सामुदायिक रेडियो सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  3. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  4. "रामपुरमा ब्यास बसपार्क", ekaruwa, २०१५, अन्तिम पहुँच १ जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्