सूर्योदय नगरपालिका
सूर्योदय नगरपालिका इलामका ४ नगरपालिकाहरू मध्ये एक हो।[३] फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइएको थियो तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५ वाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[४] यो नगरपालिका २५२.५२ वर्ग कि.मी मा पैलिएको छ। मेची राजमार्ग यही नगरपालिका भएर पार गर्दछ।
सूर्योदय नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°५३.४५′उ॰ ८८°३.९०′पू॰ / २६.८९०८३°N ८८.०६५००°Eनिर्देशाङ्कहरू: २६°५३.४५′उ॰ ८८°३.९०′पू॰ / २६.८९०८३°N ८८.०६५००°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | इलाम |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• प्रमुख | रनबहादुर राई (नेकपा (एकीकृत समाजवादी)) |
• उपप्रमुख | दुर्गाकुमार बराल (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २५२.५२ किमी२ (९७.५० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५४,७२४ |
• घनत्व | २२०/किमी२ (५६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२७ |
वेबसाइट | आधिकारिक वेबसाइट |
पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाविस, दक्षिणमा रोङ गाउँपालिका र पूर्वमा भारतको पश्चिम बङ्गाल राज्य अन्तरगत दार्जिलिङ्ग जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजार तोकिएको छ । यो इलामका पुराना बजारमध्ये एक हो र हालमा पनि पूर्वी इलामको मुख्य व्यापारिक केन्द्र रहेको छ । यहीँबाट पशुपतिनगरतर्पmको सडक छुटिन्छ । यो नगरपालिका चिया, अलैंची, दूध, आलु लगायतका नगदे बालिका लागि चर्चित छ । देशको एक मात्र अलैंची विकास केन्द्र पनि यही नगरमा पर्दछ । साबिक फिक्कल गाबिसको कार्यालय रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । [५]
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मिक्लाजुङ गाउँपालिकाको कुल जनसङ्ख्या ५४,७२७ रहेको छ भने यहाँ १४,०३२ घरधुरी रहेका छन्।[२]
व्यापारिक केन्द्रहरू
सम्पादन गर्नुहोस्चित्र दीर्घा
सम्पादन गर्नुहोस्-
सुर्योदय नगरपालिकाको आकर्षणको केन्द्र - अन्तु पोखरी
-
अन्तु पोखरी
-
अन्तु पोखरी
-
अन्तु पोखरी
-
अन्तु पोखरी
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[स्थायी मृत कडी]