रेसुङगा नगरपालिका नेपालको लुम्बिनी प्रदेशमा पर्ने गुल्मी जिल्लामा अवस्थित एक नगरपालिका हो।[३] तम्घास बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[१][४] यो नगरपालिका २०६८ साउन १ देखि लागु हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेठ ४ देखि आएको हो। रेसुङगा नगरपालिका घोषणा गर्दा तम्घास, सिमीचौर, अर्खलेदुबिचौर गाउँ विकास समितिहरू समावेश गरिएका हुन्।[१][२] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा रेसुङगा पनि नगरपालिका बनेको हो।[५] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको सङ्ख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन।[५]

रेसुङ्गा नगरपालिका
रेसुङ्गा नगरपालिका is located in लुम्बिनी प्रदेश
रेसुङ्गा नगरपालिका
रेसुङ्गा नगरपालिका
नेपालमा रहेको रेसुङगा नगरपालिका
रेसुङ्गा नगरपालिका is located in नेपाल
रेसुङ्गा नगरपालिका
रेसुङ्गा नगरपालिका
रेसुङ्गा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४′उ॰ ८३°१५′पू॰ / २८.०६७°N ८३.२५०°E / 28.067; 83.250निर्देशाङ्कहरू: २८°४′उ॰ ८३°१५′पू॰ / २८.०६७°N ८३.२५०°E / 28.067; 83.250
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी जिल्ला
स्थापना२०७१ वैशाख २५
क्षेत्रफल
 • जम्मा५९.०१ किमी (२२.७८ वर्ग माइल)
जनसङ्ख्या
 (बि.स.२०६८)[२]
 • जम्मा२८,७३६
 • घनत्व४९०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७९

जनसङ्ख्या सम्पादन गर्नुहोस्

तम्घास, सिमीचौर, अर्खलेदुबिचौर गाविसहरूलाई मिलाएर रेसुङगा नगरपालिका बनाइएको हो।[६] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर रेसुङगा नगरपालिकाको जनसङ्ख्या २८,७३६ रहेको छ। रेसुङगा नगरपालिकामा ७,४९८ घरधुरि छन।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "उतिबेलाको लक्ष्मीपुर गाउँ पंचायत तम्घास हुँदै अबदेखि रेसुङगा नगरपालिका", गुल्मी न्युज, गुल्मी न्युज, बैशाख २५, २०७१, अन्तिम पहुँच बैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-१५ मिति
  2. २.० २.१ २.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  3. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  4. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  5. ५.० ५.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति
  6. "जिल्ला विकास समिति, गुल्मी (सङ्क्षिप्त परिचय)", जिल्ला विकास समिति, गुल्मी, जिल्ला विकास समिति, गुल्मी