प्युठान नगरपालिका

प्युठान जिल्लामा अवस्थित एक नगरपालिका हो

प्युठान प्युठान जिल्लामा अवस्थित एक नगरपालिका हो । पहिले खलङ्गाको नामले चिनिने यस नगरपालिकामा प्युठान जिल्लाको जिल्ला सदरमुकाम रहेको छ । यस नगरपालिकालाई खलङ्गा लगायत आसपासका मरन्ठाना, दखाक्वाडी, बिजुबार, विजय नगर, धर्मावतीखैरा गाविसहरूलाई जोडेर २०७१ साल बैशाख महिना देखि लागु हुने गरी गठन गरिएको हो ।[२][३]

प्युठान नगरपालिका
देश नेपाल
अञ्चलराप्ती अञ्चल
जिल्लाप्युठान जिल्ला
नगरपालिकाप्युठान नगरपालिका
सरकार
 • मेयरअर्जुन कुमार कक्षपती
 • उप मेयरशान्ता आचार्य
जनसङ्ख्या
 (२०५८ जनगणना[१])
 • जम्मा५०६१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
२२३००
क्षेत्रीय सङ्केत०८६
वेबसाइटप्युठान जिल्लाको आधिकारिक वेबसाइट

प्युठानमा नियमित रूपमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग देखि बस सञ्चालन हुने गरेको छ। भालुवाङ देखि पक्की सडक (स्पुर रोड) मार्फत वर्षैभरि सडक सञ्चालनमा आउँछ।

सञ्चार माध्यम सम्पादन गर्नुहोस्

स्थानीय संस्कृतिलाई बचाई राख्न प्युठानमा दुई वटा सामुदायिक रेडियो स्टेशनहरू: रेडियो माण्डवी - ९७.० मेगहर्ज र रेडियो प्युठान - ९२.० मेगहर्ज रहेका छन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपालको जनगणना २०५८", नेपाल गाउँ विकास समिति, डिजिटल हिमालया, अन्तिम पहुँच २१ सेप्टेम्बर २००८ 
  2. "७२ नयाँ घोषणा भएका नगरपालिकाहरू", My Republica.com, अन्तिम पहुँच २०१४-०६-१० 
  3. "सरकारले घोषणा गर्यो ७२ नयाँ नगरपालिका", "द काठमाडौँ पोस्ट", अन्तिम पहुँच २०१४-०६-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-०६ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्