भेरीगंगा नगरपालिका
भेरीगंगा नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने सुर्खेत उपत्यकाको सुर्खेत जिल्लामा अवस्थित एक नगरपालिका हो ।[४] छिन्चु बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । भेरीगंगा नगरपालिका घोषणा गर्दा रामघाट, छिन्चु र मैनतडा गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा भेरीगंगा पनि नगरपालिका बनेको हो ।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १९१ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[६]
भेरीगंगा नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | मध्य-पश्चिमाञ्चल |
अञ्चल | भेरी अञ्चल |
जिल्ला | सुर्खेत जिल्ला |
स्थापना | वि.सं. २०६८ |
सरकार | |
• मेयर | भुपेन्द्र बहादुर चन्द |
• उप मेयर | रेणु आचार्य (ढकाल) |
क्षेत्रफल | |
• जम्मा | १४९ किमी२ (५८ वर्ग माइल) |
उच्चतम उचाई | ६६५ मिटर (२,१८२ फिट) |
जनसङ्ख्या | |
• जम्मा | ३२,५११ |
• घनत्व | २२०/किमी२ (५७०/वर्ग माइल) |
जातीयता | |
• मुख्य जातीयता | ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार, दमाई, सुनार, थारु |
भाषा | |
• मुख्य भाषाहरू | नेपाली, अवधी, गुरुङ, नेवारी, मगर, थारू |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-८३ |
वेबसाइट | www.bherigangamun.gov.np |
जनसङ्ख्यासम्पादन
रामघाट, छिन्चु र मैनतडा गाविसहरूलाई मिलाएर भेरीगंगा नगरपालिका बनाइएको हो ।[३] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर भेरीगंगा नगरपालिकाको जनसङ्ख्या ३२,५११ रहेको छ । भेरीगंगा नगरपालिकामा ७,१८६ घरधुरि छन ।[२]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ १.० १.१ "सुर्खेतमा भेरी गंगा नगरपालिका थप", http://www.jagaranfm.org/news_details.php?id=2003।
- ↑ २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ ३.० ३.१ "जिल्ला विकास समिति, सुर्खेत (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सुर्खेत, http://birendranagar.municipality.gov.np/ne/node/5।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।
- ↑ ६.० ६.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५।
बाह्य कडीहरूसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |