जैमिनी नगरपालिका वागलुङ जिल्लाको दक्षिण भेकमा रहेको छ । यो नगरपालिका नेपाल सरकारले मिति २०७३।११।२७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरे अनुसार स्थापना भएको हो । वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको मानिने पुण्यभूमि जैमिनीक्षेत्रको नामबाट नामाकरण गरिएको यस नगरपालिकाको मध्ये भागमा शास्त्रीय मान्यता प्राप्त जैमिनीधाम रहेको छ । जैमिनी ऋषिको तपस्याका बलले अझै पवित्र वनेको तीर्थस्थल क्षेत्र भएकोले पनि जैमिनी ऋषिकै नाम समेत जोडेर यस नगरपालिकाको नाम जैमिनी रहन गएको पाईन्छ । यस नगरपालिकाको केन्द्र कुस्मीसेरा बजारमा रहेको छ । पवित्र कालिगण्डकीको मध्यभागमा पर्ने यो नगरपालिका कालिगण्डकी कोरिडोर सडकबाट भारत र चिनसँग समेत जोडिएको छ । जैमिनी नगरपालिका साविक गा.वि.स कुश्मीसेरा, दमेक, सर्कुवा विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्युथन्थाप र राङखानी गरी १० वडामा समेटिएको छ भने जनसंख्या ३१,४३० (ज.ग.२०६८) रहेको छ । यसको क्षेत्रफल ११८.७१ वर्ग कि.मी रहेको छ । यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा गल्कोट नगरपालिका र बरेङ गाउँपालिका, उत्तरमा काँठेखोला गाउँपालिका र वाग्लुङ नगरपालिका तथा दक्षिणमा गुल्मी र पर्वत जिल्लासँग जोडिएको छ । जातजाती :- वाह्मण, क्षेत्री, सार्की, दमाई, कामी, नेवार, मगर, ठकुरी, मुसलमान, गुरुङ,चेपाङ ,बोटे आदि जनजाती यस क्षेत्रमा वसोवास गर्दछन । वाह्मण, क्षेत्री, मगर आदि जातिको वाहुल्यता रहेको छ ।

जैमिनी
Jaimini
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लाबागलुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • प्रमुखईन्द्रराज पौडेल (नेपाली कांग्रेस)
 • उपप्रमुखलीला राना (एमाले)
 • कार्यकारीईश्वरी प्रसाद शर्मा
क्षेत्रफल
 • जम्मा११८.७१ किमी (४५.८३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३१,४३०
 • घनत्व२६०/किमी (६९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६८
केन्द्रवडा न १ कुस्मीशेरा

भाषा:- वोलचालीको भाषा नेपाली भाषा र आ आफ्नो जात अनुसार विभिन्न जातजातीहरूले मातृभाषा प्रयोग गर्दछन ।

जल सम्पादा:- कालिगण्डकी, ठेउले खोला टिमुर खोला, काभ्रे खोला, जुम्लीखोला, चौरीखोला, कालुङ्ग खोला, पालुङ खोला, वहिली खोला आदी जल सम्पदाहरु यस नगरपालिका भित्र पर्दछन ।

महत्त्वपुर्ण उत्पादन:- कृषि – धान, मकै, गहु, तोरी, मास, भटमास, कोदो, फर्सी, मूला साग, घिरौला, वन्दा, आलु, प्याज, काउली, गोलभेडा, सिमि, वन्दा, सुन्तला, केरा, कागती, लप्सी, निवुवा, पलम, सुरपानी, अम्वा, नासपती ।

औद्योगिक:- हस्तकलाका सामान, दुध, दहि, पाउरोट उद्योग, दुङ्गाखानी, राङ तामा खानी आदी ।

धार्मिक तथा पर्यटकीय स्थल एवँ सम्पदाहरु:- गाजाको दह, माइस्थान, जैमिनी घाट, भैरवस्थान, जैमिनी ऋषि शिव मन्दिर, राधाकृष्ण मन्दिर, हाडिकोट आदि धार्मिक तथा पर्यटकीय स्थल रहेका छन । मूख्य शहरी एरिया कुश्मीशेरा, वलेवा, रुम्टा, गाइथुने घाट, ठेउले ,जाडी, व्याडथला, नेपाने, चिलाउने खर्क, सतिदुङ्गा नाम्दुक, डाँडाखानी, देउराली, पुरानो देविस्थान गाँउ आदि पर्यटकीय स्थल रहेको छ । यहाँको खोलानाला वनजं∙गल जडीवुटी खनिज मठमन्दिर तथा ऐंतिहासिक पुरातात्विक स्थलले यहाँको पहिचान दिएको छ ।

नगरपालिका स्थापना हुदाँ गाभिएका गा.वि.स.हरु :- कुश्मीसेरा, दमेक, सर्कुवा, विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्यूथन्थाप र राङखानी गा.वि.स.रहेका छन । ।।[१][२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  2. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्