वीरेन्द्रनगर नगरपालिका

{{Infobox settlement |name = वीरेन्द्रनगर |other_name = चौहानचौर[१] |native_name = |nickname = |settlement_type = नगरपालिका
सदरमुकाम
प्रादेशिक राजधानी[२] |motto = |named_for = राजा वीरेन्द्र[१] |image_skyline = Ghantaghar@surkhet.JPG |image_caption = वीरेन्द्रनगरमा रहेको घण्टाघर |image_size = 300px |image_flag = |image_seal = |image_map = |mapsize = |map_caption = |pushpin_map = Nepal Karnali Province#Nepal |pushpin_label_position = bottom |pushpin_mapsize = 300px |pushpin_map_caption = नक्सामा वीरेन्द्रनगरको अवस्थिति |coordinates = २८°३६′उ॰ ८१°३८′पू॰ / २८.६००°N ८१.६३३°E / 28.600; 81.633निर्देशाङ्कहरू: २८°३६′उ॰ ८१°३८′पू॰ / २८.६००°N ८१.६३३°E / 28.600; 81.633 |subdivision_type = देश |subdivision_name =  नेपाल |subdivision_type1 = प्रदेश |subdivision_name1 = कर्णाली प्रदेश |subdivision_type2 = जिल्ला |subdivision_name2 = सुर्खेत जिल्ला |government_footnotes = |government_type = |leader_title = मेयर |leader_name = मोहनमाया भण्डारी ढकाल[[नेपाल कम्युनिस्ट पार्टी ] नेकपा एमाले]) |leader_title1 = उप मेयर |leader_name1 = निलकण्ठ खनाल) (नेकपा एमाले) |established_title = नगर पञ्चायत |established_date = वि.सं. २०३३ फागुन १२[३] |established_title1 = समावेश गाउँ पञ्चायत |established_date1 = गोठी काँडा र जर्बुटा (आंशिक) र कटुकुवा (पूर्ण) |established_title2 = सम्मिलित (गाविस) |established_date2 = लाटिकोइलीउत्तरगङ्गा |established_title3 = सम्मिलित मिति |established_date3 = वि.सं. २०७१ बैशाख २५[४] |established_title4 = सम्मिलित (गाविस) |established_date4 = जर्बुटा |established_title5 = सम्मिलित मिति |established_date5 = वि.सं. २०७१ पुस २८[५] |established_title6 = सम्मिलित (गाविस) |established_date6 = रतु, गर्पनगढी |established_title7 = सम्मिलित मिति |established_date7 = वि.सं. २०७३ फागुन २७[६] |unit_pref = |area_footnotes = |area_total_km2 = 245.06 |area_total_sq_mi = |population_as_of = राष्ट्रिय जनगणना २०६८ |population_footnotes = [७] |population_note = |population_total = १,००,४५८ |population_density_km2 = auto |population_blank1_title = | demographics_type1 = जातीयता | demographics1_title1 = मुख्य जातीयता | demographics1_info1 = ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार, दमाई, सुनार, थारु | demographics_type2 = भाषा | demographics2_title1 = मुख्य भाषाहरू | demographics2_info1 = नेपाली, अवधी, गुरुङ, नेवारी, मगर, थारू |timezone = नेपालको प्रमाणिक समय |utc_offset = +५:४५ |timezone_DST = |utc_offset_DST = | elevation_max_m = 665 | elevation_min_m = |postal_code_type = |postal_code = |area_code = +९७७-८३ |website = birendranagarmun.gov.np |footnotes = }}

वीरेन्द्रनगर (पूर्व नाम: चौहानचौर)[८] नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सुर्खेत उपत्यकाको सुर्खेत जिल्लामा रहेको प्रादेशिक राजधानी[९][२], जिल्ला सदरमुकाम[८] र एक नगरपालिका हो।[१] यो सहर तत्कालीन मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको थियो। सुर्खेत जिल्लाको पहिलो नगरपालिका रहेको यो नगरको नामकरण तत्कालीन राजा वीरेन्द्र शाहको नामबाट भएको हो। राजा वीरेन्द्रबाट नै सुर्खेत उपत्यकामा मलेरियाको उन्मूलन पछि वीरेन्द्रनगर सहरको परिकल्पना गरिएको थियो। सुर्खेत जिल्लाको तत्कालिन गोठी काँडा र जर्बुटा गाउँ पञ्चायतको आंशिक भाग र कटुकुवा गाउँ पञ्चायतको सम्पूर्ण क्षेत्रलाई वि.सं. २०३३ फागुन १२ गते मिलाएर वीरेन्द्रनगर नगर पञ्चायत घोषणा गरिएको थियो।[३] यसै प्रकार वि.सं. २०७२ बैशाख २४ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७२ बैशाख २४ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन लाटिकोइलीउत्तरगङ्गा गाउँ विकास समितिहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[४][१०] पुन: एक पटक वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पुष २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जर्बुटा गाउँ विकास समिति समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[५] यसै प्रकार सङ्घीय शासन व्यवस्था लागु भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन रतु, गर्पनगढी गाउँ विकास समितिको सम्पूर्ण क्षेत्र गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[६][११][१२][१३] वर्तमान समयमा वीरेन्द्रनगर पश्चिम नेपालको प्रमुख वाणिज्य केन्द्रका साथै शिक्षा र स्वास्थ्यको पनि केन्द्र हो।

नामकरण सम्पादन गर्नुहोस्

नेपाल अधिराज्यको तत्कालीन राजा वीरेन्द्र शाहको नाममा यो नगर क्षेत्रको नाम वीरेन्द्रनगर राखिएको हो।[१]

नगर प्रशासनिक इतिहास सम्पादन गर्नुहोस्

वि.सं. २०१९ मङ्सिर ५ गते तत्कालिन श्री ५ को सरकारको निर्णय र वि.सं. २०१९ पुष २ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेपछि सुर्खेत जिल्ला गठन भएपछि सर्वप्रथम यसको सदरमुकाम 'सुर्खेत' गोठीकाँडा बजारमा रहेको थियो।[१४] वि.सं. २०२३ सालको हिउँदमा तत्कालिन श्री ५ को सरकारको निर्णय अनुसार जिल्ला सदरमुकामहरू विवादास्पद देखिएकोले सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर सारिएको थियो।[८]

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नगर पञ्चायतको रूपमा स्थापना भएको वीरेन्द्रनगर विभिन्न समयमा सरकारद्वारा यसका छिमेकी गाउँ विकास समितिहरू यस नगर क्षेत्रभित्र गाभेपछि ती सबै स्थानको नेपालको वि.सं. २०६८ को जनगणना अनुसार समग्रमा सम्मिलित गर्दा वीरेन्द्रनगरको जनसङ्ख्या १,००,४५८ पुगेको छ। यस नगरमा कुल २३,७१० घरधुरी रहेका छन् भने कुल जनसङ्ख्यामध्ये ५१,६८७ महिला र ४१,८७७ पुरुष रहेका छन्।[७]

यातायात सम्पादन गर्नुहोस्

सडक यातायात सम्पादन गर्नुहोस्

वीरेन्द्रनगरलाई देशका प्रमुख स्थानसँग जोडने कार्य रत्न राजमार्गले कोहलपुरमा महेन्द्र राजमार्गसँग जोड्दै पुरा गरेको छ। महेन्द्र राजमार्ग प्रयोग गरेर वीरेन्द्रनगरबाट नेपालका प्रमुख सहरहरू जस्तै बुटवल, भरतपुर, हेटौँडा, काठमाडौँ, इटहरी, धरान, विराटनगर, दमक, बिर्तामोड, काँकडभिट्टासँग जोड्ने गरेको छ।[१५] यसै सहरलाई काटेर गएको कर्णाली राजमार्गले दैलेख जिल्लाका साथै दुर्गम जिल्लाको रूपमा रहेको कालीकोट, जुम्ला लगायतका जिल्लासँग जोडेको छ।[१६] यसै प्रकार दाङ उपत्यकाबाट सल्यान हूँदै सुर्खेत पसेको कच्ची सडकले यो सहरलाई तुल्सीपुर तथा त्रिभुवननगरसँग जोडेको छ तथा जाजरकोट सडकले जाजरकोटको सदरमुकाम तथा रूकुमको चौरजाहारीसँग जोडेको छ।

हवाई सम्पादन गर्नुहोस्

यो नगरको पूर्वमा सुर्खेत विमानस्थल रहेको छ जसलाई वीरेन्द्रनगर विमानस्थल पनि भन्ने गरिन्छ।[१७] यस विमानस्थलबाट नेपालको राजधानी सहर काठमाडौँ लगायत नेपालको पश्चिममा रहेका दुर्गम जिल्लाहरू जुम्ला जिल्ला, हुम्ला जिल्ला, कालिकोट जिल्ला, डोल्पा जिल्ला, मुगु जिल्ला लगायतका स्थानहरूका लागि सोझै उडान रहेको छ।[१८]

मौसम सम्पादन गर्नुहोस्

सन् १९९९ को मे महिनाको ५ तारिखमा वीरेन्द्रनगरमा अहिलेसम्मकै उच्चतम तापक्रम ४१.८ °से (१०७.२ °फे) दर्ज गरिएकोथियो, जबकि सबैभन्दा कम तापक्रम सन् २०१३ जनवरी ९ मा −०.७ °से (३०.७ °फे) दर्ज गरिएको थियो।[१९]

वीरेन्द्रनगर (सन् १९८१- सन् २०१०)को मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) १९.९
(६७.८)
२२.५
(७२.५)
२७.६
(८१.७)
३२.८
(९१.०)
३३.९
(९३.०)
३३.१
(९१.६)
३०.७
(८७.३)
३०.६
(८७.१)
२९.९
(८५.८)
२८.४
(८३.१)
२४.९
(७६.८)
२१.२
(७०.२)
२८.०
(८२.४)
दैनिक औसत °से (°फे) १२.६
(५४.७)
१५.२
(५९.४)
१९.७
(६७.५)
२४.७
(७६.५)
२७.२
(८१.०)
२८.०
(८२.४)
२७.१
(८०.८)
२६.९
(८०.४)
२५.८
(७८.४)
२२.१
(७१.८)
१७.७
(६३.९)
१३.८
(५६.८)
२१.७
(७१.१)
न्यूनतम औसत °से (°फे) ५.४
(४१.७)
७.९
(४६.२)
११.८
(५३.२)
१६.६
(६१.९)
२०.४
(६८.७)
२२.९
(७३.२)
२३.५
(७४.३)
२३.३
(७३.९)
२१.६
(७०.९)
१५.८
(६०.४)
१०.४
(५०.७)
६.४
(४३.५)
१५.५
(५९.९)
औसत वर्षा मिमी (इन्च) ३४.४
(१.३५)
४२.५
(१.६७)
२६.०
(१.०२)
२९.२
(१.१५)
९१.३
(३.५९)
२५२.३
(९.९३)
४७१.९
(१८.५८)
४२२.६
(१६.६४)
१९०.९
(७.५२)
४२.४
(१.६७)
९.७
(०.३८)
१८.५
(०.७३)
१,६३१.७
(६४.२४)
स्रोत: जल तथा मौसम विज्ञान विभाग, नेपाल सरकार[२०]

स्वास्थ्य सम्पादन गर्नुहोस्

वीरेन्द्रनगरमा सरकारी नियन्त्रणमा सञ्चालित स्वास्थ्य संस्थाहरू मध्ये मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, एक जिल्ला अस्पताल र एक नेत्र उपचार केन्द्र रहेका छन्।

शिक्षा सम्पादन गर्नुहोस्

कर्णाली प्रदेशको शैक्षिक सहरको रूपमा नाम कमाएको वीरेन्द्रनगरमा उच्च शिक्षाका लागि सरकारको लगानीमा स्थापना गरिएका सुर्खेत बहुमुखी क्याम्पस र वीरेन्द्रनगर बहुमुखी क्याम्पस रहेका छन्।[२१] यसको साथै सामुदायिक चिकित्सा क्याम्पस पनि यहाँको मुख्य शैक्षिक संस्था हो। वीरेन्द्रनगरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय समेत रहेको छ।[२२]

पर्यटकीय स्थल सम्पादन गर्नुहोस्

तिब्बतमा रहेको हिन्दुहरूको प्रसिद्ध तिर्थस्थल मानसरोवर जाने यात्रुले हुम्ला जिल्लासम्म जानका लागि हेलिकप्टर तथा हवाई जहाज चढ्ने प्रमुख स्थान वीरेन्द्रनगर हो।[२३][२४] यस नगर क्षेत्रभित्र रहेका देउतीबज्यै[२५] तथा काँक्रे विहार[२६] क्षेत्र यहाँका मुख्य प्राकृतिक तथा सांस्कृतिक आकर्षण हुन्।[२७] नगर भित्रै रहेको पश्चिम नेपालको एकमात्र घण्टाघर वीरेन्द्रनगर सहरको गौरव हो।[२८] नगरसँग टासिएर बुलबुल ताल तथा पार्क रहेका छन्।[२९]

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ "वीरेन्द्रनगर नगरपालिका सङ्क्षिप्त परिचय", वीरेन्द्रनगर नगरपालिका वेबसाइट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  2. २.० २.१ "प्रदेश नाम र राजधानी सम्बन्धमा" (नेपालीमा), प्रदेश राजपत्र, कर्णाली प्रदेश सरकार, वि.सं. २०७४ फागुन १४, अन्तिम पहुँच वि.सं. २०७८ फागुन ७ 
  3. ३.० ३.१ "वीरेन्द्रनगर नगरपञ्चायत क्षेत्र घोषित गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०३७ असोज २७, अन्तिम पहुँच वि.सं. २०७८ फागुन ७ 
  4. ४.० ४.१ "नगरपालिका घोषणा गरी क्षेत्र तोकेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७१ बैशाख २५, अन्तिम पहुँच वि.सं. २०७८ फागुन ७ 
  5. ५.० ५.१ "शङ्खरापुर लगायत विभिन्न नगरपालिका घोषणा" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७१ पुस २८, अन्तिम पहुँच वि.सं. २०७८ फागुन ७ 
  6. ६.० ६.१ "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फागुन २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  7. ७.० ७.१ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, वि.सं. २०७२ मङ्सिर २४, अन्तिम पहुँच वि.सं. २०७८ माघ २८ 
  8. ८.० ८.१ ८.२ स्मारिका (नेपालीमा), सुर्खेती कल्याण समाज, सन् १९८९, पृ: १०, "महेन्द्र सरकारको उद्गारलाई मूर्त रूप दिने सिलसिलामा वि.सं. २०२३ सालको हिउँददेखि जिल्लाको सदरमुकाम गोठीकाँडाबाट हालको स्थानमा सारियो।" 
  9. "प्रदेश ६ : नाम कर्णाली, राजधानी वीरेन्द्रनगर", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  10. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ 
  11. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच वि.सं. २०७८ फागुन ०७ 
  12. काफ्ले, प्रतिक्षा (वि.सं. २०७३ फागुन ३०), "जीविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच वि.सं. २०७८ फागुन ०७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  13. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, वि.सं. २०७३ फागुन ३०, अन्तिम पहुँच वि.सं. २०७८ फागुन ०७ 
  14. "नेपाल अधिराज्यलाई १४ अञ्चल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पुष २, पृ: १, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  15. "ब‍न्दको प्रभाव : कर्णालीमा लामो दूरीको यातायात ठप्प", खबर हब (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२० 
  16. "साँघुरो बसपार्कमा फोहरले सास्ती", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२० 
  17. "अघि बढेन सुर्खेत विमानस्थल विस्तार योजना", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२० 
  18. "सुर्खेत विमानस्थल विस्तारका लागि ३० बिघा जग्गा अधिग्रहण", खबरहब (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२० 
  19. तापक्रम तालिका (Report). जल तथा मौसम विज्ञान विभाग, नेपाल सरकार. http://www.dhm.gov.np/uploads/climatic/1749218667Ext%20temp%20of%20January.pdf. अन्तिम पहुँच मिति: वि.सं. २०७८ फागुन ११.  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  20. मौसम तापक्रम तालिका (Report). जल तथा मौसम विज्ञान विभाग, नेपाल सरकार. http://www.dhm.gov.np/uploads/climatic/880251189NORMAL%20FILE.pdf. अन्तिम पहुँच मिति: वि.सं. २०७८ फागुन ११. 
  21. "सुर्खेत क्याम्पस (शिक्षा) बहुमुखि हुँदै", स्काई न्युज नेपाल (नेपालीमा), २३ माघ २०७७, शुक्रबार ०१:०९, अन्तिम पहुँच २०२२-०२-२० 
  22. "केन्द्रीय विश्वविद्यालय बनाउन माग", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२० 
  23. "कर्णाली रेशम मार्ग: विकासको ‘गेम चेन्जर’", नेपाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२० 
  24. "सुनसान कैलाश मानसरोवर तीर्थयात्रा", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२० 
  25. "सुर्खेतको देउती बज्यै मन्दिरको भित्रि कथा", लोकपथ (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२० 
  26. "विविध", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२० 
  27. "सुर्खेतका पर्यटकीयस्थलमा चहलपहल, रारा पुग्ने सुर्खेत ‘ट्रान्जिट प्वाइन्ट’", नेपालगन्ज समाचार (नेपालीमा), २०१९-१०-१७, अन्तिम पहुँच २०२२-०२-२० 
  28. "वीरेन्द्रनगर घण्टाघरका घडी चार वर्षसम्म मर्मतको पर्खाइमा", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२० 
  29. "दसैंसँगै वीरेन्द्रनगर झलमल्ल", हिमालय टाइम्स (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२०  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-२० मिति