ईश्वरपुर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३] ईश्वरपुर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[४] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा ईश्वरपुर, भक्तिपुरबेला गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[१] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा ईश्वरपुर पनि नगरपालिका बनेको हो ।[५] ईश्वरपुर नगरपालिकामा ७,६२५ घरधुरि छन । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[५]

ईश्वरपुर नगरपालिका
ईश्वरपुर नगरपालिकाको आधिकारिक छाप
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लासर्लाही जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयरमनोज कुमार देवकोटा
 • उप मेयरएकावती देवी चौधरी
जनसङ्ख्या
 (बि.स.२०६८)[१]
 • जम्मा४०,५११
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६
वेबसाइटwww.ishworpurmun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

ईश्वरपुर, भक्तिपुरबेला गाविसहरूलाई मिलाएर ईश्वरपुर नगरपालिका बनाइएको हो ।[२] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ईश्वरपुर नगरपालिकाको जनसङ्ख्या ४०,५११ रहेको छ ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. २.० २.१ "जिल्ला विकास समिति, सर्लाही (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सर्लाही, http://www.ddcsarlahi.gov.np/app/webroot/index.php/content_pages/view/1556। 
  3. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  4. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  5. ५.० ५.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्