कलैया उपमहानगरपालिका
कलैया नेपालको मधेश प्रदेश स्थित बारा जिल्लामा पर्ने एक उपमहनगरपालिका हो।[१][२] वि.सं. २०३९ सालमा नगरपालिकाको रूपमा स्थापित यो नगरलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वि.सं. २०७३ फाल्गुन २७ गते उपमहानगरपालिका घोषणा गरेको हो।[३][४][५] सङ्घीय राजधानी काठमाडौँबाट ३०६ किलोमिटरको दुरीमा अवस्थित यो नगरपालिका बारा जिल्लाको सदरमुकाम समेत हो। स्थापनाकालमा यस नगरपालिकाभित्र तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो। कुल ११ वडामा विभाजित तत्कालिन नगरपालिकामा वि.सं. २०४७ सालमा भतौडा, ब्रह्मपुरी, विशम्भरपुर गाविस थप गरि १४ वडामा विस्तार गरेर यसको क्षेत्रफल बढाइएको थियो। नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार यस उपमहानगरपालिकाको कुल १३,२०५ घरधुरीमा ८६,३१८ जनसङ्ख्या रहेको छ जुन जिल्लाको कुल जनसङ्ख्याको १२.५६ प्रतिशत हुन आउँछ। साविकमा १४ वटा वडामा मात्रै सीमित रहेकोमा नेपाल सरकारले यसलाई उपमहानगरपालिकाको रूपमा स्तरोन्नति गर्दा ८ वडा गाविसहरू धर्मनगर, बलिरामपुर, बघवन, दोहरी, उत्तरझिटकैया, भतौडा, मोतिसर र सिसहनीयालाई गाभेर २७ वटा वडा क़ायम गरेको थियो।[६][७] ९ वटा सहरी वडाहरू र १८ वटा ग्रामिण वडाहरू रहेको यस उपमहनगरपालिकामा विगतको तथ्याङ्क अनुसार कुल ७७ किलोमिटर सडक रहेकोमा १२ किलोमिटर कालोपत्रे, ३ किलोमिटर ढलान र ३४ किलोमिटर ग्राभेल र बाँकी सडकहरू कच्ची रहेको छ।
कलैया नगरपालिका
कलैया | |
---|---|
![]() कलैयाको एक पोखरीमा छठ मनाउँदै हिन्दू भक्तजनहरू | |
निर्देशाङ्क: २७°२′उ॰ ८५°०′पू॰ / २७.०३३°N ८५.०००°Eनिर्देशाङ्कहरू: २७°२′उ॰ ८५°०′पू॰ / २७.०३३°N ८५.०००°E | |
देश | ![]() |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | बारा |
सरकार | |
• मेयर | राजेश राय यादव |
• उप मेयर | रहिमा खातुन |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ४४४०० |
क्षेत्रीय सङ्केत(हरू) | ०५३ |
वेबसाइट | kalaiyamun.gov.np |
जनसङ्ख्यासम्पादन
कलैया उपमहानगरपालिकाको जनसङ्ख्या ८६,३१८ छ। यहाँको जनसङ्ख्या वृद्धि दर ३ दशमलव ५ प्रतिशत रहेको छ। परम्परागत पेसा व्यवसायका अलावा बाहिर काम गरेर आएका मानिसहरूको यहाँ बसोबास गरेको छ।
क्र.सं. | वर्ष | कुल जनसङ्ख्या | पुरुष | महिला |
---|---|---|---|---|
१ | वि.सं. २०४८ | २०,९६९ | ११,२७० | ९,६९९ |
२ | वि.सं. २०५८ | ३२,२६० | १७,०२५ | १५,२३५ |
३ | वि.सं. २०६८ | ८६,३१८ |
भौगोलिक अवस्थितसम्पादन
धरातलीय स्वरूपसम्पादन
प्रशासनिक विभाजनसम्पादन
शिक्षा तथा स्वास्थ्यसम्पादन
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलसम्पादन
यहाँका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूमा सिद्धेश्वर मन्दिर, राजदेवी मन्दिर, नुतनदेवी मन्दिर, मुक्तेश्वर मन्दिर, राधाकृष्ण मन्दिर, महावीर मन्दिर, बुद्ध मन्दिर, चिमनीमाई मन्दिर, बेलपाती मन्दिर, मस्जिद, बौद्धिमाई मन्दिर, हनुमान मन्दिर, रामराजा दरबार, सिद्धेश्वर मा.वि., रामजानकी मन्दिर, बरेवा हरियाली पार्क, रामपुरको पोखरी, लङ्गडा पोखरी, बावन बिगाहा फुलबारी, गढीमाई मन्दिर (७ किलोमिटर पूर्व) रहेका छन्।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "७ सय ४४ स्थानीय तह कार्यान्वयनमा", कान्तिपुर दैनिक, २७ फाल्गुन २०७३, अन्तिम पहुँच २७ फाल्गुन २०७३।
- ↑ "यी हुन् अब बन्ने ४ महानगरपालिका र १२ उप-महानगरपालिका", सेतोपाटी, १२ पौष २०७३, अन्तिम पहुँच १२ पौष २०७३।
- ↑ "९ स्थानीय तह थपिँदै कहाँ कति थपियो?" (नेपालीमा), अन्तिम पहुँच २०१८-०१-१०।
- ↑ "१९ जिल्लामा थप गाउँपालिका र नगरपालिका", बीबीसी, २०७४ जेठ ८, अन्तिम पहुँच २०७४ जेठ ८।
- ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।