भारत
भारत वा गणतन्त्र भारत (हिन्दी: भारत गणराज्य), पौराणिक जम्बुद्वीप, दक्षिण एसियामा अवस्थित एउटा देश हो। यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो। भारतको सामुन्द्रिक किनारा ७,५१६ किलोमीटर लामो छ। भौगोलिक दृष्टिले विश्वको सातौँ ठूलो र जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको पश्चिममा पाकिस्तान, उत्तर-पूर्वमा चीन, नेपाल, र भुटान अनि पूर्वमा बङ्गलादेश र म्यानमार छन्। हिन्द महासागरमा यसको दक्षिण-पश्चिममा मालद्वीप, दक्षिणमा श्रीलङ्का र दक्षिण-पूर्वमा इन्डोनेसिया छन्। भारत उत्तर-पश्चिममा अफगानिस्तान सँग सीमाना जोडिएको दावी गर्दछ। यसको उत्तरमा हिमालय पर्वत श्रृखला र दक्षिणमा हिन्द महासागर छन्। पूर्वमा बङ्गालको खाडी र पश्चिममा अरब सागर छ। भारतमा थुप्रै ठूला नदीनालाहरू छन्। गङ्गा नदी भारतको सबैभन्दा ठूलो नदी हो र भारतीय सभ्यतामा यसलाई निकै पवित्र मानिन्छ। यस देशका अन्य ठूला नदीहरू ब्रह्मपुत्र, यमुना, गोदावरी, कावेरी, कृष्णा, चम्बल, सतलज, बियास आदि हुन्।
गणतन्त्र भारत भारत गणराज्य | |
---|---|
![]() भारतको अधिकारमा रहेको क्षेत्र, गाढा हरियो. दावा गरेको तर अधिकारमा नरहेको क्षेत्र, हल्का हरियो। | |
राजधानी | नयाँ दिल्ली |
सबैभन्दा ठूलो सहर | मुम्बई |
आधिकारिक भाषाहरू | हिन्दी तथा अङ्ग्रेजी |
मान्यता प्राप्त आञ्चलिक भाषाहरू | |
राष्ट्रिय भाषाहरू | हिन्दी तथा अङ्ग्रेजी |
रैथाने(हरू) | भारतीय |
सदस्यता | संरासं, विश्व व्यापार सङ्गठन, ब्रिक्स, सार्क, साङ्घाई सहयोग सङ्गठन, G4 nations, Group of Five, G8+5, G20, Commonwealth of Nations |
सरकार | संसदीय सङ्घीय संवैधानिक गणराज्य |
राम नाथ कोविन्द | |
वैंकैया नायडू | |
नरेन्द्र मोदी (भाजपा) | |
• सभामुख | सुमित्रा महाजन (भाजपा) |
राजेन्द्र मल लोढा[२] | |
व्यवस्थापिका | भारतीय संसद |
राज्य सभा | |
लोक सभा | |
स्वतन्त्रता | |
• प्राप्ति मिति | सन् १९४७ अगस्ट १५ |
• गणतन्त्र | सन् १९५० जनवरी २६ |
क्षेत्रफल | |
• जम्मा | ३२,८७,२६३ किमी२ (१२,६९,२१९ वर्ग माइल) (साँतौ) |
• पानी (%) | ९.५६ |
जनसङ्ख्या | |
• सन् २०११ जनगणना | १,२१,०१,९३,४२२ (दोश्रो) |
• घनत्व | ३२,८७,२६३ /किमी2 (८५,१३,९७२.१ /वर्ग माइल) (३१औं) |
मुद्रा | भारतीय रुपए (आइएनआर) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+०५:३० (भारतीय मानक समय) |
सडक प्रयोग | बायाँ |
टेलिफोन कोड | ९१ |
आइएसओ ३१६६ सङ्केत | आइएन |
इन्टरनेट डोमेन | डटआइएन |
भारतको जनसङ्ख्या १२० करोड भन्दा बढि छ जुन चीन पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो। बालिग मताधिकारको आधारमा निर्वाचन पद्धतिबाट सरकार छानिने देशहरूमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको देश भएकोले भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनिन्छ। यहाँ ३०० भन्दा धेरै भाषाहरू बोलिन्छन्। भारत एक सिन्धु घाटीको सभ्यताको भूमि हो। विश्वका तिन प्रमुख धर्म: हिन्दू, जैन तथा शिखको उत्पत्ति भारतमा भएको हो। भारत विश्वको दशौँ ठूलो अर्थव्यवस्था भएको राष्ट्र पनि हो, तर हालै गरेको आर्थिक प्रगतिका कारण भारत आफू विश्वमा तेस्रो अथवा चौथो ठूलो अर्थव्यवस्था भएको मान्दछ। सन् १९४७ मा स्वतन्त्रता प्राप्तिभन्दा पहिले ब्रिटिस भारतको रूपमा बेलायती साम्राज्यको प्रमुख अङ्ग भारतले विगत २० वर्षमा बर्णन गर्न लायक प्रगति हासिल गरेको छ। उक्त प्रगति विशेषत: आर्थिक र सैनिक क्षेत्रमा एक क्षेत्रीय शक्ति र विश्व शक्ति राष्ट्रको रूपमा देखिन थालेको छ।
भारत साङ्घाई सहयोग सङ्गठन, ब्रिक्स, जी-२०, इन्टरनेसनल इन्भेस्टमेन्ट बैङ्क (IIB) र विश्व व्यापार सङ्घटन (WTO), दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्सटेक को सदस्य पनि हो।
नामाकरण
भारतको दुई आधिकारिक नाम छन्- हिन्दीमा भारत र अङ्ग्रेजीमा इन्डिया (India)। इन्डिया नामको उत्पत्ति सिन्धु नदीको अङ्ग्रेजी नाम "इंडस"(Indus)बाट भएको हो। भारत नाम, एउटा प्राचिन हिन्दु सम्राट भरत जुन कि मनुको वंशज ऋषभदेवको ज्येष्ठ पुत्र थिए तथा जसको कथा श्रीमद्भागवत महापुराणमा छ, को नामबाट लिएको हो। भारत (भा + रत) शब्दको अर्थ हो आन्तरिक प्रकाश वा विदेक-रूपी प्रकाशमा लीन हो। एउटा तेस्रो नाम हिन्दुस्तान पनि छ जसको अर्थ हिन्द(हिन्दू)को भूमि हो जुन प्राचीन कालमा ऋषिहरू द्वारा दिएको थियो। प्राचिन कालमा यो कमै चलनमा थियो कालान्तरमा यो अरब/ईरान मा धेरै प्रचलित भयो। भारतमा यो नाम मुगल साम्राज्यकाल देखिनै धेरै प्रचलित भयो यद्यपि यसको समकालीन उपयोग कम र प्रायः उत्तर भारतको लागि हुन्छ। यस अतिरिक्त भारतवर्षलाई वैदिक कालदेखिनै आर्यावर्त "जम्बूद्वीप" र "अजनाभदेश"को नामबाट पनि जानिन्छ। धेरै पहिला यो देश 'सुनको चरा' नामले पनि जानिन्थ्यो।
इतिहास
भारतमा पहिलो मानव बसोबास ९००० वर्ष पहिले भएको विश्वास गरिएको छ। यो नै पछि गएर सिन्धु घाँटीको सभ्यतामा विकसित भयो, जुन २६०० ई.पू. र १९०० ई.पू.को बीचमा विकसित अवस्थामा थियो। लगभग १६०० ईसापूर्वमा आर्य भारत आए र उत्तर भारतीय क्षेत्रमा वैदिक सभ्यताको सूत्रपात गरे। यस सभ्यताको स्रोत वेद र पुराण हुन्। यो परम्परा कयौं सताब्दी वर्ष पुरानो छ। यही समय दक्षिण भारतमा द्रविड सभ्यताको विकास भएको हो। दुबै जातिले एक अर्काको राम्रो पक्ष अपनाउँदै भारतमा एक मिश्रित संस्कृतिको निर्माण गरे। ५औं शताब्दी ईशापूर्व पछि कैयौँ स्वतन्त्र राज्य बने। उत्तरमा मौर्य राजवंश, जसमा बौद्ध महाराजा अशोक सम्मिलित थिए, ले भारतको सांस्कृतिक पटलमा उल्लेखनीय छाप छोडे। १८० ईसवीको सुरूदेखि, मध्य एसियाबाट कयौं आक्रमण भए, जसको परिणामस्वरूप उत्तरी भारतीय उपमहाद्वीपमा यूनानी, शक, पार्थी तथा अन्त्यमा कुषाण राज्य स्थापित भए। तेस्रो शताब्दी पछिको समय, जुन बेला भारतमा गुप्त वंशको शासन थियो, भारतको "स्वर्णिम काल" मानिन्छ।
दक्षिण भारतमा भिन्न-भिन्न समयकालमा कयौं राजवंश चालुक्य, चेर, चोल, पल्लव तथा पांड्य स्थापित भए। विज्ञान, कला, साहित्य, गणित, खगोल शास्त्र, प्राचीन प्राविधिक, धर्म, तथा दर्शन यीनै राजाहरूको शासनकालमा विकशित भए। १२औं शताब्दीको प्रारम्भमा, भारतमा इस्लामी आक्रमण पश्चात, उत्तरी तथा मध्य भारतका अधिकांश भाग दिल्ली सल्तनतको शासन अधीन भयो र पछि, अधिकांश उपमहाद्वीप मुगल वंशको अधीनमा गयो। दक्षिण भारतमा विजयनगर साम्राज्य शक्तिशाली भएर उदायो। तर, विशेषतः तुलनात्मक रूपमा, संरक्षित दक्षिणमा अनेक राज्य बाँकी रहे अथवा अस्तित्वमा आए। १७औं शताब्दीको मध्यकालमा पोर्चुगल, नेदरल्यान्ड, फ्रान्स, बेलायत सहित अनेकौँ युरोपेली देशहरू, जो भारतसँग व्यापार गर्न इच्छुक थिए, उनिहरूले देशको शासकिय अराजकताको लाभ उठाए। बेलायत अरू युरोपेली देशहरूलाई उछिन्न सफल भएर १८४० सम्म लगभग सम्पूर्ण देशमा शासन गर्न सफल भयो। १८५७ मा ब्रिटिश इस्ट इन्डिया कम्पनीका विरुद्ध असफल विद्रोह भयो, जुन भारतीय स्वतन्त्रताको प्रथम संग्रामबाट चिनिन्छ, पछि भारतको अधिकांश भाग सीधै अङ्ग्रेजी शासनको प्रशासनिक नियन्त्रणमा आयो।
बीसौं शताब्दीको सुरूमा एक लामो समय सम्म स्वतन्त्रताको लागि विशाल अहिंसावादी सङ्घर्ष चल्यो, जसको नेतृत्व चन्द्रशेखर आजाद, सरदार भगत सिंह, सुख देव, राज्गुरु, नेताजी सुवासचन्द्र बोस आदिले, जो आधिकारिक रूपमा आधुनिक भारतका राष्ट्रपिताबाट संबोधित गरिन्छन्,ले गरे। यो सङ्घर्ष १५ अगस्ट, १९४७ मा सफल भयो जब भारतले अङ्ग्रेजी शासनबाट पूर्णतः स्वतन्त्रता प्राप्त गर्यो। त्यस पछि २६ जनवरी, १९५० मा भारत एक गणराज्य बन्यो। एक बहुजातीय तथा बहुधर्मिक राष्ट्र भएको कारण भारत समय-समयमा साम्प्रदायिक तथा जातीय द्वेषको शिकार हुने गर्दछ। क्षेत्रीय तथा जातीय असन्तुष्टि र विद्रोह पनि देशका अलग-अलग भागमा भैरहन्छन्। तर यसको धर्मनिरपेक्षता तथा लोकतान्त्रिक ब्यबस्था केवल १९७५-७७ मा, जब तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकालको घोषणा गरिन्, बाहेक अटुट रहीरहेको छ। भारतका छिमेकी राष्ट्रहरूको साथ थुप्रै सीमा विवादहरू छन्। यसै कारण यसले बेला बेलामा युद्धको पनि सामना गर्नु परेको छ। सन १९६२ मा चीन संग, तथा सन १९४७, १९६५, १९७१ एवम् १९९९ मा पाकिस्तान सँग युद्धहरू भैसकेको छ। भारत असंलग्न आन्दोलन तथा संयुक्त राष्ट्र सङ्घको संस्थापक सदस्य देशहरू मध्येमा एक हो। सन १९७४ मा भारतले आफ्नो पहिलो परमाणु परीक्षण गर्यो। त्यसपछि सन १९९८ मा ५ अरू परीक्षणहरू गर्यो। सन १९९० को दशकमा गरेको आर्थिक उदारीकरणको कारण आज भारत द्रुत गतिमा विकाश गर्ने राष्ट्रहरूको सुचीमा गनिन्छ।
हावापानी तथा भौगोलिक अवस्था
भारतको धेरैजसो उत्तरी तथा उत्तरपश्चिमी प्रातन्हरू हिमालयको पहाडी भागमा पर्दछ। बाँकी उत्तरी, मध्य र पूर्वी भारत गङ्गाको उर्वर मैदानबाट बनेको छ। भारतको पश्चिममा थार मरुभूमी छ जुन पाकिस्तानसम्म फैलिएको छ। दक्षिण भारत लगभग सम्पूर्ण रूपले डेक्कन पठारले ओगटेको छ। यो पठार पूर्वी घाट र पश्चिमी घाटको बीचमा अवस्थित छ। भारतमा थुप्रै महत्त्वपूर्ण तथा ठूला नदीहरू छन् जस्तै : गङ्गा, ब्रह्मपुत्र, यमुना, गोदावरी र कृष्णा। यी नदीहरूका कारण उत्तर भारतको भूमि कृषिको लागि उर्वर छ। भारतको भौगोलिक बनावटको विविधता सँगै यसको हावापानीमा पनि निकै भिन्नता छ। दक्षिणमा तटीय तथा गर्मी हावापानी छ भने उत्तरमा ठण्डा हावापानी छ। पूर्वमा अधिक वर्षा हुन्छ भने पश्चिममा सुख्खा मरूभूमी छ। भारतमा वर्षा मुख्य रूपले मानसून हवाको कारणले हुन्छ।
भारतका प्रदेश र तिनका राजधानी
भारतमा २९ प्रान्त तथा ६ केन्द्र शासित सङ्घीय राज्य क्षेत्र यसप्रकार रहेका छन्।
- प्रदेश तथा प्रादेशिक राजधानी (कोष्टकमा राजधानीको नाम)
|
- केन्द्रशासित प्रदेश
|
† चण्डीगढ एउटा केंद्रशासित प्रदेश र पञ्जाब र हरियाणा राज्यहरूको प्रादेशिक राजधानी दुबै हो।
राष्ट्रिय गीत तथा राष्ट्रिय गान
भारतको राष्ट्रिय गीत जन गण मन गुरुदेव रवीन्द्रनाथ ठाकुर द्वारा रचना गरिएको हो भने राष्ट्रिय गान वन्दे मातरम बंकिम चंद्र चटर्जी द्वारा रचना गरिएको हो।
भारतमा बोलिने भाषाहरू
भाषाको सन्दर्भमा भारत विश्वको भाषाको चिडियाखानाको नामले पनि चिनिन्छ। यहाँ मुख्य रूपमा बोलीने भाषाहरू यसप्रकार रहेका छन :
सम्बन्धित-विषयहरू
बाहिरि सामग्रीहरू
यो पनि हेर्नुस
सन्दर्भ सामग्री
- ↑ National Informatics Centre 2005.
- ↑ "Justice R M Lodha sworn in as 41st chief justice of Supreme Court" [न्यायाधीश आर एम लोढा ने सर्वोच्च्य न्यायालये के प्रमुख न्यायाधीश पद की शपथ ली], आईएएनएस (अङ्ग्रेजीमा), न्यूज बिहारप्रभा, अन्तिम पहुँच १३ मई २०१४।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता)