शक संवत्

ऐतिहासिक भारतीय सम्बत

शक संवत् वा शक सम्बत जसलाई शाके वा श्री शाके भनेर पनि लेखिएको छ, एक ऐतिहासिक सम्बत हो। यसको सुरूवात ईश्वी सम्बतको वर्ष ७८ तिर हुन जान्छ। भारतमा यसलाई शालिवाहन शक भनिन्थ्यो । यो सम्बतको प्रयोग हिन्दु, बौद्धजैन धर्मका पुस्तकहरूमा छ । यस सम्बतको उत्पत्ति विवादास्पद छ । यो सम्बतलाई भारतीय राष्ट्रिय पात्रोको नाम स्वीकृत गरिएको छ । यो प्राचिन इन्डोनेशियाको जावा द्वीप राज्यमा प्रचलित पनि थियो ।

पश्चिमी क्षत्रप शासक रूद्रसेनको एक चाँदीको सिक्का (२०० - २२२). यस सिक्काको दोस्रोतिर ब्राह्मी लिपिमा शक सम्बतको तिथि: १३१ लेखिएको छ। नाप: १६ मिमी, २.२ ग्राम.
पृथ्वीनारायण शाहले पाटन विजय गरेपछि निस्केको शक सम्बत १६८५ (ईश्वी सम्बत १७६३) अङ्कीत चाँदीको मोहोर (अगाडि)

शक संवत्‌का विषयमा बुदुआको मत छ कि यसलाई उज्जयिनीका क्षत्रप चेष्टनले प्रचलित गरे। शक राज्यहरूलाई चन्द्रगुप्त विक्रमादित्यले समाप्त गरिदिए तथापि तिनको स्मारक शक संवत्‌ अहिलेसम्म भारतवर्षमा चलिरहेको छ।

सन 1633 सम्म यस सम्बतलाई जावा द्वीपको दरबारले प्रयोग गरेको थियो । अन्नो जावानिको नामक जावानिय-इस्लामी व्यवस्था मिश्रित सम्बतले शक सम्बतलाई जावामा विस्थापन गर्यो ।[१]

केही अन्य संवत सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. M.C. Ricklefs, A History of Modern Indonesia Since c. 1300, 2nd ed. Stanford: Stanford University Press, 1993, pages 5 and 46.

[[श्रेणी:संवत्]