जन गण मन
जन गण मन, भारतको राष्ट्रगान हो जुन मूलतः बङ्गालीमा गुरुदेव रवीन्द्रनाथ ठाकुरद्वारा लेखिएको थियो । भारतको राष्ट्रिय गीत वन्दे मातरम् हो ।
Jônô Gônô Mônô | |
![]() | |
लेखक | रवीन्द्रनाथ टेगोर, १९९१ |
---|---|
सङ्गीत | रवीन्द्रनाथ टेगोर, १९९१ |
लागू | २४ जनवरी १९५० |
सङ्गीत नमूना | |
|
राष्ट्रगानको गायन अवधि लगभग ५२ सेकेन्ड रहेको छ । केही अवसरहरूमा राष्ट्रगान संक्षिप्त रूपमा पनि गाइने गरेको छ, यसमा प्रथम तथा अन्तिम पंक्तिहरू नै गाइने गरिन्छ जसको अविधि २० सेकेन्डको हुन्छ । भारतको संविधान सभाले जन-गण-मन लाई भारतको राष्ट्रगानको रूपमा २४ जनवरी १९५० मा अपनाइएको थियो । यसलाई सर्वप्रथम २७ डिसेम्बर १९११ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको कोलकातामा दुवै भाषामा (बङ्गाली र हिन्दी) अधिवेशनमा गाइएको थियो । पुरै गीतमा ५ पद रहेका छन् ।
राष्ट्रिय गानसम्पादन
जनगणमन-अधिनायक जय हे भारतभाग्यविधाता!
पञ्जाब सिन्धु गुजरात मराठा द्राविड़ उत्कल बङ्ग
विन्ध्य हिमाचल यमुना गङ्गा उच्छलजलधितरङ्ग
तव शुभ नामे जागे, तव शुभ आशिष मागे,
गाहे तव जयगाथा।
जनगणमङ्गलदायक जय हे भारतभाग्यविधाता!
जय हे, जय हे, जय हे, जय जय जय जय हे।।