दोस्रो विश्व युद्ध

मुख्यतः अलाइज र एक्सिस शक्तिहरुको बीच १९३९-१९४५ मा भएको विश्व युद्ध

दोस्रो विश्वयुद्ध अथवा द्वितीय बिश्वयुद्ध ‍सन् १९३९ देखि ‍१९४५ सम्म चलेको विश्वस्तरीय युद्ध थियो । बिश्वभरिका लगभग ७० देशहरूका जल-स्थल-वायु सेनाहरू यस युद्धमा सम्मिलित थिए। यस युद्धमा विश्व दुई हिस्सामा बाँडिएको थियो, मित्र राष्ट्र र धुरी राष्ट्र। यस युद्धमा लगभग ६ करोड मानिसहरूको ज्यान गयो र यो मानव इतिहासको सबभन्दा घातक युद्ध थियो। युद्धको अन्तमा मित्र राष्ट्रहरूको जीत भयो।

दोस्रो विश्वयुद्ध

दोस्रो विश्वयुद्धका केही झलकहरू
मिति१ सेप्टेम्बर १९३९ (1939-09-01) – २ सेप्टेम्बर १९४५ (1945-09-02)
स्थान
युरोप, पेसिफिक, एटलान्टिक, दक्षिण-पुर्वी एसिया, चीन, मध्य पुर्व, मेडिटेर्नेअन, उत्तर अफ्रिका र पुर्वी अफ्रिका, दक्षिण-मध्य अफ्रिका
परिणाम
  • मित्र शक्ति पक्षको जीत
  • जर्मनीको पराजय तथा विभाजन
  • जापान र इटालीको पराजय
  • संयुक्त राष्ट्रसंघको स्थापना
  • तत्कालिन राष्ट्र सङ्घ र सोभियत संघको अन्त्य
सहभागीहरू
मित्र शक्ति धुरी शक्ति
सेनापतिहरू
मित्र राष्ट्रका नेताहरू
सोभियत सङ्घ स्टालिन
संयुक्त राज्य अमेरिका फ्र्याङ्क्लिन रुजबेल्ट
संयुक्त अधिराज्य विन्स्टन चर्चिल
गणतन्त्र चीन च्याङ काइ सेक
धुरी राष्ट्रका नेताहरू
Nazi Germany एडल्फ हिटलर
जापानी साम्राज्य हिरोहितो
इटालीको अधिराज्य बेनिटो मुसोलिनि
मृत्यु र क्षति
सैनिक मृत्यु:
१६,०००,००० भन्दा
साधारण जनता मृत्यु:
४५,०००,००० भन्दा
जम्मा मानिसको मृत्यु:
६१,०००,००० भन्दा (१९३७–४५)
सैनिक मृत्यु:
८,०००,००० भन्दा
साधारण जनता मृत्यु:
४,०००,००० भन्दा
जम्मा मानिसको मृत्यु:
१२,०००,००० भन्दा (१९३७–१९४५)

सुरु र अन्त्य मिति

सम्पादन गर्नुहोस्

सन् १९३९ सेप्टेम्बर १ मा पोल्यान्ड माथि जर्मनीले आक्रमण गरेपछि साधारणतया युरोपमा दोस्रो विश्वयुद्ध सुरु भएको मानिन्छ।[][]

त्यसको दुई दिन पछि संयुक्त अधिराज्य र फ्रान्सले जर्मनी विरुद्ध युद्धको घोषणा गर्‍यो। यता प्रशान्त महासागरको मोर्चामा युद्धको सुरुवातको मिति दोस्रो जापान-चीन युद्ध सुरुवात ७ जुलाई १९३७ मा ,[][] वा मन्चुरियामाथिको जापानको आक्रमण, १९ सेप्टेम्बर १९३१ लाई मानिन्छ। [][][] अन्यले ब्रिटिस इतिहासकार ए.जे.पि टेलरलाई अनुसरण गर्छन्। उनका अनुसार, चीन-जापान युद्ध तथा युरोप र यसका उपनिवेशमा संगसँहै युद्ध भए, र दुई युद्ध १९४१ मा दोस्रो विश्वयुद्ध भयो। कसैकसैले अन्य सुरुवातको मितिमा एबिसिनियामा इटालीको आक्रमण ३ अक्टोबर १९३५ लाई मानिन्छ।[] ब्रिटिस इतिहासकार एन्टोनी बिवोर मे देखि सेप्टेम्बर १९३९ सम्म भएको जापान र सोभियत र मंगोलियाको सेना बीचको खाल्खिन गोलको लडाईँलाई दोस्रो विश्वयुद्धको सुरुवात मान्छन्। [] अन्यले स्पेनिस गृहयुद्धलाई दोस्रो विश्वयुद्धको सुरुवात वा प्रस्तावना मान्छन्। [१०][११]

युद्ध अन्त्यको पनि सटिक मितिबारे विश्वव्यापी समान धारणा छैन। २ सेप्टेम्बर १९४५ मा जापानको औपचारिक आत्मसमर्पण भन्दा पनि १४ अगस्ट १९४५ मा युद्धविराम भएसँगै युद्ध सकिएको मानिन्छ। जापान र मित्र शक्ति बीच सन् १९५१ मा शान्ति सन्धि भयो।[१२] जर्मनीको भविष्य सम्बन्धि सन् १९९० को सन्धिबाट जर्मन पुनः एकीकरण भयो र विश्वयुद्ध पश्चातका धेरै मुद्दाहरू सुल्झिए। [१३] जापान र सोभियत संघ वीच अहिले सम्म कुनै औपचारिक शान्ति सन्धि भएको छैन,[१४] यद्यपि सन् १९५६ मा भएको सोभियत-जापान संयुक्त घोषणापत्रबाट दुई देशको युद्धको स्थिती समाप्त र पूर्ण कुटनैतिक सम्बन्ध कायम भएको थियो।[१५]

दोस्रो विश्वयुद्धको शुरुवात सेप्टेम्बर १९३९ मा भयो, जुनबेला जर्मनीले पोल्यान्डमाथि हमला गर्‍यो र त्यसपछि जब अमेरिका, फ्रान्सइंग्ल्याण्डले जर्मनीमाथि हमला गरे । प्रथम विश्वयुद्धमा हार व्यहोरेपछि जर्मनीले भर्सेलिजको सन्धिमा जबर्जस्ती हस्ताक्षर गर्नुपर्यो। यो सन्धिको कारण उसले आफुले कब्जा गरेको धेरै भूभाग छोड्नुपर्यो, अरु देशमाथि आक्रमण नगर्ने शर्त मान्नुपर्यो, आफ्नो सैन्य-संख्या सीमित गर्नुपर्यो र प्रथम विश्वयुद्धमा भएको नोक्सानी भरपाईको रूपमा अरू देशलाई दिनुपर्यो। सन् १९१७ मा रूसमा गृह युद्ध भएपछि सोभियत सङ्घको निर्माण भयो र सन् १९२२ मा इटलीमा बेनेतो मुसोलिनीको एकाधिपत्य कायम भयो।

  • भर्सेलिजको सन्धि
  • अधिनायकवादको उदय
  • जापानी साम्राज्यवाद
  • राष्ट्रहरूको गठबन्धन
  • ढाकछोपको नीति
  • आर्थिक कष्ट
  • राष्ट्र संघको असफलता
  • युद्धको तयारी

सन् १९३३ मा जर्मनीको शासक अडोल्फ हिटलर बने र चाडैं नै उसले जर्मनीलाई पुनः एक शक्तिशाली सैन्य शक्तिको रूपमा प्रर्दशित गर्न शुरू गरे, यसमा फ्रान्स र इङ्ल्यान्ड चिन्तित भए जसले पहिलेको लडाईमा धेरै नोक्सानी खेपिसकेका थिए। इटाली पनि यस कुरामा धेरै दुःखी थियो किनभने इटालीको पनि एउटा शक्तिशाली राष्ट्र बन्ने सपना थियो, यसमा जर्मनीले भाँजो हाल्ने निश्चित थियो। यी सबै कुरालाई मध्य नजर गरी फ्रान्सले इटालीसँग हात मिलाएर उनको कब्जाको इथियोपिया इटालीलाई दिने भयो। १९३५ मा हिटलरले भर्सेलिजको सन्धि तोडेर आफ्नो सेना बढाउनमा लागे ।

जर्मनीलाई काबूमा ल्याउन इङ्ल्यान्ड, फ्रान्स र इटलीले स्ट्रेसा नामक सहर (जुन इटलीमा छ) मा एक घोषणा-पत्रमा हस्ताक्षर गरे, जसमा लेखिएको थियो- अस्ट्रियाको स्वतन्त्रता कायम राखियोस् र जर्मनीलाई भर्सेलिजको सन्धि तोडनबाट रोकियोस्। तर स्ट्रेसा घोषणा-पत्र सफल भएन किन भने, यी तीन राष्ट्रहरूमा साधारण सहमती धेरै बुँदाहरूमा भएन। सोही समय सोभियत सङ्घ जुन, जर्मनीको पूर्वी यूरोपको ठूलो हिस्साको कब्जा गर्ने इच्छा जानेर धेरै नै डराएको हुँदा फ्रान्ससँग हात मिलाउन पुग्यो।

जर्मन सेना १९३५ मा नुरेम्बेर्ग मा

सम्पादन गर्नुहोस्

१९३५ मा इंग्ल्याण्डले भर्सेलिजको सन्धिलाई समाप्त गर्दै जर्मनीसँग एउटा स्वतन्त्र सम्झौता गरेर केही शर्तहरूलाई कम्ति बनाइदियो। १९३५ अक्टूबरमा इटलीले इथियोपिया माथि आक्रमण गरयो र जर्मनीले यस आक्रमणलाई वैध मान्यो र यता इटलीले जर्मनीको अस्ट्रिया माथि कब्जा गर्ने चाहनालाई स्वीकृति दियो, १९३६ मा जब हिटलरले रयानलैंडमा दोस्रो पटक आफ्नो सेनाको गढ बनाउने कोशिश गर्‍यो त्यसमा आपत्ति उठाइएन। सोही वर्ष स्पेनमा गृह युद्धमा जर्मनी र इटालीले त्यहाँका राष्ट्रवादी शक्तिहरूलाई समर्थन गरे जुन सोभियत संघको सहायता प्राप्त स्पेनिस गणराज्यको विरुद्ध थियो। नयाँ हतियारहरूको परीक्षणको बीचमा राष्ट्रवादी शक्तिहरूले सन् १९३९ मा युद्ध जिते।

जर्मन सेना सन् १९३४ न्युरेम्बर्ग र्यालीमा

सम्पादन गर्नुहोस्

दोस्रो विश्वयुद्ध, अथवा द्धितीय विश्वयुद्धमा जर्मन सेनाहरू एक वैश्विक सैन्य संघर्ष थियो जसमा, सबै महाशक्तिहरू समेत विश्वको अधिकांश देश शामिल थिए, जुन दुई परस्पर विरोधी सैन्य गठबन्धनहरूमा संगठित थिए: मित्र राष्ट्र एवं धुरी राष्ट्र । यस युद्धमा १० करोड भन्दा धेरै सेना शामिल थिए, यस कारणले यिनीहरू इतिहासको सबै भन्दा व्यापक युद्ध मानिन्छ। "पूर्ण युद्ध"को अवस्थामा, प्रमुख सहभागिहरूले नागरिक र सैन्य संसाधनहरूको बीचको अंतरलाई समाप्त गरेर युद्ध प्रयासको सेवामा आफ्नो पुरै औद्योगिक, आर्थिक र वैज्ञानिक क्षमताहरूको लगाई दिए। यसमा सात करोड भन्दा धेरै मानिस मारिएका थिए, जसमध्ये अधिकांश सर्व साधारण नागरिक थिए, यसैले यसलाई मानव इतिहासको सबै भन्दा खूनी संघर्ष मानिन्छ।

युद्धको प्रारम्भ साधारण तरिकामा १ सेप्टेम्बर १९३९ मानिन्छ, जर्मनीले पोल्यान्ड माथि आक्रमण गर्न र परिणामस्वरूप बेलायती साम्राज्य र राष्ट्र मण्डलको अधिकांश देशहरू र फ्रान्स द्धारा जर्मनी बिरुद्ध युद्धको घोषणाको साथ। धेरै देश यस समय भन्दा पहिले नै युद्धरत थिए, अन्य घटनाहरूको परिणामस्वरूप, र धेरै जुन शुरुवातमा शामिल थिएनन्, पछिमात्र युद्धमा शामिल भए। युद्धको कुनै मुख्य घटनाहरू हुन: मार्को पोलो पुल घटना (राष्ट्रवादी चीन र जापानको बीच लडाइ), अपरेशन बारबोसा (जर्मनी द्धारा सोभियत सङ्घमा आक्रमण)को शुरुवात, र पर्ल हार्बर आक्रमण र ब्रिटिश रडच कोलोनिहरूमा दक्षिण पूर्व एसियामा हमला. १९४५ मा मित्र राष्ट्रहरूको विजयसँग युद्ध समाप्त भयो। सोभियत सङ्घ र संयुक्त राज्य अमेरिका युद्ध पछि विश्वको महाशक्तिहरूको रूपमा अगाडि आए, जसबाट शीत युद्धको पृष्ठभूमि तैयार भयो, जुन अर्को ४५ वर्षसम्म चल्यो। संयुक्त राष्ट्र एउटा अझै अर्को यस्तो संघर्षको रोक्ने आशामा बनाइयो। आत्म निर्णयको स्वीकृतिले एसिया र अफ्रीकामा उपनिवेशवाद बिरोधी आन्दोलनलाई गति प्रदान गर्‍यो, जबकि पश्चिमी यूरोप स्वयं एकीकरण तिर अघि बढन शुरू भयो।[१६]

युद्धको कोर्स

सम्पादन गर्नुहोस्

युरोपमा युद्ध शुरुवात (१९३९–१९४०)

सम्पादन गर्नुहोस्

पश्चिमी यूरोप (१९४०–१९४१)

सम्पादन गर्नुहोस्

भूमध्यसागर (१९४०–१९४१)

सम्पादन गर्नुहोस्

सोभियत संघमा जर्मन आक्रमण (1941)

सम्पादन गर्नुहोस्

प्यासिफिकमा युद्ध सुरुवात (१९४१)

सम्पादन गर्नुहोस्

अक्ष आक्रमण रोकियो (१९४२–१९४३)

सम्पादन गर्नुहोस्

प्रशान्त (१९४२–१९४३)

सम्पादन गर्नुहोस्

पूर्वी मोर्चा (१९४२–१९४३)

सम्पादन गर्नुहोस्

पश्चिमी यूरोप/एट्लान्टिक र भूमध्यसागर (१९४२–१९४३)

सम्पादन गर्नुहोस्

मित्र शक्तिको गति (१९४३-१९४४)

सम्पादन गर्नुहोस्

मित्र शक्तिहरू निकटटा(1944)

सम्पादन गर्नुहोस्

अक्ष शक्तिको पतन र मित्र शक्ति विजय (१९४४–१९४५)

सम्पादन गर्नुहोस्
अपार धनजनको क्षति
सम्पादन गर्नुहोस्
 
द्धितीय विश्वयुद्धमा मृत्युको संख्या

युद्धमा हताहतीको कुल संख्याको अनुमानमा अनेकता छ, किनकी कयौ हताहतीहरू रेकर्ड हुन सकेनन् ।[१७] धेरैको राय ६ करोड मानिस युद्धमा मारिएको छ, जसमा २ करोड सैन्य र ४ करोड नागरिक रहेको छ ।[१८][१९][२०] धेरै गैर सैन्य नागरिकहरूको मृत्यु नरसंहार, संक्रमण रोग, बम बर्षा, र भोकमरी बात भएको थियो।

सोभियत सङ्घले मात्र ८७ लाख सैन्य र १.९ करोड नागरिक[२१] गरी करिब २ करोड ७० लाख मानिस गुमायो[२२] । सोभियत युनियनको कुल जनसंख्याको एक चौथाई मानिसहरू मारिएका वा अपाङ्ग भएका थिए ।[२३] जर्मनीले ५३ लाख सैन्य क्षति व्यहोर्यो, धेरै जसो पूर्वी मोर्चामा र जर्मनीको अन्तिम लडाईहरूमाजर्मनीले 5.3 मिलियन सैन्य हानि सहयो, धेरै जसो पूर्वी मोर्चामा र जर्मनीको अन्तिम लडाईहरूमा[२४]

द्वितीय विश्वयुद्ध अत्यन्त विनाशकारी थियो। यसमा रासायनिक हात हतियारदेखि अत्याधुनिक अस्त्र-शस्त्रको प्रयोग गरियो। यस युद्धमा करिब दुई करोड बीस लाख मानिसहरू मारिएका थिए भने तीन करोड चालिस लाख मानिस घाइते भएका थिए। एघार सय खरब डलर यस युद्धमा खर्च भएको अनुमान छ। विकसित सहरहरू एवम् हजारौँ कल कारखाना तथा उद्योगहरू ध्वस्त भए। उर्वर कृषियोग्य भूमि मरुभूमिमा परिणत भयो। लाखौँ मानिसहरू घरबार विहीन भई शरणार्थीको जीवन जिउन बाध्य भए।

बेलायतफ्रासको स्थितिमा परिवर्तन
सम्पादन गर्नुहोस्
अमेरिका र रूसको शक्तिमा वृद्धि
सम्पादन गर्नुहोस्

द्वितीय विश्वयुद्ध पछि अमेरिका र रुसको शक्ति वृद्धि भयो। अन्य राष्ट्रहरू आर्थिक रूपमा कमजोर भए र सैन्य क्षमता पनि गुमाए। तर अमेरिकाले युरोपेली राष्ट्रहरूलाई युद्ध सामग्री निर्यात गरी आर्थिक उन्नति गर्‍यो। अन्य देशको तुलनामा सै क्षति अत्यन्तै कम भएकाले अमेरिका सबैभन्दा शक्तिशाली हुन पुग्यो। अर्कातिर रुससँग सैन्य शक्ति बढी भएकाले रुसको राजनीतिक शक्ति विश्वमा बढ्दै गयो।

विश्व दुई गुटमा विभाजित
सम्पादन गर्नुहोस्

द्वितीय विश्वयुद्ध पछि अमेरिका र रुसको शक्ति वृद्धि भयो। अन्य राष्ट्रहरू आर्थिक रूपमा कमजोर भए र सैन्य क्षमता पनि गुमाए। तर अमेरिकाले युरोपेली राष्ट्रहरूलाई युद्ध सामग्री निर्यात गरी आर्थिक उन्नति गर्‍यो। अन्य देशको तुलनामा सै क्षति अत्यन्तै कम भएकाले अमेरिका सबैभन्दा शक्तिशाली हुन पुग्यो। अर्कातिर रुससँग सैन्य शक्ति बढी भएकाले रुसको राजनीतिक शक्ति विश्वमा बढ्दै गयो। तर यी दुई राष्ट्रहरूको राजनीतिक तथा वैचारिक मत भिन्नता थियो किनभने अमेरिका पुँजीवाद मान्ने उदयमान राष्ट्र थियो भने यसको ठिक विपरीत रुस साम्यवादी राष्ट्र थियो। तसर्थ यिनीहरू एकअर्कालाई तीव्र आलोचना गर्न थाले। विश्वका राष्ट्रहरू यिनीहरूको पुँजीवादी र साम्यवादी समूह मा धु्र्वीकृत हुन पुगे र विश्व दुई समूहमा विभाजित भयो। एक आपसमा भौतिक आक्रमण नभए पनि दुवै समूहहरू बिच अस्वस्थ प्रतिस्पर्धा अत्यन्तै बढ्यो। सम्बन्ध चिसो भयो र शीत युद्धको प्रारम्भ भयो। तर सन् १९९० मा सोभियत सङ्घको अवसानपछि यो समस्या कम हुँदै गयो।

आर्थिक पुनः निर्माणका नाममा विभिन्न प्रतिस्पर्धी संस्थाहरूको स्थापना
सम्पादन गर्नुहोस्

साम्यवादी प्रभावलाई रोक्न पश्चिमी युरोपेली राष्ट्रहरू र अमेरिका मिलेर सन् १९४९ मा उत्तरी एट्लान्टिक सन्धि सङ्गठन (NATO) को स्थापना गरे। यसैको जवाफ स्वरूप रुसले पनि सन् १९५५ मा पोल्यान्डको राजधानी वार्सामा ‘वार्सा सन्धि सङ्गठन’ भन्ने संस्था स्थापना गर्‍यो। रुस लगायत पूर्वी युरोपका राष्ट्रहरू यसमा संलग्न थिए। यी देशहरूलाई आर्थिक सहायतत प्रदान गर्न रुसका विदेश मन्त्री मोलोटोभको नेतृत्त्वमा रुसले एक संस्था स्थापना गर्‍यो। यस संस्थालाई COMECON (Council for Mutual Economic Assistance) वा Molotov Plan भनिन्छ। अर्कोतिर अमेरिका समर्थित युरोपेली राष्ट्रहरूलाई आर्थिक सहयोग गर्न अमेरिकाले विदेश मन्त्री जर्ज मार्सलको नेतृत्त्वमा योजना बनाए। यस योजनालाई मार्सल योजना (Marstal Plan) भनिन्छ।

सैनिक गुटबन्दी
सम्पादन गर्नुहोस्
उपनिवेशवादको अन्त्य
सम्पादन गर्नुहोस्

द्वितीय विश्वयुद्धले शक्तिशाली युरोपेली राष्ट्रहरू बेलायत र फ्रान्सको शक्तिमा क्षयीकरण गर्‍यो। बेलायत नियन्त्रित उपनिवेशहरू स्वतन्त्र भए। यही नियति अन्य साम्राज्यवादी राष्ट्रहरूले पनि भोगे। यसैले गर्दा भारत लगायतका राष्ट्रहरू स्वतन्त्र भए।

साम्यवादको प्रचार
सम्पादन गर्नुहोस्

द्वितीय विश्वयुद्ध चल्दै गर्दा युद्धका नेतृत्त्व गर्ने राष्ट्रका प्रमुखहरूले युद्ध रोक्नलाई धेरै प्रयास गरेका थिए। बेलायतको लन्डनमा भेला भई मित्र राष्ट्रहरूले १२ जुन १९४१ मा एउटा घोषणा पत्र जारी गरे। यसलाई लन्डन घोषणा पत्र भनिन्छ। यसमा युद्धको अन्त र अन्तर्राष्ट्रिय सहयोग तथा शान्तिका लागि अपिल गरिएको थियो। यसको ठिक तीन महिनापछि १४ अगस्ट १९४१ मा विश्वशान्तिका लागि अमेरिकी राष्ट्रपति फ्रयाङ्कलिन डेलाने रुजबेल्ट र बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिलले आन्ध्र महासागरको पानी जहाजमै एक घोषणा पत्र तयार पारे। यसलाई एटलान्टिक चार्टर भनिन्छ। यस्तै अन्य प्रयासहरू हुँदै गर्दा अन्त्यमा २५ अप्रिलदेखि २६ जुन १९४५ मा विश्वका ५० ओटा राष्ट्रहरू सम्मिलित सान् फ्रान्सिस्को सम्मेलन भयो। यसले संयुक्त राष्ट्र सङ्घ सम्बन्धी अवधारणालाई अन्तिम रूप दियो। अन्त्यमा यस चार्टरमा पोल्यान्डले हस्ताक्षर गरेपछि यसका सदस्य सङ्ख्या ५१ पुग्यो। तत्पश्चात् पारित गरिएको चार्टरलाई २४ अक्टोबर १९४५ मा घोषणा गरी संयुक्त राष्ट्र सङ्घको स्थापना गरियो।

अमेरिकाले जापानको हिरोसिमामा ६ अगष्ट १९४५ मा लिटल ब्वाई(Little Boy) नामक अणु बम खसालेको थियो भने नागासाकीमा ९ अगष्ट १९४५ मा फ्याट मेन(Fat Man) नामक अणु बम खसालेको थियो। जुन अन्त्यको एक कारण बन्न पुग्यो। यस्तै सन् १९४३ सेप्टेम्बरमा इटलीले आत्मसमर्पण गर्‍यो। र सन् १९४२ मे मा जर्मनीले आत्मसमर्पण गर्‍यो। अगस्त १४‚ १९४५ मा जापानले आत्मसमर्पण गरेपछि यो युद्ध समाप्त भएको थियो ।

नेपालीको भूमिका

सम्पादन गर्नुहोस्

द्वितीय विश्वयुद्धमा नेपाल प्रत्यक्ष सहभागी नभए पनि अप्रत्यक्ष रूपमा आफ्ना सेनाहरू पठाई बेलायतको पक्षबाट युद्धमा सामेल थियो। तात्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले बहादुर शमशेर लगायतको नेतृत्त्वमा जम्मा २ लाख ५० हजार नेपाली फौज पठाएका थिए । नेपालीहरू वीरताका साथ युद्ध मोर्चामा लडे। नेपालीहरूले बहादुर गोर्खालीका रूपमा गौरव तथा सम्मान प्राप्त गरे। विदेशमा भएको विकास र प्रगति देखेर नेपाली सैनिकहरूले स्वदेशमा आई प्रजातन्त्र स्थापनाका लागि सहयोग गरेका थिए। नेपाली फौजले बेलायतका तर्फबाट जर्मनी तथा जापान विरुद्ध लडेको थियो। साइप्रस, ग्रीस, सिरिया, लेबनान्, प्यालेस्टाइन, इराक, सिङ्गापुर, मलाया तथा बर्मामा गई नेपाली फौज लडेको थियो। यद्धमा जम्मा सहभागी मध्ये ७,५४४ नेपाली युवाहरू मारिए र २३,६५५ जना घाइते भए। यसरी यस युद्धमा नेपाल राष्ट्रले पनि ठुलो युवा शक्ति गुमाउन पुग्यो। नेपाल सरकारको सहयोगबाट अत्यन्तै खुसी भई बेलायती सरकारले जुद्ध शमशेरलाई बेलायती सेनाको पूर्ण अनररी जर्नेल पदको उपाधि दिएको थियो।

साथै ३ करोड ३३ लाख एकमुष्ट आर्थिक सहयोग दियो। प्रथम विश्वयुद्ध पश्चात् दिने गरेको वार्षिक १० लाख रुपियाँ पनि निरन्तर दिने प्रतिबद्धता जाहेर गर्‍यो। यसका अलवा धेरै नेपाली वीरहरूले बेलायतको सर्वोच्च पदक भिक्टोरिया क्रस र मिलिटरी क्रस प्राप्त गरे।

  1. Weinberg 2005, पृष्ठ 6.
  2. Wells, Anne Sharp (2014) Historical Dictionary of World War II: The War against Germany and Italy. Rowman & Littlefield Publishing. p. 7.
  3. Ferris, John; Mawdsley, Evan (२०१५), The Cambridge History of the Second World War, Volume I: Fighting the War (अङ्ग्रेजीमा), Cambridge: Cambridge University Press 
  4. Förster & Gessler 2005, पृष्ठ 64.
  5. Ghuhl, Wernar (2007) Imperial Japan's World War Two Transaction Publishers pp. 7, 30
  6. Polmar, Norman; Thomas B. Allen (1991) World War II: America at war, 1941–1945 आइएसबिएन ९७८-०-३९४-५८५३०-७
  7. Seagrave, Sterling (५ फेब्रुअरी २००७), "post Feb 5 2007, 03:15 PM", The Education Forum, मूलबाट १३ जुन २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २००८, "Americans think of WW2 in Asia as having begun with Pearl Harbor, the British with the fall of Singapore, and so forth. The Chinese would correct this by identifying the Marco Polo Bridge incident as the start, or the Japanese seizure of Manchuria earlier." 
  8. Ben-Horin 1943, p. 169; Taylor 1979, p. 124; Yisreelit, Hevrah Mizrahit (1965). Asian and African Studies, p. 191. For 1941 see Taylor 1961, p. vii; Kellogg, William O (2003). American History the Easy Way. Barron's Educational Series. p. 236 आइएसबिएन ०-७६४१-१९७३-७. There is also the viewpoint that both World War I and World War II are part of the same "European Civil War" or "Second Thirty Years War": Canfora 2006, p. 155; Prins 2002, p. 11.
  9. Beevor 2012, पृष्ठ 10.
  10. "In Many Ways, Author Says, Spanish Civil War Was 'The First Battle Of WWII'", NPR.org 
  11. Frank, Willard C. (१९८७), "The Spanish Civil War and the Coming of the Second World War", The International History Review 9 (3): 368–409, जेएसटिओआर 40105814, डिओआई:10.1080/07075332.1987.9640449 – JSTORद्वारा। 
  12. Masaya 1990, पृष्ठ 4.
  13. "History of German-American Relations » 1989–1994 – Reunification » "Two-plus-Four-Treaty": Treaty on the Final Settlement with Respect to Germany, September 12, 1990", usa.usembassy.de, मूलबाट ७ मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मे २०१२ 
  14. Why Japan and Russia never signed a WWII peace treaty वेब्याक मेसिन अभिलेखिकरण ४ जुन २०१८ मिति. Asia Times.
  15. Texts of Soviet–Japanese Statements; Peace Declaration Trade Protocol. New York Times, page 2, October 20, 1956. Subtitle: "Moscow, October 19. (UP) – Following are the texts of a Soviet–Japanese peace declaration and of a trade protocol between the two countries, signed here today, in unofficial translation from the Russian". Quote: "The state of war between the U.S.S.R. and Japan ends on the day the present declaration enters into force [...]"
  16. http://ecreativecafe.blogspot.com/2013/07/blog-post_22.html?m=1दोस्रो[स्थायी मृत कडी] विश्वयुद्ध
  17. Quick Reference Handbook Set, Basic Knowledge and Modern Technology (revised) by Edward H. Litchfield, Ph.D 1984 p. 195 ढाँचा:ISBN?
  18. O'Brien, Joseph V, "World War II: Combatants and Casualties (1937–1945)", Obee's History Page, John Jay College of Criminal Justice, मूलबाट २५ डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ डिसेम्बर २०१३ 
  19. White, Matthew, "Source List and Detailed Death Tolls for the Twentieth Century Hemoclysm", Historical Atlas of the Twentieth Century, Matthew White's Homepage, मूलबाट ७ मार्च २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अप्रिल २००७ 
  20. "World War II Fatalities", secondworldwar.co.uk, मूलबाट २२ सेप्टेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अप्रिल २००७ 
  21. Ellman & Maksudov 1994.
  22. Hosking 2006, p. 242
  23. Smith 1994, p. 204.
  24. Herf 2003.
  25. विश्वको इतिहास पुस्तकबाट दोस्रो विश्वयुद्ध खण्ड