मुख्य सूची खोल्नुहोस्

एसिया महादेशको दक्षिणको भू-भागलाई दक्षिण एसिया भनेर चिनिन्छ अथवा हिमालय र हिमालयका वरिपरिका क्षेत्रलाई पनि दक्षिण एसिया भनेर चिनिन्छ। अर्को शब्दमा भन्ने हो भने भारतीय प्लेटमा रहेको भू-भाग अथवा हिमालय र हिन्दुकुश देखि दक्षिणको भू-भाग जस्लाई भारतिय उपमहाद्वीप पनि भनिन्छ दक्षिण एसिया हो। दक्षिण एसियाको दक्षिणको भाग समुद्रले घेरियेको छ र पश्चिम, उत्तर र पुर्वमा क्रमशः पश्चिम एसिया, मध्य एसिया, पुर्व एसिया छन् र दक्षिण-पुर्वमा दक्षिण पुर्व एसिया पर्द छ। कुन कुन देश दक्षिण एसियामा पर्छ अथवा पर्दैन भन्ने मतमा भिन्न-भिन्न स्त्रोतका भिन्न-भिन्न विचार छन। उदाहरणको लागि राष्ट्र संघको भौगोलिक क्षेत्र वर्गिकरणमा, नेपाल, भारत, भुटान, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, मालद्वीप तथा श्रीलङ्का दक्षिण एसियाका मुलुक हुन भनेर उल्लेख गरियेको छ। दक्षिण एसिया विश्वमा एक पाँचौं भाग भन्दा बढी जनसङ्ख्याको घर हो, जुन विश्वमा धेरै जनसख्या भयेको र उच्च जनसख्या घनत्व भयेको भौगोलिक क्षेत्र हो। यस क्षेत्रमा दक्षिण एसियाली सहयोग सङ्गठन भन्ने एउटा आर्थिक सङ्गठन छ।

दक्षिण एसिया
South Asia (orthographic projection).svg
सदस्य राष्ट्रहरू[१]
GDP (Nominal)$2.561 trillion (2014)
GDP (PPP)$9.05 trillion (2014)[१]
भाषाहरूनेपाली, आसामी, बलुची, बङ्गाली, बोडो, बर्मी, दरी,दिवेही, डोगरी, जोंखा, अङ्ग्रेजी, गुजराती, हिन्दी, कन्नड, कश्मिरी, कोंकणी, मैथिली, मलयालम, मराठी, मणिपुरी, ओडिया, पश्तो, पञ्जाबी, संस्कृत, संथाली, सिंधी, सिन्हाला, सरैकी, तमिल, तेलगु, तिब्बती, उर्दू, र अन्य
समय क्षेत्रयुटिसी+०५:००, युटिसी+५:३०, युटिसी+५:४५, युटिसी+६:००
राजधानी सहरहरू
अन्य ठुला सहरहरू

परिभाषासम्पादन

 
दक्षिण एसियाको कोपेन जलवायु वर्गीकरण नक्शा.[२]


विभिन्न मुलुक जुन ब्रिटिस साम्राज्यका अङ्ग थिए र केही अन्य देशलाई राखेर दक्षिण एसियाको परिभाषा पनि दिइने गरिन्छ। अहिलेको भारत, पाकिस्तान र बङ्गलादेश ब्रिटिश साम्राज्यको अंग थियो, तर श्रीलङ्का र बर्मालाई पनि कहिले काही सम्मिलित गर्ने गरिन्छ। एडेन कोलोनी, ब्रिटिश सोमालील्याण्ड र सिंगापुर माथि पनि ब्रिटिश राजले शासन गरेको तर यि मुलुकहरुलाई एसियाको कुनै पनि भागमा शामेल गरिइन्दैन। दक्षिण एसियाली क्षेत्रिय सहयोग सङ्गठन (दक्षेस) छिमेकी मुलुकहरुको एउटा समुह हो, जस्को स्थापना १९८५ मा गरियेको थियो, जस्का सदस्य मुलुकहरु थिए — नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, मालद्वीप तथा श्रीलङ्का — तर २००६ मा आठौं सदस्यको रुपमा अफगानिस्तानलाई शामेल गरे पछि दक्षिण एसियाको क्षेत्र बढेको हो। विश्व ब्यांकले दक्षिण एसियाको समूहमा दक्षेसको मात्र सात मुख्य सदस्यलाई राखेको छ र अफगानिस्तानलाई यस समूहबाट बाहिर राखेको छ। यस समुहमा तीन स्वतन्त्र मुलुकहरुलाई शामेल गरियेका छन जुन ब्रिटिश शासनबाट मुक्त थिये – नेपाल, भुटान तथा अफगानिस्तान। दक्षिण एसियाली मुक्त व्यापार सहमतिको अनुमति दक्षेस द्वारा दिइन्छ र यस पत्रमा सङ्गठनका मुख्य सात सदस्य द्वारा हस्ताक्षर गरिन्छ, यद्यपि मालद्वीपको लागि एक विशेष शर्त राखियेको छ। राष्ट्र-संघको जनसङ्ख्या जानकारी संजाल (पपुलेशन इन्फरमेशन नेटवर्क – पोपीन) ले गरेको वर्गीकरणमा नेपाल, बङ्गलादेश, बर्मा, भारत, ईरान, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्कालाई दक्षिण एसियाको श्रेणीमा वर्गीकृत गरेको छ, जबकि मालद्वीपलाई यस्को स्थितीको हिसाबले पेसिफिक पोपीन सबरिजनल नेटवर्क इन प्रींसीपलको सदस्य ठानेको छ।

दक्षिण एसियामा पर्ने राष्ट्रहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "The World Factbook: South Asia". Retrieved 2 March 2015.
  2. Peel, M. C. and Finlayson, B. L. and McMahon, T. A. (2007). "Updated world map of the Köppen–Geiger climate classification". Hydrol. Earth Syst. Sci. 11: 1633–1644. doi:10.5194/hess-11-1633-2007. ISSN 1027-5606.CS1 maint: multiple names: authors list (link) (direct: Final Revised Paper)

बाहिरी कडीहरूसम्पादन