मुगल साम्राज्य

मुगल साम्राज्य ((Persian: هند مغولان‎, Hind-e Moǧulān; उर्दू: مغلیہ سلطنت‎)उर्दू: मुगल साम्राज्य, अनुवादित मुग्लिया सल्तनत) वा मोग साम्राज्य भारतीय उपमहाद्वीपमा एक साम्राज्य थियो।

इतिहाससम्पादन

बाबर र हुँमायु (१५२६-१५५६)सम्पादन

 
बाबर, मुगल साम्राज्यका संस्थापक, र उनका योद्धा हिन्दु मन्दिरको भ्रमण गर्दै

मुगल साम्राज्यको संस्थापना बाबर (राज्यकाल १५२६-१५३०) बाट भएको थियो। उनी मध्य एसियाका शासकका वंशज थिए। उनका पिता तिमुरका वंशज थिए भने उनकी आमा जंगेज खानका वंशज थिइन्। [१] आफ्नो पुर्वजको विरासतबाट निस्केर आफ्नो महत्वाकांक्ष पूरा गर्न उनी भारतीय उप महाद्वीप तर्फ लागे। [२] उनले आफूलाई काबुलमा स्थापित गरे र अफ्गानिस्तानबाट दक्षिण तर्फ खाइबर पास हुँदै दक्षिण तिर भारत तिर लागे। [१] बाबरको सेनाले इब्राहिम लोदीलाई पानीपतमा पराजित गर्यो। यद्यपि, यो समय सम्ममा दिल्ली सल्तनतको लोदी वंश कमजोर भैसकेको थियो र उत्तर भारतको मेवाड राज्य सबैभन्दा शक्तिशाली राज्य थियो र यसका शासक राना साँगा थिए। आग्रा नजिकैको निर्णायक युद्धमा बाबरको तिमुरिद फौजले साँगाको राजपुत सेनालाई पराजित गर्यो। यो लडाइँ भारतेर्य इतिहासको सबैभन्दा निर्णायक र महत्त्वपूर्ण लडाइँ थियो जसले उत्तर भारतको दुई शताब्दीको भाग्य सधैंको लागि फेरिदियो।

यो लडाइँ पछि, मुगल साम्राज्यको केन्द्र काबुलबाट आग्रा सर्यो।युद्ध र सैन्य अभियानबाट बनेको यो नयाँ साम्राज्यले जड समात्न समय लाग्यो। [३] उनको पुत्र हुमायु (शासन १५३०-१५५५) को समयमा साम्राज्यमा अस्थिरता छायो र बिद्रोहीको कारण हुमायु पर्सियामा निर्वासित हुन बाध्य भए। मुगल शासनको समयको बीचमा सुर साम्राज्य(१५४०-१५५५)को शासन चलेको थियो। [१] हुमायु पर्सियामा निर्वासित हुँदा सफविद वंश र मुगल बीच सम्बन्ध राम्रो बन्यो र मुगल दरबारमा फारसी संस्कृतिको प्रवाभ देखिन्छ। हुमाय १५५५ मा पर्सियाबाट फर्किए र भारतमा मुगल शासन पुनर्स्थापना गरे, तर एक दुर्घटनामा परेर अर्को वर्ष उनको मृत्यु भयो। [१]

पतनसम्पादन

अर्थतन्त्रसम्पादन

मुगल साम्राज्यको समयमा भारतीय अर्थतन्त्र बृहत् र समृद्ध थियो। [४] मुगल कालमा, सन् १६००मा भारतको जोडिपी विश्वैक अर्थतन्त्रको अनुमानित २२% थियो। विश्व अर्थतन्त्रमा यो हिस्सा चीनको मिङ वंश पछिको दोस्रो ठूलो र युरोपको भन्दा ठूलो थियो। १७०० आइपुग्दा, विश्व अर्थतन्त्रमा मुगल भारतको जिडिपी २४% पुगेको थियो। र चीनको चिङ वंशलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो। [५] १८औं शताब्दी सम्म, मुगल साम्राज्यले विश्वको औद्योगिक उपजको करिब २५% उत्पादन गर्ने गरेको थियो। [६] मुगल शासनकालमा, भारतको जिडिपी मुगल काल भन्दा १५०० यता सबैभन्दा तीव्र गतिमा वृद्धि भएको थियो। [५] १८ औं शताब्दीको पश्चिम युरोपमा भएको औद्योगिक विकासलाई औद्योगिक क्रान्ति भनिए झै मुगल भारतको अर्थतन्त्रलाई प्रारम्भिक औद्योगीकरण पनि भनिन्छ।[७]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ १.२ १.३ Berndl, Klaus (२००५), National Geographic Visual History of the World, National Geographic Society, पृ: 318–320, आइएसबिएन 978-0-7922-3695-5 
  2. Bayley, Christopher, The European Emergence. The Mughals Ascendant, पृ: १५१, आइएसबिएन 0-7054-0982-1 
  3. Bayley, Christopher, The European Emergence. The Mughals Ascendant, पृ: १५४, आइएसबिएन 0-7054-0982-1 
  4. Schmidt, Karl J. (२०१५), An Atlas and Survey of South Asian History, Routledge, पृ: 100–, आइएसबिएन 978-1-317-47681-8 
  5. ५.० ५.१ Maddison, Angus (२००३), Development Centre Studies The World Economy Historical Statistics: Historical Statistics, OECD Publishing, पृ: 256–, आइएसबिएन 978-92-64-10414-3 
  6. Jeffrey G. Williamson & David Clingingsmith, India's Deindustrialization in the 18th and 19th Centuries, Global Economic History Network, London School of Economics
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named voss