जैन धर्म भारतको श्रमण परम्पराबाट उब्जेको धर्म अनि दर्शन हो। प्रोफेसर महावीर सरन जैनको मत अनुसार जैन धर्मको भगवान महावीरभन्दा पूर्व जो परम्परा प्राप्त छ, त्यसका वाचक निगंठ धम्म (निर्ग्रन्थ धर्म), आर्हत्‌ धर्म एवं श्रमण परम्परा थिए। पार्र्श्वनाथको कालसम्म 'चातुर्याम धर्म' थियो। भगवान महावीरले छेदोपस्थानीय चारित्र (पाँच महाव्रत, पाँच समितिहरू, तीन गुप्तिहरू)को व्यवस्था गरेका थिए। यिनका अनुयायीहरूलाई 'जैन' भनिन्छ। 'जिन' शब्द बनेको 'जि' धातुबाट बनेको हो। 'जि'को अर्थ हुन्छ - जित्नु। 'जिन' भन्नाले जित्नेवाला। जसले अफ्नो मनलाई जितेको हुन्छ, आफ्नो वाणीलाई जितेकोहुन्छ अनि शरीरलाई जितेको हुन्छ उसलाई जिन भनिन्छ। जैन धर्म अर्थात 'जिन' भगवान्‌को धर्म। जैन धर्मले आफ्नो इतिहास छैठौ सताब्दीदेखि बोकी आएको छ। जैन धर्मावलम्बीहरूको विश्वास अनुसार छैठौ सताब्दीमा २४ वटा गुरुहरु थिए जिन्लाई 'तिर्थनकरास-मान्छे; भनिन्थ्यो र महावीर जैन अन्तिम गुरु भनेर चिनिन्छन्। जैन धर्मका प्रवर्तक वर्द्धमान महावीर लाई मानिन्छ।यि गुरुहरूले जिउदै मोक्ष प्राप्त गरेको विश्वास छ ।

Jain Prateek Chihna.svg

यी पनि हेर्नुहोससम्पादन

सन्दर्भ सामग्रीसम्पादन

तारणपंथ

बाह्य सूत्रसम्पादन