भारोपेली भाषा परिवार
भारोपेली भाषा परिवार युरोप, इरानी पठार, र उत्तरी भारतीय उपमहाद्वीपमा बसोबास गर्ने मानिसहरू बोल्ने भाषा परिवार हो। यस परिवारका केही युरोपेली भाषाहरू, अङ्ग्रेजी, फ्रान्सेली, पोर्तुगाली, रुसी, डच र स्पेनी, आधुनिक कालमा उपनिवेशवादको माध्यमबाट विस्तार भएका छन् र अहिले धेरै महाद्वीपहरूमा बोलिन्छन्। भारोपेली भाषा परिवारलाई धेरै शाखा वा उप-परिवारहरूमा विभाजित गरिएको छ, जसमध्ये आज पनि जीवित भाषाहरू भएका आठ समूहहरू छन्: अल्बेनियन्, आर्मेनियाली, बाल्टो-स्लाभिक, सेल्टिक, जर्मनिक, हेलेनिक, हिन्द-इरानी, र इटालिक; र अन्य नौ उपविभागहरू जुन अहिले लोप भइसकेका छन्।
भारोपेली भाषा परिवार | |
---|---|
भौगोलिक वितरण | १६औँ शताब्दी पछि युरोप र एसिया (दक्षिण, मध्य र दक्षिणपश्चिम एसिया); वर्तमानमा विश्वव्यापी; ३.४ अर्ब मातृभाषी |
भाषिक वर्गीकरण | विश्वको महत्त्वपूर्ण भाषा परिवार |
मूल-भाषा | आदिम भारोपेली |
उपखण्डहरू |
|
आइएसओ ६३९-२ / ५ | ine |
ग्लोटोलग | indo1319[१] |
यूरोप र एसिया भर रहेका जीवित भारोपेली भाषाहरूको गृहभूमिमा फैलावट:
गैर भारोपेली भाषाहरू
अङ्कित क्षेत्र स्थान जहाँ बहुभाषीय स्थिति छ। |
आज, सबैभन्दा धेरै देशी वक्ताहरू भएका व्यक्तिगत भारोपेली भाषाहरू अङ्ग्रेजी, हिन्दी-उर्दु, स्पेनी, बङ्गाली, फ्रान्सेली, रुसी, पोर्तुगाली, जर्मनेली र पन्जाबी हुन्, प्रत्येक १०० मिलियन मातृभाषी वक्ताहरू छन्; अरू धेरै साना छन् र लोप हुने खतरामा छन्। कुल मिलाएर, विश्वको जनसङ्ख्याको ४६% (३.२ बिलियन मानिसहरू) ले पहिलो भाषाको रूपमा भारोपेली भाषा बोल्छन् - जुन कुनै पनि भाषा परिवारमा सबैभन्दा धेरै हो। संसारमा लगभग ४४५ जीवित भारोपेली भाषाहरू छन्, जसमध्ये दुई तिहाइ (३१३) भन्दा बढी हिन्द-इरानी शाखासँग सम्बन्धित छन्।[२]
भाषाविज्ञान
सम्पादन गर्नुहोस्१६औँ शताब्दीको दौडान, भारतीय उपमहाद्वीपमा युरोपेली आगन्तुकहरूले हिन्द-इरानी, इरानी र युरोपेली भाषाहरूमा समानताहरू देख्न थाले। १५८३ मा, अङ्ग्रेजी जेसुइट मिसनरी र कोङ्कणी विद्वान थोमस स्टीफन्सले गोवाबाट आफ्नो भाइलाई एउटा पत्र लेखेका थिएँ जसमा उनले भारतीय भाषाहरू र ग्रीक र ल्याटिन बीचको समानताहरू उल्लेख गरे।
वर्गीकरण
सम्पादन गर्नुहोस्भारोपेली भाषा परिवारलाई सामान्यतया आठ वटा शाखामा विभाजन गरिएको छ:
- अल्बेनियाली
- आर्मेनियाली
- बाल्टो-स्लाभिक भाषाहरू
- केल्टिक भाषाहरू
- जर्मनेली भाषाहरू
- हेलेनिक भाषाहरू
- हिन्द-इरानी भाषाहरू
- रोमान्स भाषाहरू
भाषा तुलना
सम्पादन गर्नुहोस्नेपाली | संस्कृत | रोमन | प्राचीन युनानी | जर्मनेली | अङ्ग्रेजी | आदिम भारोपेली |
---|---|---|---|---|---|---|
आमा | मातृ | मातेर | मैतैर | मुटर | मदर | मातेर |
पिता | पितृ | पातेर | पातैर | फाटर | फादर | पतेर |
भाइ | भ्रातृ | फ्रातेर | फ्रातैर | ब्रूडर | ब्रदर | भ्रातेर |
नाम | नामन् | नोमेन | ओनोमा | नामे | नेम | नोम्न |
गाई | गौस् | बोस | बोउस | कू | काउ | ग्वोउ |
वर्तमान वितरण
सम्पादन गर्नुहोस्आज, भारोपेली भाषाहरू सबै बसोबास भएका महाद्वीपहरूमा अरबौं देशी वक्ताहरूले बोल्छन्, जुन कुनै पनि मान्यता प्राप्त भाषा परिवारको लागि अहिलेसम्मको सबैभन्दा ठुलो सङ्ख्या हो।[३] एथनोलोजिस्ट अनुसार सबैभन्दा धेरै वक्ताहरूको सङ्ख्या भएका २० भाषाहरू मध्ये, १० भारोपेली हुन्: अङ्ग्रेजी, हिन्दुस्तानी, स्पेनी, बङ्गाली, फ्रान्सेली, रुसी, पोर्तुगाली, जर्मनेली, फारसी र पन्जाबी, प्रत्येक १०० मिलियन वा बढी स्पिकरहरू भएका छन्।[४] थप रूपमा, विश्वभरका करोडौं व्यक्तिहरूले भारोपेली भाषाहरूलाई माध्यमिक वा तृतीयक भाषाहरूको रूपमा अध्ययन गर्छन्, जसमा पूर्ण रूपमा फरक भाषा परिवार र ऐतिहासिक पृष्ठभूमि भएका संस्कृतिहरू समावेश छन् — त्यहाँ अङ्ग्रेजी भाषाका करिब ६० करोड सिक्नेहरू छन्।[५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "भारोपेली भाषा परिवार", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ "Ethnologue report for Indo-European", Ethnologue.com।
- ↑ "Ethnologue list of language families" (22nd संस्करण), Ethnologue, २५ मे २०१९, अन्तिम पहुँच २ जुलाई २०१९।
- ↑ "Ethnologue list of languages by number of speakers", Ethnologue, ३ अक्टोबर २०१८, अन्तिम पहुँच २९ जुलाई २०२१।
- ↑ "English", Ethnologue, अन्तिम पहुँच १७ जनवरी २०१७।