उत्तराखण्ड
स्थापना | ९ नोभेम्बर २००० |
राजधानी | देहरादुन (जाडो)
गैरसैंण (गर्मी) |
सबैभन्दा ठुलो सहर | |
जनसंख्या | ८,४७९,५६२ |
- जनघनत्व | १५८ /किमी² |
लिङ्ग अनुपात | ९६३ ♀/१००० ♂ |
जातिहरू | |
धर्म | हिन्दू, इस्लाम, सिख, बौद्ध, इसाई |
साक्षरता प्रतिशत | ७९.६३% |
पुरुष साक्षरता प्रतिशत | |
महिला साक्षरता प्रतिशत | |
क्षेत्रफल | ५३,५६६ किमी² |
- जिल्ला संख्या | १३ |
सरकारी भाषा | हिन्दी, संस्कृत, [१] |
राज्यपाल | बेबी रानी मौर्य |
मुख्यमन्त्री | त्रिवेंद्र सिंह रावत |
विधायिका | एक सदनात्मक |
आइएसओ कोड | IN-UK |
uk |
उत्तराखण्ड भारतको उत्तरमा स्थित प्रान्त हो । यस प्रान्तलाई ९ नोभेम्बर २००० मा उत्तर प्रदेशबाट छुट्याएर नयाँ प्रान्तको दर्जा दिइयो, र यो प्रान्त गणतन्त्र भारतको २७ औँ राज्य बन्यो। [२] यसको सिमानाहरू उत्तरमा चीनको स्वशासित प्रदेश तिब्बतसँग जोडिएको छ, पूर्वमा यो प्रान्त नेपाल सँग जोडिएको छ, दक्षिणमा यो प्रान्त उत्तर प्रदेश सँग जोडिएको छ, हरियाणा यस प्रान्तको पश्चिममा छ भने हिमाचल प्रदेश उत्तर-पश्चिममा स्थित छ।
देहरादुन र गेयर्सिन उत्तराखण्डका दुई राजधानी हुन्। देहरादुन जाडोको राजधानी हो र गेयर्सिन उत्तराखण्ड राज्यको गर्मी राजधानी हो। त्रिवेंद्र सिंह रावत उत्तराखण्डका आठौँ र वर्तमान मुख्यमन्त्री हुनुहुन्छ। उनले १२ मार्च २०१७ मा पद ग्रहण गरे। बेबी रानी मौर्य २६ अगस्ट २०१८ देखि उत्तराखण्डको सातौँ गभर्नरको रूपमा सेवा गर्दैछन्।[३]
इतिहाससम्पादन
यो प्रान्त मानस खण्डको कुर्माञ्चल अथवा कुमाउँ नामबाट चन्द राजाहरूको शासन कालमा प्रचलित भयो। कुर्माञ्चल माथि चन्द राजाहरूको शासन कत्यूरीहरू पछि प्रारम्भ भएर सन १७९० सम्म रह्यो। सन १७९० मा नेपालको गोर्खा सेनाले कुमाऊँ माथि आक्रमण गरेर कुमाऊँ राज्यलाई आफ्नो आधीन गर्यो। गोर्खाहरूको कुमाऊँ माथि सन १७९० देखि १८१५ सम्म शासन रह्यो। सन १८१५ मा अङ्ग्रेजहरू सँग युद्ध पराजित भए पछि गोर्खा र अङ्ग्रेजहरू बीच सुगौली सन्धि भयो। सुगौली सन्धिमा उल्लेखित क्षेत्र अङ्ग्रेजहरूलाई सुम्पेर नेपाल फिर्ता भयो। तर अङ्ग्रेजहरूले कुमाऊँको शासन चन्द राजाहरूलाई न दियेर ईस्ट इण्डिया कम्पनीको अधीन गरी दियो। यस प्रकार कुमाऊँ माथि अङ्ग्रेजहरूको शासन १८१५ देखि आरम्भ भयो र अन्तमा ब्रिटिशहरू गये पछि यो प्रान्त भारतको उत्तर प्रदेशमा गाभियो। सन २००० मा यस क्षेत्रलाई उत्तराखण्ड नाम दियेर छुट्टै प्रान्त बनाईयो।
राज्यको स्थापनासम्पादन
भारतको तीन नयाँ प्रान्त झारखण्ड, छत्तीसगढ र उत्तराखण्ड ९ नवम्बर सन् २००० का दिन स्थापना भएका हुन्। पहिले यि प्रदेशहरू क्रमश: बिहार, मध्य प्रदेश र उत्तर प्रदेश प्रान्तमा थिए। उत्तराखण्डको पुरानो नाम उत्तराँचल राखिएको थियो। सन् २००५ मा तत्कालीन मुख्य मन्त्री श्री नारायण दत्त तिवारीले जनता र प्रशासनीक विभाजकको माग अनुसार उत्तराँचलको नाम बदलेर उत्तराखण्ड बनाएका थिए।
उत्तराखण्डका जिल्लाहरूसम्पादन
उत्तराखण्ड राज्यलाई कुमाउ मण्डल र गढवाल मण्डल गरी दुई छुट्टा छुट्टै मण्डलहरूमा विभाजित गरिएको छ। उत्तराखण्ड राज्यमा जम्मा १३ वटा जिल्लाहरू छन्। तिनका नामहरू यस प्रकार रहेका छन्।
- कुमाउ मण्डलका जिल्लाहरू
- गढवाल मण्डलका जिल्लाहरू
- पौडी जिल्ला
- टिहरी जिल्ला
- चमौली जिल्ला
- रुद्र प्रयाग जिल्ला
- उत्तरकाशी जिल्ला
- देहरादुन जिल्ला
- हरिद्वार जिल्ला
यि जिल्लाहरूमा हरिद्वार र उधम सिँह नगर बाहेक अरु सबै पहाडी जिल्ला हुन्।
श्रोतसम्पादन
- ↑ "Sanskrit made second official language", अन्तिम पहुँच २००९-१२-२८।
- ↑ Uttarakhand Govt. of India, Official website.
- ↑ Uttarakhand State, OK Uttarakhand