तेलङ्गाना (तेलुगु : తెలంగాణ, तेलंगाणा), भारतको आन्ध्र प्रदेश राज्यबाट छुट्टिएर बनेको भारतको नयाँ राज्य हो । हैदराबादलाई दश वर्ष सम्मका लागि तेलङ्गाना र आन्ध्र प्रदेश को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ [२]। यो भारतको हैदराबाद नामक राजवाडाहरूको तेलुगुभाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलङ्गाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरूको भूमि'।

तेलङ्गाना
తెలంగాణ
تلنگانہ
भारतको नक्सामा तेलङ्गाना क्षेत्र (रातो गरिएको)को अवस्थिति
भारतको नक्सामा तेलङ्गाना क्षेत्र (रातो गरिएको)
देश भारत
राज्यदक्षिण भारत
स्थापना२ जुन २०१४
सरकार
 • राज्यपालइ.एस.एल.नरसिम्हन
 • मुख्य मन्त्रीकल्भाकुन्तला चन्द्रसेखर राव (तेलङ्गाना राष्ट्र समिति)
 • सभासददुइसदनीय (११९ + ४० सिट)
 • लोक सभा सभासद१७
 • उच्च न्यायलयहैदराबाद उच्च न्यायलय
क्षेत्रफल
 • जम्मा११४८४० किमी (४४३४० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३५२८६७५७
 • घनत्व३१०/किमी (८००/वर्ग माइल)
भाषा
 • आधिकारिकतेलुगु, उर्दू
समय क्षेत्रयुटिसी+05:30 (आइएसटि)
सबैभन्दा ठुलो शहरहैदराबाद

५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलङ्गाना बिल लोक सभाबाट पास भयो तथा दुई दिन पश्चात यसलाई राज्‍य सभाबाट मन्जुरी दिइयो । राष्ट्रपति को दस्तखत संगै तेलङ्गाना औपचारिक रूपमा भारतको २९औ राज्य बनेको छ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविजनको प्रसारण रोक्नु परेको थियो ।[३][४][५]

अहिले जुन क्षेत्रलाई तेलङ्गाना भनिन्छ, त्यसमा आन्ध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: हैदराबाद, अदिलाबाद, खम्मम, करीमनगर, महबूबनगर, मेडक, नलगोंडा, निजामाबाद, रंगारेड्डी तथा वारंगल । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलङ्गानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।[६]

इतिहास सम्पादन गर्नुहोस्

तेलङ्गानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछि देखि गरिदै आएको छ, र यसको लागि समय समयमा आन्दोलन पनि गरिदै आएको छ ।

धर्म और भाषा सम्पादन गर्नुहोस्

तेलङ्गानाको जनसङ्ख्या ८४% हिन्दू, १२.४% मुसलमान र ३.२% सिख, ईसाइ र अन्य धर्मको अनुयायी रहेको छ ।[७][८]

तेलङ्गानाको ७६% समुदायका मानिस तेलुगु भाषा बोल्छन । १२% मानिस उर्दू तथा १२% मानिस अन्य भाषा बोल्छन ।[९][१०]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Area of Andhra Pradesh districts
  2. "पृथक तेलङ्गानाको गठन , हैदराबाद साझा राजधानी", zeenews.india.com, २०१३-०७-३१, अन्तिम पहुँच २०१३-०७-३१ 
  3. "Cabinet clears bill for creation of Telangana with 10 districts", इकनोमिक टाइम्स, ५ डिसेम्बर २०१३। 
  4. "लोकसभामा पारित भयो तेलङ्गाना विधेयक", जी न्यूज, १८ फरवरी २०१४। 
  5. "तेलङ्गाना बिल राज्यसभा में पास", मनी नियन्त्रण, २१ फरवरी २०१४। 
  6. "तेलङ्गाना राज्य", बीबीसी हिन्दी, २१ फरवरी २०१४। 
  7. "Telangana and Muslims", TwoCircles.net, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१० 
  8. Region-wise distribution of religious groups 2001 - Table 7.2 in page 381 of SKC report
  9. Region-wise distribution of religious groups 2001 - Table 7.3 in page 393 of SKC report
  10. "Urdu in Andhra Pradesh", LANGUAGE IN INDIA, अन्तिम पहुँच २२ जनवरी २०१३ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्