चोल राजवंश (तमिल: சோழர்) दक्षिणी भारतको तमिल सामुद्रिक साम्राज्य र विश्व इतिहासमा सबैभन्दा लामो समयसम्म शासन गर्ने राजवंशहरू मध्ये एक थियो। चोलको प्रारम्भिक तथ्याङ्कीय सन्दर्भ मौर्य साम्राज्यको अशोकको शासनकालमा इसापूर्व तेस्रो शताब्दीका शिलालेखहरूबाट पाइन्छ। चेरापाण्ड्या राजवंशसँगै तमिलकमका तीन मुकुटधारी राजाहरू मध्ये एकको रूपमा चोल राजवंशले १३औँ शताब्दीसम्म विभिन्न क्षेत्रहरूमा शासन गर्न जारी राखेको थियो। यी प्राचीन मूलहरू भएता पनि "चोल साम्राज्य" को रूपमा चोलको उदय ९औँ शताब्दीको मध्यमा मध्यकालीन चोलहरूबाट मात्र सुरु हुन्छ।

चोल वंश
சோழர்
इसापूर्व ३००–सन् १२७९
को झण्डा
राजेन्द्र प्रथम अन्तर्गत चोल साम्राज्यको सबैभन्दा ठूलो सीमा लगभग सन् १०३० ताका नक्सा: क्षेत्रहरू निलो, अधीनस्थ र प्रभाव क्षेत्रहरू गुलाबी रङ्गमा देखाइएको छ।[१]
राजेन्द्र प्रथम अन्तर्गत चोल साम्राज्यको सबैभन्दा ठूलो सीमा लगभग सन् १०३० ताका नक्सा: क्षेत्रहरू निलो, अधीनस्थ र प्रभाव क्षेत्रहरू गुलाबी रङ्गमा देखाइएको छ।[१]
राजधानी
आधिकारिक भाषाहरूतमिल
आम भाषाहरू
धर्म
शैव[२]
रैथाने(हरू)चोला
सरकारराजतन्त्र
राजासम्राट 
• सन् ८४८-८७१
विजयलय चोल (पहिलो)
• सन् १२४६-१२७९
राजेन्द्र चोल तृतीय (अन्तिम)
इतिहास 
• स्थापित
इसापूर्व ३००
• मध्यकालीन चोलहरूको उदय
सन् ८४८
• साम्राज्यको सबैभन्दा ठूलो आकार
सन् १०३०
• विस्थापित
सन् १२७९
उत्तरवर्ती
पाण्ड्यन राजवंश
जाफना राजवंश

चोलहरूको केन्द्रभूमि कावेरी नदीको उर्वर उपत्यका थियो। तथापि चोलवंशीहरूले ९औँ शताब्दीको उत्तरार्धदेखि १३औँ शताब्दीको सुरुसम्म आफ्नो शक्तिको उचाइमा उल्लेखनीय रूपमा ठूलो क्षेत्रमा शासन गरेका थिए। तिनीहरूले प्रायद्वीपीय भारतलाई एकीकरण गरेर तुङ्गभद्रा नदीको दक्षिणमा सन् ९०७ देखि सन् १२१५ सम्म निर्वाद रूपमा तीन शताब्दीको लागि एक राज्यको रूपमा राज गरेका थिए।[३] राजाराज प्रथम र उनका उत्तराधिकारी राजेन्द्र प्रथम, राजाधिराज प्रथम, राजेन्द्र द्वितीय, वीरराजेन्द्रकुलोथुङ्गा चोल प्रथमको नेतृत्वमा यस वंशको दक्षिण एसिया र दक्षिण-पूर्वी एसियामा सैन्य, आर्थिक र सांस्कृतिक शक्तिगृह बनेको थियो।[४] चोलहरूको शक्ति र प्रतिष्ठा आफ्नो चरम सीमामा रहेको प्रमाण उनीहरूद्वारा दक्षिण, दक्षिण-पूर्वी र पूर्वी एसियामा राजनैतिक शक्तिहरू बीच गङ्गा नदी क्षेत्रमा गरिएका अभियानहरू, सुमात्रा टापुमा आधारित श्रीविजय साम्राज्यका सहरहरूमा नौसैनिक आक्रमणहरू र चीनमा उनीहरूको बारम्बार दूतावासहरूबाट स्पष्ट हुन्छ।[५] चोल नाविक समुदायले प्राचीन भारतीय समुद्री क्षमताको शिखरलाई प्रतिनिधित्व गरेको थियो।

शासकहरूको सूचीसम्पादन

शासक शासनकाल टिप्पणीहरू
विजयालय चोला ८४८–८७० चोल साम्राज्यको संस्थापक र प्रारम्भिक चोलहरूको वंशज।
आदित्य प्रथम ८७०–९०७
परन्तका प्रथम ९०७–९५५
गन्दारादित्य ९५५–९५७ मिलेर शासन गरे ।
अरिञ्जय ९५६–९५७
परन्तका द्वितीय ९५७-९७०
उत्तम ९७०–९८५
राजाराज प्रथम   ९८५–१०१४
राजेन्द्र प्रथम   १०१४-१०४४
राजाधिराज प्रथम   १०४४–१०५४
राजेन्द्र द्वितीय १०५४-१०६३
वीरराजेन्द्र १०६३–१०७०
अथिराजेन्द्र १०७० कुनै उत्तराधिकारी छोडेनन्।
कुलोथुङ्गा प्रथम   १०७०-११२२
विक्रम चोल ११२२–११३५
कुलोथुङ्गा द्वितीय   ११३५–११५०
राजराजा द्वितीय   ११५०–११७३
राजाधिराज द्वितीय ११७३–११७८ राजा विक्रम चोलका नाति।
कुलोथुङ्गा तृतीय   ११७८–१२१८
राजराजा तृतीय १२१८–१२५६
राजेन्द्र तृतीय १२५६–१२७९ अन्तिम चोल शासक, पाण्ड्यान वंशका जटवर्मन सुन्दर पाण्ड्यान प्रथम द्वारा पराजित। युद्ध पछि, बाँकी चोल शाही रगतहरू पाण्ड्य सेनाहरूद्वारा प्रधानको राज्यमा घटाइयो।

यो पनि हेर्नुहोस्सम्पादन

  • तमिलनाडुको इतिहास
  • करुङ्गलाकुडी
  • तमिल राजाहरूको सूची
  • मलेसियामा तमिल शिलालेख
  • मुथरैयार वंश

सन्दर्भ सामग्रीहरूसम्पादन

टिप्पणीहरूसम्पादन

उद्धरणहरूसम्पादन

  1. Spencer, G. (1976). The Politics of Plunder: The Cholas in Eleventh-Century Ceylon. The Journal of Asian Studies, 35(3), 405-419. doi:10.2307/2053272
  2. Bharadwaj, Arun, Seen & Unseen Bangalore, Notion Press, आइएसबिएन 9789386073181 
  3. K. A. Nilakanta Sastri, A History of South India, p 157
  4. Keay 2011, पृष्ठ 215.
  5. K. A. Nilakanta Sastri, A History of South India, p. 158

सामान्य स्रोतहरूसम्पादन

बाह्य कडीहरूसम्पादन