बङ्गालको खाडी

बङ्गालको खाडी (बङ्गाली: বঙ্গোপসাগর) हिन्द महासागरको उत्तरपूर्वी भाग हो।[३]यसको सीमाको पश्चिम र उत्तर-पश्चिममा भारत, उत्तरमा बङ्गलादेश र पूर्वमा म्यानमार र भारतको अण्डमान निकोबार द्वीप समूह पर्दछन्। यसको दक्षिणी सीमा सङ्गमान कान्डा, श्रीलङ्का र सुमात्राको उत्तर पश्चिमी बिन्दु (इन्डोनेसिया) बीचको रेखा हो। यो संसारकै सबैभन्दा ठूलो जल क्षेत्र हो त्यसैले यसलाई खाडी भनिन्छ। दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा बङ्गालको खाडीमा निर्भर विभिन्न देशहरू छन्। बेलायती भारतको अस्तित्वकालमा यसलाई ऐतिहासिक बङ्गाल क्षेत्र र पछि बङ्गालको खाडीको नाम दिइएको थियो। त्यतिबेला कोलकाता बन्दरगाहले भारतमा बेलायती शासनको प्रवेशद्वारको रूपमा काम गर्दथ्यो। कोक्सको बजार, संसारको सबैभन्दा लामो समुद्री किनार र सुन्दरवन, सबैभन्दा ठूलो म्याङ्ग्रोभ वन हो। यो पाटे बाघको प्राकृतिक वासस्थान समेत हो।

बङ्गालको खाडी
Map of the Bay of Bengal
बङ्गालको खाडीको नक्सा
स्थानदक्षिण एसिया र दक्षिणपूर्वी एसिया
निर्देशाङ्क१५°उ॰ ८८°पू॰ / १५°N ८८°E / 15; 88निर्देशाङ्कहरू: १५°उ॰ ८८°पू॰ / १५°N ८८°E / 15; 88
प्रकारखाडी
प्राथमिक बहावहिन्द महासागर
प्रवाहित राष्ट्रहरूबङ्गलादेश
भारत
इन्डोनेसिया
म्यानमार
श्रीलङ्का[१][२]
अधिकतम लम्बाइ२,०९० किमी (१,३०० माइल)
अधिकतम चौडाइ१,६१० किमी (१,००० माइल)
सतहको क्षेत्रफल२६,००,००० किमी (१०,००,००० वर्ग माइल)
औसत गहिराइ२,६०० मी (८,५०० फिट)
अधिकतम गहिराइ४,६९४ मी (१५,४०० फिट)

बङ्गालको खाडीले २,६०,००० वर्ग किलोमिटर (१,००,००० वर्ग किलोमिटर) क्षेत्रफल ओगटेको छ। बङ्गालको खाडीमा थुप्रै ठूला नदीहरू बग्छन् जसमा गङ्गाहुगली, पद्म, ब्रह्मपुत्र–जमुना, बराक–सूरमा–मेघना, इरावती, गोदावरी, महानदी, ब्रह्मणी, बैतराणी, कृष्णाकावेरी पर्दछन्। महत्वपूर्ण बन्दरगाहमा चेन्नई, एन्नोरे, चट्टोग्राम, कोलम्बो, कोलकाता–हल्दिया, मोङ्ला, पारादिप, पोर्ट ब्लेयर, मटरबाडी, विशाखापट्टनम् आदी पर्दछन् । साना बन्दरगाहमध्ये गोपालपुर बन्दरगाह, काकीनाडा र पयारा रहेका छन्।

शाब्दिक अर्थसम्पादन

यस खाडीको नाम ऐतिहासिक बङ्गाल क्षेत्र (आधुनिक बङ्गलादेश र भारतीय राज्य पश्चिम बङ्गाल) बाट प्राप्त भएको थियो।[४][५] प्राचीन शास्त्रहरूमा यस जल निकायलाई 'महोदधि' भनी उल्लेख गरिएको थियो। बङ्गालको खाडीको लागि अर्को संस्कृत नाम पूर्वपयोधि अर्थात् पूर्वीय सागर हो। [६]

इतिहाससम्पादन

 
अण्डमानमा रहेको रोस टापु

प्राचीन शास्त्रीय भारतमा बङ्गालको खाडीलाई कलिङ्ग सागर भनेर चिनिन्थ्यो। बङ्गालको खाडीको पश्चिमी तटमा उत्तरी क्षेत्रलाई हाल भारतको मद्रास राज्य मानिन्छ। [७][८] चोल वंश (९औँ शताब्दी देखि १२औँ शताब्दीसम्म) अन्तर्गतका राजेन्द्र प्रथमले यस क्षेत्रमा शासन गरेका थियो। बङ्गालको खाडीलाई चोल सागर पनि भनिन्थ्यो। पछि, काकतीय राजवंश गोदावरी र कृष्णा नदीहरूको बीच बङ्गालको खाडीको पश्चिमी तटरेखासम्म पुगेको थियो। ईसापूर्व प्रथम शताब्दीको बीचतिर कुशानले उत्तरी भारतमा आक्रमण गरि बङ्गालको खाडीसम्म फैलिएको हुन सक्ने अनुमान गरिन्छ। [७] पछि, चन्द्रगुप्त मौर्यले उत्तरी भारतभरि मौर्य वंशलाई बङ्गालको खाडीसम्म फैलाएका थिए। हाजीपुर पोर्तुगाली समुद्री डाँकु लागि बलियो किल्ला थियो। सोह्रौँ शताब्दीमा पोर्तुगालीहरूले बङ्गालको खाडीको उत्तरतिर हालको चट्टोग्राम (पोर्तो ग्रान्दे) र सप्तग्राममा (पोर्तो पेक्वेनो) व्यापारिक चौकीहरू बनाएका थिए।[९]

महत्त्वसम्पादन

आर्थिक महत्त्वसम्पादन

बङ्गालको खाडीसँगैको पहिलो व्यापारिक उद्यमहरूमध्ये ब्रिटिस इस्ट इन्डिया कम्पनी रहेको थियो। गोपालपुर उनीहरूको मुख्य व्यापारिक केन्द्रहरूमध्ये एक थियो। बङ्गालको खाडी किनारका अन्य व्यापारिक कम्पनीहरू अङ्ग्रेजी इस्ट इन्डिया कम्पनी र फ्रान्सेली इस्ट इन्डिया कम्पनी थिए।[१०]

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास वा बिम्स्टेकले बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्यान्डबीच बङ्गालको खाडीको वरिपरि अन्तर्राष्ट्रिय रुपमा स्वतन्त्र व्यापारलाई सहयोग गर्दछ।[११]

सेतुसमुद्रम जहाजरानी नहर परियोजना एउटा नयाँ उद्यम हो जसले मन्नारको खाडीलाई बङ्गालको खाडीसँग जोड्ने मार्गको रूपमा काम गर्दछ। बङ्गालको खाडी माछाको लागि पनि लोकप्रिय छ। एक वर्षमा बङ्गालको खाडीबाट मात्रै विश्वको औसत माछाको २० लाख टन माछा पाइन्छ। [१२]

भौगर्भिक महत्वसम्पादन

बङ्गालको खाडी दक्षिण र दक्षिणपूर्वी एसियामा मध्यमा अवस्थित छ। यो दुई ठूला आर्थिक क्षेत्र सार्क र आसियाको केन्द्रमा रहेको छ। यसले उत्तरमा चीनको दक्षिणी भू-भाग र भारतबङ्गलादेशका प्रमुख समुद्री बन्दरगाहहरूलाई प्रभाव पार्छ। चीन, भारत र बङ्गलादेशले उच्च समुद्रमा आतङ्कवादको जाँच गर्न सहयोग बढाउन मलेसिया, थाइल्यान्डइन्डोनेसियासँग नौसैनिक सहयोग सम्झौता गरेका छन्।[१३]


 
बङ्गालको खाडीमा संयुक्त राज्य अमेरिकाको पानीजहाज

यसको बाहिरी टापुहरू (अण्डमान र निकोबार द्वीप) र र महत्त्वपूर्ण बन्दरगाहहरूमा चेन्नई, एन्नोरे, चट्टोग्राम, कोलम्बो, कोलकाता–हल्दिया, मोङ्ला, पारादिप, पोर्ट ब्लेयर, मटरबाडी, विशाखापट्टनम् आदी पर्दछन् जसले बङ्गालको खाडी र यसको तटसँगै यसको महत्वलाई अझ जोड दिन्छ।[१४]


चीनले म्यानमारबङ्गलादेशसँग यस क्षेत्रमा प्रभाव प्रक्षेपण गर्ने प्रयास गरेको छ। संयुक्त राज्य अमेरिकाले बङ्गलादेश, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र हालै भारतसँग ठूलो अभ्यास गरेको छ। बङ्गालको खाडीमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक अभ्यास, जसलाई मालाबार २००७ को नामले चिनिन्छ, जुन सन् २००७ मा सम्पन्न भएको थियो। अमेरिका, बङ्गलादेश, थाइल्यान्ड, सिङ्गापुर, जापान र अस्ट्रेलियाका नौसेनाहरूले यसमा भाग लिएका थिए जसमा भारत सहभागी थियो।[१५][१६][१७][१८]

बङ्गलादेशको समुद्री क्षेत्र भित्रका क्षेत्रहरूमा प्राकृतिक ग्यासको ठूलो भण्डारले भारत र म्यानमार बीच क्षेत्रीय विवादमा गम्भीर अविलम्बीभाव उत्पन्न गरेको छ। प्राकृतिक तेल र ग्याँस अधिकारको विवादले म्यानमार र भारतबीच बङ्गलादेशसँग छोटो कूटनीतिक सङ्कट उत्पन्न गरेको थियो।[१३]

बङ्गलादेशम्यानमारबीचको विवादित समुद्री सीमाको परिणामस्वरूप सन् २००८ र २००९ मा सैन्य तनाव बढेको थियो। बङ्गलादेशले म्यानमार र भारतसँग सीमा विवादको लागि समुद्रको कानूनसम्बन्धी अन्तर्राष्ट्रिय अधिकरण मार्फत समाधान गरिरहेको छ।[१९]

नदीहरूसम्पादन

भारतीय उपमहाद्वीपका धेरै प्रसिद्ध र ठूला नदीहरू पश्चिमबाट पूर्वतिर बग्छन् र बङ्गालको खाडीमा आफ्नो सङ्गम पाउँछन्। यी मध्ये गङ्गा नदी सबैभन्दा उत्तरी नदी हो। यसको मुख्य धारा भारतबाट बङ्गलादेशमा प्रवेश गर्छ भने पद्मा नदीको नामबाट निस्कन्छ र त्यहाँको मेघना नदीमा गएर मिसिन्छ। यसबाहेक ब्रह्मपुत्र नदी पूर्वबाट पश्चिमतर्फ बग्दै भारतको आसामबाट बङ्गलादेशमा प्रवेश गर्छ र दक्षिणतिर जाने नदीलाई जमुना नदी भनिन्छ। जमुनाले पद्मा र पद्मा मेघना नदीसँग गएर मिसिन्छ। यसपछि अन्ततः बङ्गालको खाडीमा प्रवेश गर्छन्। त्यहाँ गङ्गा, ब्रह्मपुत्र र मेघनाले विश्वको सबैभन्दा ठूलो सङ्गमहरू अर्थात् त्रिकोणात्मक द्वीप बनाउँदछ जुन सुन्दरवनको इलाकामा पर्दछ। सुन्दरवन आंशिक रूपमा भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको भाग हो। यस मुहानमा म्यान्ग्रोभका घना जङ्गलहरू रहेका छन्। ब्रह्मपुत्र २,९३८ किलोमिटर (१,८३२ माइल) लम्बाइमा संसारको २८औँ सबैभन्दा ठूलो नदी हो। यसको उत्पत्ति तिब्बतमा भएको हो। गङ्गा नदीको अर्को धारा भारतको पश्चिम बङ्गालमा छुट्टिन्छ र हुग्लीबाट कोलकाता सहर हुँदै बङ्गालको खाडीको भारतीय भागमा गएर मिसिन्छ।

बङ्गालको दक्षिणमा महानदी, गोदावरी, कृष्णा नदी र कावेरी नदी भारतीय उपमहाद्वीपमा पश्चिमबाट पूर्वतिर बग्ने र बङ्गालको खाडीमा बग्ने प्रमुख नदीहरू हुन्। यी बाहेक, धेरै साना नदीहरू पनि सिधै यस खाडीमा प्रवेश गर्दछन्, जसमध्ये सबैभन्दा छोटो ६४ किमी (४० माइल) लामो कोउम नदी हो। म्यानमारको इरावती नदी पनि अण्डमान सागरमा पर्दछ जुन खाडीको एक भाग हो।

द्वीपसम्पादन

यस खाडी क्षेत्रमा धेरै टापुहरू र द्वीपसमूहहरू छन्, जसमा मुख्य अण्डमान टापु, निकोबार टापु र भारतको मेरगुई द्वीप पर्दछन्। म्यानमारको तटको उत्तरपूर्वमा, चेदुबा र अन्य द्वीपसमूहहरू दलदल ज्वालामुखीको श्रेणीमा पर्छन्, जुन कहिलेकाहीँ सक्रिय हुन्छन्। अण्डमान द्वीपसमूहमा, विशाल अण्डमान शृङ्खला मुख्य हो। अण्डमान र निकोबार टापुमा ५७२ ज्ञात टापुहरू रहेका छन् भने यसमा ३७ वटा साना टापुहरू रहेका छन् जसमा केवल ६.५% जनसङ्ख्या रहेको छ।[२०]

बन्दरगाहसम्पादन

 
विशाखापट्टनम सहर, बङ्गालको खाडी स्थित प्रमुख बन्दरगाहहरू मध्ये एक हो

विश्वका केही ठूला बन्दरगाहहरू मध्येका बङ्गलादेशको चट्टोग्राम, र भारतको चेन्नई बन्दरगाह यस खाडीमा अवस्थित छन्। यी बाहेक, अन्य प्रमुख बन्दरगाह सहरहरूमा पश्चिम बङ्गाल र भारतको पूर्व राजधानी तथा सबैभन्दा ठूलो सहर मोगला, कलकत्ता र बर्माको पूर्व राजधानी रङ्गुन समावेश छन्। अन्य भारतीय बन्दरगाहहरू काकीनाडा, पोन्डिचेरी, पारादीप र विशाखापट्टनम हुन्। साना बन्दरगाहमध्ये गोपालपुर बन्दरगाह, काकीनाडा र पयारा रहेका छन्।

उष्ण कटिबन्धीय आँधी र चक्रवातसम्पादन

 
आम्पान बङ्गालको खाडी भन्दा माथि चरम तीव्रताको नजिक, १८ मे २०२०

११९ किलोमिटर प्रति घण्टा (७४ माइल प्रति घण्टा) को गतिमा घुमाउरो बतास चलेको उष्ण कटिबन्धीय आँधीलाई बङ्गालको खाडीबाट उत्पत्ति हुँदा यसलाई चक्रवात भनिन्छ जसलाई आन्ध्र महासागरमा तुफान भनिन्छ।[२१] बङ्गालको खाडीमा सबैभन्दा शक्तिशाली सन् १९७० को भोला चक्रवातका कारण बङ्गलादेशका १,००,००० देखि ५,००,००० बासिन्दाहरूको मृत्यु भएको थियो।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Map of Bay of Benglal- World Seas, Bay of Bengal Map Location – World Atlas", ४ फेब्रुअरी २०२१। 
  2. Chowdhury, Sifatul Quader (२०१२), "Bay of Bengal", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh। 
  3. "Bay of Bengal" (अङ्ग्रेजी भाषा)। Wildlife Conservation Society। सङ्ग्रह मिति १ डिसेम्बर २०१२ 
  4. Kuttan (२००९), The Great Philosophers of India, AuthorHouse, आइएसबिएन 978-1434377807 
  5. "Dhanushkodi", indiatourism4u.in, मूलबाट ८ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०१३ 
  6. 1794, Orbis Veteribus Notus by Jean Baptiste Bourguignon d'Anville
  7. ७.० ७.१ Agarwala, Nitin (२०२०), "The Re-Emergence of the Bay of Bengal", The Journal of Territorial and Maritime Studies (McFarland & Company) 7 (2): ५२। 
  8. Mohanty, PC (नोभेम्बर २०११), Maritime Trade of Ancient Kalinga, Orissa Review, पृ: ४१। 
  9. The Portuguese in Bengal. History of Ugolim (Hoogli), Meliapore ... वेब्याक मेसिन अभिलेखिकरण ३ फेब्रुअरी २००७ मिति URL accessed 21 January 2007
  10. "Environmental assessment of coastal water at Bakkhali", मूलबाट २६ फेब्रुअरी २०१५-मा सङ्ग्रहित। 
  11. "LME 34 Bay of Bengal", NOAA, मूलबाट १८ अप्रिल २००३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २००७ 
  12. "The Bay of Bengal: New bay dawning", The Economist, २७ अप्रिल २०१३। 
  13. १३.० १३.१ Berlin, Donald L. (२५ जनवरी २००५), "The emerging Bay of Bengal", Asia Times Online, मूलबाट २९ जनवरी २००५-मा सङ्ग्रहित। 
  14. Arpi, Claude (२६ डिसेम्बर २००६), "1971 War: How the US tried to corner India", Rediff.com 
  15. "India's Largest Naval War Game in Bay of Bengal", Global Politician, मूलबाट १५ अक्टोबर २०१२-मा सङ्ग्रहित। 
  16. Parameswaran, Prashanth (७ मे २०१५), "US Eyes Expanded Military Exercises with ASEAN Navies", The Diplomat, अन्तिम पहुँच ११ नोभेम्बर २०१५ 
  17. Miglani, Sanjeev (२२ जुलाई २०१५), "India, Japan, U.S. plan naval exercises in tightening of ties in Indian Ocean", Reuters, मूलबाट ४ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१५ 
  18. Gady, Franz-Stefan (१३ अक्टोबर २०१५), "Confirmed: Japan Will Permanently Join US-India Naval Exercises", The Diplomat, अन्तिम पहुँच ११ नोभेम्बर २०१५ 
  19. "The Maritime Boundary Dispute Between Bangladesh and Myanmar: Motivations, Potential Solutions, and Implications" 
  20. Nature's Aquarium वेब्याक मेसिन अभिलेखिकरण ३० सेप्टेम्बर २००७ मिति।The long stretch of sand glistening like silver dust। पहुँचमिति: २३ जनवरी, २००७
  21. "Forces of Nature—Natural Disaster Fast Facts", National Geographic, अन्तिम पहुँच ३० अगस्ट २०१६ 

बाह्य कडीहरूसम्पादन