फारसी भाषा
फारसी (فارسی), एक भाषा हो जो इरान, ताजकिस्तान, अफगानिस्तान र उज्बेकिस्तानमा बोलिन्छ। यो यी तीन देशहरूको राज्यभाषा हो र यो भाषा ७.५ करोड मानिसले प्रयोग गर्दछन्। भाषा सम्बन्धी परिवारको दृष्टिले यो हिन्द यूरोपीय परिवारको हिन्द इरानी शाखाको इरानी उपशाखाको सदस्य हो र यसमा क्रियापद वाक्यका अन्तमा आउँछ। फारसी संस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन्। यो फारसी-अरबी लिपिमा लेखिन्छ। अङ्ग्रेजहरूको आगमनभन्दा पहिला भारतीय उपमहाद्वीपमा फारसी भाषालाई दरबारी काम तथा लेखनको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। दरबारमा प्रयुक्त हुनाको कारण नैं अफगानिस्तानमा यस भाषालाई दारी भनिन्छ ।
पारसी | ||
---|---|---|
बोलिने क्षेत्र | – | |
क्षेत्र | – | |
जम्मा बोल्ने मानिस | – | |
भाषा परिवार | ||
भाषाको कोड | ||
ISO 639-1 | fa | |
ISO 639-2 | per (B) | fas (T) |
ISO 639-3 | variously:fas – Persianprs – पूर्वी फारसीpes – पश्चिमी फारसीtgk – Tajikaiq – Aimaqbhh – Bukharicdeh – Dehwaridrw – Darwazihaz – Hazaragijpr – Dzhidiphv – Pahlavani
| |
Linguasphere | – | |
Note: This page may contain IPA phonetic symbols in Unicode. |
वर्गीकरणसम्पादन
यसलाई भारोपीय भाषा परिवारका हिन्द-इरानी शाखाका पश्चिमी विभागमा वर्गीकृत गरिएको छ।
नामसम्पादन
यसको मूल नाम पारसी हो तर अरबका मानिसहरू, जसले फारसमा सातौँ शताब्दीका अन्तसम्म आफ्नो अधिकार लिएका थिए उनको वर्णमालामा 'प'अक्षर हुँदैन। अतः यसलाई फारसी भनियो र यही नाम भारतीय उपमहाद्वीपमा पनि प्रयुक्त हुन्छ। यूनानी मानिस फारसलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे। जसकारण यहाँको भाषा पर्सियन कहलाइयो। यही नाम अङ्ग्रेजी सहित अन्य यूरोपीय भाषाहरूमा प्रयुक्त हुन्छ।
स्थानीय भाषा र बोलीहरूसम्पादन
- फारसीलाई ताजिकिस्तानमा ताजिक भनिन्छ र सीरिलिक लिपिमा लेखिन्छ।
- अफगानिस्तानमा यसलाई दारी (दरबारमा प्रयुक्त हुने भाषा) भन्दछन्।
बोलीहरूसम्पादन
- लूरी - लूरिस्तानको फारसी
- तात
- बुखारी
- झीदि (इजरायल)