नेपाली भाषा
नेपाली भाषा नेपालको सम्पर्क भाषा तथा भारत, भुटान र म्यानमारको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो। यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ। यो भाषा नेपाल र भारतको आधिकारिक (सरकारी कामकाजको) भाषा पनि हो।[५] खासगरि सन् १९९० पछि लाखौं सङ्ख्यामा नेपालीहरू आप्रवासीका रूपमा विदेशिन थालेपछि अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, युरोपेली सङ्घ र खाडी मुलुकहरूमा नेपाली भाषीहरू छरिएका छन्। नेपालका करिब आधा जनसङ्ख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन्। देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन्। स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन्।[६]
नेपाली | |
---|---|
खसकुरा, पर्वते/गोरखाली भाषा | |
नेपाली या मानक नेपाली | |
![]() देवनागरीमा नेपाली शब्द | |
मूलभाषी | नेपाल, भारत, भुटान, म्यानमार |
क्षेत्र | दक्षिण एसिया |
रैथाने(हरू) | खस जाति, (ऐतिहासिक कालमा) |
मातृभाषी वक्ता | मातृभाषी - १.७ करोड[१], कुल - करिब ४ करोड |
भारोपेली
| |
प्रारम्भिक रूप | |
देवनागरी (आधिकारिक), कैथी (ऐतिहासिक) र विभिन्न क्षेत्रीय लिपि | |
हस्ताक्षरित रूप | नेपाली सांकेतिक भाषा |
सरकारी दर्जा | |
आधिकारिक भाषा | ![]() ![]() |
नियामक संस्था | नेपाल प्रज्ञा प्रतिष्ठान |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | ne (एनइ) |
आइएसओ ६३९-२ | nep (एनइपी) |
आइएसओ ६३९-३ | nep – inclusive codeव्यक्तिगत कोडहरू: npi – नेपालीdty – डोटेली भाषा |
ग्लोटोलग | nepa1254 [३]nepa1252 duplicate code[४] |
भाषाविद् प्रयोगशाला | 59-AAF-d |
नाम
आधिकारिक र व्यापक रूपमा नेपाली भाषा भनेर चिनिएतापनि नेपाली भाषालाई विभिन्न समुदायहरूमा विभिन्न नामले चिन्ने गरिन्छ। [७] [८] नेपाली भाषाको सबैभन्दा पुरानो नाम खस कुरा हो। खस समुदायको मातृभाषा भएकाले यसलाई खस भाषा भनेर चिनिन्छ। नेपाली भाषालाई पर्वते कुरा भनेर पनि चिनिन्छ। यो नाम काठमाडौँ उपत्यकामा बढी प्रचलित छ। गोर्खा राज्यले औपचारिक भाषाका रूपमा अङ्गिकार गरिएको भएर यस भाषालाई गोर्खाली भाषा भनेर पनि चिनिन्छ।
नेवार समुदायमा | खय् (खे) / पर्त्या [९] [१०] |
तामाङ समुदायमा | ज्यार्दी ग्योई / ज्यार्ती ग्योत् [११] [१२] |
चेपाङ समुदायमा | खस्अन्त [१३] |
ल्होवा समुदायमा | रोङकेक [१४] |
दुङ्माली समुदायमा | खसे पुक [१५] |
भाषिका
नेपाली भाषाका विभिन्न भाषिकाहरू छन्। ती मध्ये केही यस प्रकारका छन्।
- औपचारिक नेपाली भाषा
- पूर्वेली नेपाली भाषा
- सिम्ताल नेपाली भाषा
- भारतीय नेपाली भाषा
- बर्मेली नेपाली भाषा
- भुटानी नेपाली भाषा
- कर्णाली नेपाली भाषा
- गैर-मातृभाषीहरूमा नेपाली भाषा
आधारित भाषिका
नेपाली भाषामा आधारित अन्य बोलीहरू यस प्रकारका छन् :-
- मेटी भाषा - नेपालको तेस्रोलिङ्गी मेटी समुदायले बोल्ने बोली
व्याकरण
नेपाली साहित्य लाई नेपाली उखान-टुक्का तथा गाउँ खाने कथा आदिले एकदमै रोचक र धनी बनाएको छ।
- पुरुष: प्रथम पुरुष = म, हामी; द्वितीय पुरुष = तँ, तिमी, तपाईंं; तृतीय पुरुष = ऊ, उनी, उनीहरू;
- वचन: एक वचन = म, तिमी, ऊ, उनी, तिनी, त्यो; बहु वचन = हामी, तिमीहरू, उनीहरू, तिनीहरू।
अनुस्वार, लेखन र उच्चारण विधि कं ं
अनुनासिक वर्ण अनुस्वार वर्णक अ + ङ् अ + ं (अनुस्वार) अं (अङ्), क + ङ् क + ं (अनुस्वार) कं (कङ्)l अनुनासिक अक्षर: कं खं गं घं ङं क्षं (अनुनासिक उच्चारण अर्ध ङ / ङ् ), चं छं जं झं ञं ज्ञं (अनुनासिक उच्चारण अर्ध ञ / ञ् ), टं ठं डं ढं णं (अनुनासिक उच्चारण अर्ध ण / ण्), तं थं दं धं नं त्रं (अनुनासिक उच्चारण अर्ध न / न् ), पं फं बं भं मं यं रं लं वं शं षं सं हं (अनुनासिक उच्चारण अर्ध म / म्), स्पर्स वर्णका अर्ध अनुनासिक वर्ण आ – आफ्नै वर्गका अघि हुँदा अनुसार उच्चारण हुँदछ।
(स्पर्स वर्ण क देखि म सम्मका २५ अक्षर \ अनुनासिक अक्षर ङ ञ ण न म)
क वर्गका पाँच अक्षर "क, ख, ग, घ, ङ" (अर्ध ङ अनुनासिक वर्ण) कण्ठ्य उच्चारण। क वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध ङ / ङ् वर्ण अघि, "क ख ग घ ङ" वर्ण पछि हुँदछ। जस्तै अङ्क,पङ्खा, गङ्गा, उलङ्घन, टङ्ङ (अङ्क, पंखा, गङ्गा, उल्लंघन, टंङ) आदि च वर्गका पाँच अक्षर "च, छ, ज, झ, ञ" (अर्ध ञ अनुनासिक वर्ण) तालव्य उच्चारण। च वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध ञ / ञ् वर्ण अघि, "च छ ज झ ञ" वर्ण पछि हुँदछ। जस्तै अञ्चल, हुञ्छ, जनरञ्जन, झञ्झट (अञ्चल, हुंछ, जनरंजन, झंझट) आदि।
ट वर्गका पाँच अक्षर "ट, ठ, ड, ढ, ण" (अर्ध णअनुनासिक वर्ण) मुर्धन्य उच्चारण। ट वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध ण / ण् वर्ण अघि, "ट ठ ड ढ ण" वर्ण पछि हुँदछ। जस्तै कण्टक, कण्ठ, डण्ड, (कंटक, कंठ, डंड) आदि। त वर्गका पाँच अक्षर ‘त, थ, द, ध, न‘ (अर्ध न अनुनासिक वर्ण) दन्त्य उच्चारण। त वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध न / न् वर्ण अघि, "त थ द ध न" वर्ण पछि हुँदछ। जस्तै सन्त, पन्थ, कन्द, अन्ध, अन्न, तन्त्र, मन्त्र (संत, पंथ, कंद, अंध, अंन,तंत्र, मंत्र) आदि)। प वर्गका पाँच अक्षर "प, फ, ब, भ, म" (अर्ध म अनुनासिक वर्ण) ओषठ्य उच्चारण। प वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध म / म् वर्ण अघि, ‘प फ ब भ म’ वर्ण पछि हुँदछ। जस्तै कम्प, पम्फा, गुम्बा, सम्भव, टम्म (कंप, पंफा, गुंबा, संभव, टंम) आदि। अंतस्थ वर्णका चार अक्षर "य र ल व" (अर्ध म अनुनासिक वर्ण)। अंतस्थ वर्ण, अनुस्वार उच्चारण हुँदा अर्ध म / म् वर्ण अघि, "य, र, ल, व" वर्ण पछि हुँदछ। जस्तै सम्यम; सम्रक्षण, सम्लाप, सम्वहन (संयम, संरक्षण, संलाप, संवहन), आदि[स्रोत नखुलेको]। उष्म वर्णका तिन अक्षर ‘श, ष, स’ तालव्य ‘श ’मुर्धन्य‘ष’ दन्त्य ‘स‘ (अर्ध म अनुनासिक वर्ण) उष्म वर्ण अनुस्वार उच्चारण हुँदा अर्ध म / म् वर्ण अघि र श ष स वर्ण पछि हुँदछ
। जस्तै वम्श[स्रोत नखुलेको], कम्स, सम्सार (वंश, कंस, संसार ) आदि। प्राण वर्ण एक अक्षर "ह" (अर्ध म अनुनासिक वर्ण) प्राण वर्ण अनुस्वार उच्चारण हुँदा अर्ध म म्) वर्ण अघि, ह वर्ण पछि हुँदछ। जस्तै सम्हार, सिम्ह (संहार, सिंह) आदि।
चन्द्र बिन्दु, उच्चारण र लेखन विधि चन्द्र बिन्दु ँ
अर्ध ञ (ञ् / ) वर्णको चिह्न चन्द्रबिन्दु ँ (नाक र मुखबाट एकै चोटि उच्चारण हुँदछ)।
अ + ञ् अ + ँ अँ (उच्चारण अञ्) क + ञ् ञ क + ँ कँ (उच्चारण कञ्)
चन्द्र बिन्दु ँ अक्षर: कँ खँ गँ घँ ङँ चँ छँ जँ झँ ञँ टँ ठँ डँ ढँ णँ तँ थँ दँ धँ नँ पँ फँ बँ भँ मँ यँ रँ लँ वँ शँ षँ सँ हँ क्षँ त्रँ ज्ञँ
नेपाली ध्वनिविज्ञान
नेपालीमा ११ वटा ध्वनिकीय विशिष्ट स्वरहरू र ३० वटा व्यञ्जन छन्।
भाषा सुधार
विभिन्न दृष्टिकोणहरूबाट भाषामा गरिने सुधार वा भाषाको नभई योजनाबद्ध ढङ्गले गरिने परिवर्तन नेपाली भाषामा पनि भएको छ।
नेपाली भाषा बोलिने देशहरू
शब्दकोश
- नेपाली बृहत् शब्दकोश, प्रकाशक नेपाल प्रज्ञा प्रतिष्ठान
- नेपाली शब्दसागर, सम्पादक वसन्तकुमार शर्म्मा 'नेपाल'
- प्रयोगात्मक नेपाली शब्दकोष, सम्पादक हेमाङ्गराज अधिकारी, बद्रीविशाल भट्टराई
- Nepal royal wisdom - Establishment,
- Schmidt, R. L. (१९९३) A Practical Dictionary of Modern Nepali.
- Ralph Lilley Turner (३१) A Comparative and Etymological Dictionary of the Nepali Language.
व्याकरण पुस्तकहरू
सन्दर्भ सामग्रीहरू
- ↑ Nepali language at Omniglot.com
- ↑ Dhanesh Jain, George Cardona (२००३), The Indo-Aryan languages, Routledge, पृ: २५१, आइएसबिएन 9780700711307।
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Nepali [1]", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Nepali [2]", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ "सरकारी कामकाजको भाषा"। नयाँ पत्रिका। सङ्ग्रह मिति १० नोभेम्बर २०२०।
- ↑ "नेपाली वर्ण (कथ्य र लेख्य) को पहिचान"। सङ्ग्रह मिति १० नोभेम्बर २०२०।
- ↑ "खस-आर्यहरूले जस्तै हूबहु नबोल्दा किन लाञ्छना ?", साइनो खबर। नेवाः समुदायमा “खे भाये” वा “पर्त्या भाये”, तामाङ भाषामा “ज्यार्दी ग्योइ” वा “ज्यार्ती ग्योत्”, चेपाङ भाषामा “खस्अन्त”, ल्होवा भाषामा “रोङकेक”, इत्यादि।
- ↑ "ईतिहासमा सबैभन्दा पहिले उत्पीडनमा परेको जाति", हाम्रा कुरा। खसहरूलाई राईहरूले ‘खासा’ वा ‘लिच्चु’ वा ‘बाज्यु’ पनि भनेको पाइन्छ। लिम्बूहरूले ‘पेन’ वा ‘पेनेवा’ भन्दछन्। कोदो खाने भएकाले त्यस्तो भनिएको हो कि ! निम्न हिमाली क्षेत्रमा रहने भएकाले तामाङहरूले खसहरूलाई ‘ज्यार्दी’ वा ‘रोङ्बा’ भनेको पाइन्छ।
- ↑ नेपालभाषा विकिपिडियामा नेपाली भाषा
- ↑ "के नेपाली भाषाको उत्पत्ति सिँजामै भएको हो ?", चौलानी खबर। खसद्वारा नै यहाँ यो भाषा पसेकोले यसले यहाँ ‘खय् भाय्’ भन्ने नाम पाएको हो ।
- ↑ "पश्चिमी तामाङ शब्दकोष", SIL Nepal। ज्यार्ती ग्योत् [dzjarti gjot] नाम - नेपाली भाषा
- ↑ "सिङ्ल्ह, गोने ङ्या र मेला", पिजनखबर।
- ↑ "ख", चेपाङ शब्दकोष। खस्अन्त [khəs.ʔən.tə] क्रि.वि. नेपाली adv Nepali (esp. in reference to the Nepali language)
- ↑ "रोङकेक", ल्होवा शब्दकोष। रोङकेक [ᶫroŋkek] ना. नेपाली भाषा Nepali language
- ↑ "'खसे पुक' को अभ्यास", हिमाल खबर पत्रिका।
बाह्य कडीहरू
- विदेशमा नेपाली भाषा र साहित्य
- भाषाहरूको कोड अथवा यो हेर्नुहोस्
- उपयोगी नेपाली शब्दहरू अङ्ग्रेजीमा अनुवाद गर्ने
- निःशुल्क युनिकोड नेपाली सामग्रीहरू