अफ्रिका
अफ्रिका एक महादेश हो। अफ्रिकामा मानवको उत्पत्ति भएको मानिन्छ । अफ्रिका दोस्रो ठूलो महादेश हो, जसको समग्र क्षेत्रफल पृथ्वीको कूल भूभागको पाचौँ भाग भन्दा अलि बढी छ। अफ्रिकाको कूल भूभागको ९०% जति जमीन जंगल, मरुभूमि र निर्जन जमीनहरूले ओगटेको छ। त्यसैले करिव १०% जमीनको माटो मात्र खेतियोग्य छ।
![]() | |
क्षेत्रफल | ३,०२,२१,५३२ किमी२ (११,६६८,५९८.७ वर्ग माइल) |
---|---|
जनसङ्ख्या | ९२,२०,११,०००[१] |
जनघनत्व | ३०.५१/किमी२ (लगभग ८०/वर्ग मील) |
देशहरू | ५३ |
निर्भरता | सूची
|
भाषाहरू | अफ्रिकाको भाषाहरू |
समय क्षेत्रहरू | UTC-1 से UTC+4 |
भूगोलसम्पादन
अफ्रिकाको अवस्थिति यस प्रकार छ-
- उत्तर दिशामा युरोप छ, जसलाई भूमध्य सागरले छुट्याउँछ;
- पूर्व दिशामा एसिया छ, जसलाई स्वेज नहर र रातो सागरले छुट्याउँछ;
- पूर्व दिशामा अस्ट्रेलियाछ , जसलाई हिन्द महासागरले छुट्याउँछ; र
- पश्चिम दिशामा अमेरिकी महादेशहरू छन्, जसलाई एटलान्टिक महासागरले छुट्याउँछ।
- अफ्रिकाको पनि मिश्रमा मानब जीवनको उत्पति भएको मनिन्छ
धसान क्षेत्रमा कयौँ ताल तलैयाहरू रहेका छन् । भिक्टोरिया ताल त्यस क्षेत्रको प्रसिद्ध ताल हो । विश्वको सबैभन्दा लामो नदी नाइल (६,६७० कि.मि.) भिक्टोरिया तालबाट उत्पत्ति भई भूमध्य सागरमा खस्छ । कङ्गो (जायर), जाम्बोजी, अरेन्ज, सेनेगल र नाइजर अफ्रिकाका मुख्य नदीहरू हुन् ।
हावापानीसम्पादन
भौगोलिक स्वरूप र अवस्थितिको प्रभावले गर्दा यो महादेशको अधिकांश क्षेत्रको हावापानी विषम छ । अफ्रिका महादेशमा सात प्रकारका हावापानी छन् । भूमध्य रेखीय भूभाग र कङ्गो बेँसीमा उष्ण तथा ओसिलो हावापानी पाइन्छ ।
महादेशको उत्तरमा फैलिएको विशाल तातो साहारा मरुभूमि रहेका कारण उत्तर तर्फको हावापानी अत्यन्त गर्मी र शुष्क छ । दक्षिण पूर्वी भागमा उष्ण मौसमी हावापानी पाइन्छ भने दक्षिण अफ्रिकी उच्च समस्थलीय क्षेत्रमा ग्रीष्ममा धेरै गर्मी र हिउँद धेरै जाडो हुने हावापानी पाइन्छ । पश्चिमोत्तर अफ्रिकी क्षेत्रमा भूमध्य सागरीय हावापानी पाइन्छ भने दक्षिण अफ्रिकी तटीय भागमा समशीतोष्ण मौसमी हावापानी पाइन्छ ।
आर्थिक कृयाकलापसम्पादन
अफ्रिका महादेश प्राकृतिक स्रोत साधनको दृष्टिकोणबाट ठुलो आर्थिक सम्भावना युक्त छ । तर यो महादेश विकासको हिसाबमा निकै पिछडिएको छ । भोकमरी, द्वन्द्व, खडेरी, लडाईँ, रोगव्याधी, अशिक्षा र गरिबी अफ्रिका महादेशका प्रमुख समस्या हुन् । विषम हावापानी र ठुला मरुभूमि रहेकाले यस महादेशका सामाजिक र आर्थिक कृयाकलाप पनि प्रभावित भएका छन् । एड्सले पनि अफ्रिका महादेशका राष्ट्रहरूलाई नराम्ररी प्रभावित गरेको छ । इबोला भाइरसबाट पनि अफ्रिकी जनता मारमा परेका छन् । ८०० भन्दा बढी प्रकारका काला जातिका मानिसहरू बसोबास गर्ने यो महादेश जातीय विविधताको थलो हो । मध्य अफ्रिकी क्षेत्रको जङ्गल आसपासमा बसोबास गर्ने मानिसहरूको जीवन शैली परम्परादेखि यथावत् छ ।
अफ्रिका महादेशमा बहुमूल्य खनिज सम्पदा भएका क्षेत्र छन् । सुन, चाँदी, हिरा, पेट्रोल, तामा लगायतका खनिजहरूमा अफ्रिका निकै सम्पन्न छ । दक्षिण अफ्रिका विश्वकै सबैभन्दा ठुलो मात्रामा हिराको उत्पादन र निर्यात गर्ने मुलुक हो । कतिपय अफ्रिकी देशहरू जातीय द्वन्द्वले र हिंसाले गर्दा त्यहाँ उपलब्ध स्रोत र साधनहरूको सही सदुपयोग गर्न सकिरहेको छैन ।
यहाँका अधिकांश मानिसहरू कृषि कार्यमा संलग्न छन् । मरुभूमि क्षेत्रमा उँटको विशेष महत्त्व छ । भारी बोकाउन, दुध र मासुका लागि उँट पालिन्छ । अन्य घर पालुवा पशुपक्षी परम्परागत शैलीले पालन गर्ने गरिएको छ । व्यावसायिक ढङ्गले यहाँ कृषिको विकास हुन सकेको छैन । धेरै भूभाग कृषिका लागि उपयुक्त छैन । प्रायः नदीका किनारी भागहरूमा खेती गरिएको पाइन्छ । व्यावसायिक कृषिका लागि यी देशहरू लागि परेका छन् । विदेशी लगानीमा सरकारसँग जमिन भाडामा लिएर विशेष सुविधा युक्त ठुला ठुला औदेयोगिक तथा व्यवसायिक क्षेत्रहरू स्थापना गरिएका छन् । ती क्षेत्रहरूमा खाद्यान्न, कोका, कफी, केरा र जुट जस्तो रेसादार बालीहरू ठुलो मात्रामा उत्पादन हुन्छ ।
पर्यटनसम्पादन
सभाना क्षेत्रमा ठुला ठुला राष्ट्रिय निकुञ्जहरू छन् । बर्सेनि लाखौँ पर्यटकहरू ती निकुञ्जहरूको अवलोकन गर्न आउँछन् । यहाँ पर्यटन व्यवसाय फस्टाउँदो अवस्थामा छ । विदेशी मुद्रा आर्जन गर्न र स्थानीय रोजगारी वृद्धिका साथै देशहरूको प्रचार प्रसार गर्न यी निकुञ्जहरूको योगदान छ । पर्यटन विकासका लागि जनशक्ति, पूर्वाधार र सुरक्षाको अवस्थामा निकै सुधार गर्नु आवश्यक छ । जातीय विविधता, सांस्कृतिक भिन्नता र भौगोलिक स्वरूप अफ्रिकाका हेर्नु र बुभ्mनुपर्ने पक्षहरू हुन् । इजिप्टको पिरामिड, नाइल नदीको सभ्यता, सभाना क्षेत्रका निकुञ्ज र जातीय सांस्कृतिक विविधताको अध्ययन गर्न अफ्रिकामा अध्ययन कर्ताहरूको आर्कषण बढिरहेको छ ।
जनावरहरूसम्पादन
अफ्रिका बन्यजीवनले भरिपूर्ण छ। यहाँ थुप्रै प्रजातिहरू छन्, जस्तै हात्ति, सिहँ, सर्प र जिराफ। अफ्रिकी ताल र नदीहरूमा २००० भन्दा बढी प्रकारका माछाहरू बस्दछन्।
वनस्पतिसम्पादन
हावापानीको विविधताले गर्दा अफ्रिका महादेशमा वनस्पतिमा पनि विविधता छ । उष्ण, ओसिलो र व्यापक वर्षा हुने क्षेत्रमा सदावहार जङ्गल छ । महादेशको भित्री मध्यभागमा कम वर्षा हुनाले विशाल रूपमा फैलिएको घाँसे मैदान छ । यसलाई ‘सभाना’ भनिन्छ । संसारमा पाइने अधिकांश प्रकारका जीवजन्तुहरू यहाँ प्रशस्त मात्रामा पाइने हुनाले यो क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ ।
यो महादेशको मध्य र पश्चिम किनारी भागमा भूमध्ये रेखाको दुवैतर्फ फैलिएको ओसिलो घना जङ्गल क्षेत्र छ ।
अफ्रीकी राष्ट्रहरूसम्पादन
- अल्जेरिया
- अङ्गोला
- बेनिन
- बोत्स्वाना
- बुर्किना फासो
- बुरुन्डी
- क्यामेरून
- केप भर्ड
- मध्य अफ्रिकी गणतन्त्र
- चाड
- कोमोरोस
- प्रजातान्त्रिक गणतन्त्र कङ्गो
- गणतन्त्र कङ्गो
- आइभाेरी काेस्ट
- जिबुती
- इजिप्ट
- भूमध्यरेखीय गिनी
- इरित्रिया
- इथियोपिया
- गाबाेन
- गाम्बिया
- घाना
- गिनी
- गिनी बिसाउ
- केन्या
- लेसोथो
- लाइबेरिया
- लिबिया
- माडागास्कर
- मलावी
- माली
- मौरिटानिया
- मौरिसस
- मोरोक्को
- मोजाम्बिक
- नामिबिया
- नाइजर
- नाइजेरिया
- रुवान्डा
- साओ तोमे र प्रिन्सिपी
- सेनेगल
- सेसेल्स
- सिएरा लियोन
- सोमालिया
- दक्षिण अफ्रिका
- दक्षिण सुडान
- सुडान
- एस्वातिनी
- तान्जनिया
- टोगो
- ट्युनिसिया
- युगान्डा
- जाम्बिया
- जिम्बाब्वे
श्रोतसम्पादन
- ↑ "वर्ल्ड पपुलेशन प्रस्पेक्ट्स: द २००६ रिभिजन" संयुक्त राष्ट्र (आर्थिक एवम् सामाजिक मामिला विभाग, जनगणाना प्रभाग)