यमुना नदी
यमुना नदी बङ्गलादेशको तीन प्रमुख नदीहरू मध्ये एक हो। यो नदि गङ्गा नदिको सबै भन्दा ठुलो र लामो सहायक नदि हो। यमनोत्री हिमनदिबाट उत्त्पत्ति भएको यो नदि १,३७६ किलोमिटर लामो छ र यसले ३६६,२२३ बर्ग किलोमिटरको भूभाग सिंचित गरेको छ जुन गङ्गा बेसी मैदानको ४०.२ % हुन आउँछ । यो नदि अल्लाहाबाद त्रिबेणी सङ्गम मा गङ्गा नदीमा गएर मिसिन्छ , जहा प्रत्येक १२-१२ बर्षमा कुम्भ मेला लाग्ने गर्छ ।
यसले कयौ भारतीय राज्यहरु पार गर्छ: हारयाना , उत्तर प्रदेश, उत्तराखण्ड र दिल्ली । गङ्गा जस्तै , यमुना नदि पनि हिन्दु धर्ममा निकै सम्मानका साथ लिइन्छ र यमुना देवीको रुपमा पुजिन्छ । हिन्दु मिथक अनुसार उनी सुर्य देवकी पुत्री र यमराजका बहिनी थिइन् र उनलाई यमी पनि भनेर चिनिन्छ । यहाँ स्नान गर्नाले मृत्युको पिडा बाट मुक्ति पाइन्छ भन्ने विस्वास रहेको छ ।
विकिमिडिया कमन्समा Yamuna River सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
ताज महल यमुना नदि किनारा मा रहेको छ ।