चण्डीगढ
चण्डिगढ, (पञ्जाबी: ਚੰਡੀਗੜ੍ਹ) भारतको एउटा केन्द्र शासित प्रदेश हो, जुन दुई भारतको राज्य, पञ्जाब र हरियाणाको राजधानी पनि हो । यसको नामको अर्थ हो चण्डिको किला । यो हिन्दू देवी दुर्गाको एउटा रूप चण्डिका वा चण्डिको एउटा प्रसिद्ध मन्दिरको कारण राखिएको हो । यो मन्दिर अझै पनि यस सहरमा अवस्थित छ ।[५] यस सहरलाई सिटी अफ ब्यूटीफुल पनि भनिने गरिन्छ । चण्डिगढ राजधानी क्षेत्रमा मोहाली, पन्चकुला र जीरकपुर आउछन्, जसको सन् २००१ को जनगणना अनुसार जनसङ्ख्या ११,६५,१११ (१ करोड १६ लाख) रहेको छ । भारतको लोकसभामा प्रतिनिधित्व गर्नका लागि एउटा सिट आरक्षित गरिएको छ । वर्तमान सोह्रौ लोकसभामा भारतीय जनता पार्टीको श्रीमति किरण खेर यहाँबाट सांसद छानिएकी छिन् ।[६]
चण्डिगढ | |
---|---|
उपनाम: सुन्दर सहर | |
देश | भारत |
क्षेत्र | उत्तर भारत |
केन्द्र शासित प्रदेश/सहर | चण्डिगढ |
स्थापना | १ नोभेम्बर १९६६ |
सरकार | चण्डिगढ |
सरकार | |
• केन्द्र शासित प्रदेशको प्रशासक | शिवराज पाटिल |
• मेयर | हरफुल चन्द्र कल्याण |
• कमिसनर | विवेक प्रताप सिंह |
क्षेत्रफल | |
• सहर केन्द्र शासित प्रदेश | ११४ किमी२ (४४ वर्ग माइल) |
• क्रम | ३३ |
उन्नतांश | ३५० मिटर (११५० फिट) |
जनसङ्ख्या | |
• सहर केन्द्र शासित प्रदेश | १०५४६८६ |
• क्रम | २९औ |
• घनत्व | ९३००/किमी२ (२४०००/वर्ग माइल) |
• महानगर | ९६०७८७ |
[२] | |
भाषा | |
• आधिकारिक[३] | अङ्ग्रेजी,[४] हिन्दी भाषा, पञ्जाब |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
पिन | १६०xxx |
टेलिफोन कोड | ९१-१७२-XXX XXXX |
आइएसओ ३१६६ सङ्केत | IN-CH |
सवारी दर्ता | CH-01 देखि CH-04 |
एचडीआई | ०.८९२ |
एचडीआई श्रेणी | ज्यादै उच्च |
साक्षरता | ८१.९ |
वेबसाइट | chandigarh |
चण्डिगढ सहरले चण्डिगढ केन्द्र शासित प्रदेशको पुरै क्षेत्र ओगटेको छ |
अन्तर्राष्ट्रिय स्तरमा सहरी योजनाबद्धता र वास्तु-स्थापत्यको लागि प्रसिद्ध यस सहर आधुनिक भारतको प्रथम योजनाबद्ध सहर हो ।[७] चण्डिगढ सहरको मुख्य वास्तुकार फ्रान्सेली वास्तुकार ली कार्बूजियर हुन् । यस सहरलाई भारतको समृद्ध राज्यहरू र सङ्घ शसित प्रदेसहरूको सूचीमा अग्रणी नाम आउछ, जसको प्रति व्यक्ति आय ९९,२६२ रु (वर्तमान मूल्य अनुसार) तथा स्थिर मूल्य अनुसार ७०,३६१ (२००६-०७) रु रहेको छ ।[८]
इतिहास
सम्पादन गर्नुहोस्ब्रिटिश भारतको विभाजन पछि सन् १९४७ मा पञ्जाब राज्यलाई भारत र पाकिस्तान गरेर दुई भागमा बाँडिएको थियो । यस संगै राज्यको पुरानो राजधानी लाहोर पाकिस्तानको भागमा सरेर गएको थियो । अब भारतीय पञ्जाबलाई एउटा नयाँ राजधानीको आवश्यकता देखियो । पूर्व स्थित सहरहरूलाई राजधानीमा रुपान्तरित गर्नमा धेरै कठिनाई भएको थियो जसको फलस्वरूप एउटा नयाँ योजनाबद्ध राजधानी सहरको निर्णय गरियो तथा सन् १९५२ मा यस सहरलाई निर्माण गर्ने धोको गरियो ।[९]
भूगोल तथा जलवायु
सम्पादन गर्नुहोस्चण्डिगढ हिमालयको शिवालिक पर्वतमालाको तराईमा भारत को उत्तर-पश्चिम मा अस्थित छ। शहरको क्षेत्रफल ४४ बर्ग मिल रहेको छ। यसको पूर्वमा हरियाणा, उत्तर, पश्चिम तथा दक्षिणमा पञ्जाब रहेको छ ।
चण्डिगढ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जलवायु तालिका | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
आर्थिक अवस्था
सम्पादन गर्नुहोस्
भूगोल
सम्पादन गर्नुहोस्खेलकुद
सम्पादन गर्नुहोस्चित्र दीर्घा
सम्पादन गर्नुहोस्-
पञ्जाब तथा हरियाणा उच्च अदालत
-
सचिवालय भवन
-
रक गार्डेन
-
रोज गार्डेन
-
सुखना ताल
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Provisional Population Totals, Census of India 2011; Urban Agglomerations/Cities having population 1 lakh and above", Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २६ मार्च २०१२।
- ↑ "http://www.censusindia.gov.in/2011-prov-results/paper2/prov_results_paper2_indiavol2.html", Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २६ मार्च २०१२।
- ↑ "Report of the Commissioner for linguistic minorities: 47th report (July 2008 to June 2010)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: 122–126, अन्तिम पहुँच १६ फेब्रुअरी २०१२।
- ↑ "Government of India official source on languages", Government of India, अन्तिम पहुँच १४ जुन २०१४। वेब्याक मेसिन अभिलेखिकरण ८ मार्च २०१४ मिति
- ↑ आधिकारिक सरकारी वेवसाइट
- ↑ भारतीय चुनाव आयोगको अधिसूचना, नयाँ दिल्ली
- ↑ भारतको व्यवसाय पोर्टल वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१७ मिति
- ↑ [१]
- ↑ http://chandigarh.nic.in/knowchd_general.htm वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२१ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- चण्डीगढ विकियात्रामा यात्रा सहयोगी
- चण्डिगढ प्रशासन आधिकारिक वेवसाइट
- चण्डिगढ पर्यटन
- चण्डिगढ पुलिस वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-०२ मिति
- चण्डिगढ जिल्ला न्यायालय वेब्याक मेसिन अभिलेखिकरण २००७-०१-२२ मिति