आर्य प्रवास सिद्धान्त
आर्य प्रवास सिद्धान्त (अङ्ग्रेजी: Indo-Aryan Migration Theory) इन्डो-आर्य भाषाहरू बोल्ने इन्डो-आर्य गणको भारतीय उपमहाद्वीप देखि बाहिर उत्पत्ति भएको सिद्धान्तको आसपासको परिदृश्यहरूको चर्चा गर्दछ । इन्डो-आर्य गण इन्डो-आर्यन भाषा बोल्ने एक जातीय भाषा समूह हो । यस सिद्धान्तका प्रस्तावकहरू आर्य प्रवास 1500 ईसा पूर्व मध्य एसियादेखि भारतीय उपमहाद्वीप क्षेत्र र अनातोलिया (प्राचीन मितानी)मा लेट हरप्पन कालमा एक निम्न गतिले प्रवास भएको मानिन्छ जसको कारण उत्तर भारतीय उपमहाद्वीपमा भाषिक परिवर्तन आएको थियो । ईरानी भाषाहरूलाई ईरानीहरूले ईरानमा ल्याएका थिए, जो इन्डो-आर्यहरूसंग निकट रूपमा सम्बन्धित थिए ।[२][३][४][५]
आदिम-इन्डो-ईरानी संस्कृति, जसले इन्डो-आर्य र ईरानीहरूको जन्म दियो; क्यास्पियन सागरको उत्तरमा मध्य एसियाली स्थलमा (जो वर्तमान रूस र कजाकिस्तानमा पर्दछ) सिन्तश्ता संस्कृति (२१००-१८०० ईसा पूर्व) को रूपमा[६][७][८][९][१०][११] तथा अरल सागरको चारैतिर एन्ड्रोनोभो संस्कृति (१८००-१४०० ईसा पूर्व) को रूपमा विकसित भयो ।[१२] आदिम-इन्डो-ईरानीहरूले फेरि दक्षिणतर्फ ब्याक्ट्रिया-मारजियाना संस्कृतितिर प्रस्थान भए, जहाँदेखि उनीहरूले आफ्नो विशिष्ट धार्मिक मान्यताहरू र प्रथाहरूको उधार लियो । इन्डो-आर्यहरू ईरानीहरूसंग लगभग 1800 ईसा पूर्व देखि 1600 ईसा पूर्व सम्म अलग भए[१३], जिसको पश्चात इन्डो-आर्य गण अनातोलिया (आधुनिक तुर्क) र दक्षिण एसिया (आधुनिक अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र नेपाल)को उत्तरी भागमा गए, जबकि ईरानी ईरानमा प्रवास भए । दुवै समुहले आफ्नो साथ इन्डो-ईरानी भाषाहरू लिएर आए।
सन्दर्भ साम्रगी
सम्पादन गर्नुहोस्- ↑ Beckwith 2009, पृष्ठ 30.
- ↑ "हम सब प्रवासी हैं, जगह जगह से आए और भारतीय बन गए: रिसर्च"।
- ↑ "Examining the evidence for ‘Aryan’ migrations into India: The story of our ancestors and where we came from"।
- ↑ "The Long Walk: Did the Aryans migrate into India? New genetics study adds to debate"।
- ↑ "Aryan migration: Everything you need to know about the new study on Indian genetics"।
- ↑ Witzel 1998.
- ↑ Witzel 2003.
- ↑ Anthony 2007, पृष्ठ. 408-411.
- ↑ Anthony 2009, पृष्ठ. 390;405-411.
- ↑ Kuz'mina 2007, पृष्ठ 222.
- ↑ Parpola 2015.
- ↑ Anthony 2009, पृष्ठ 49.
- ↑ Anthony 2007, पृष्ठ. 408.