मैथिली भाषा

पूर्वी नेपाल तथा उत्तर भारतमा बोलिने एक भाषा

मैथिली भारोपेली भाषा हो जुन मुख्य रूपमा भारतको उत्तरी बिहारनेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बङ्गाली, आसामी, उडियानेपालीसँग यसको धेरै निकट सम्बन्ध छ । यो भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ ।[२] हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ । [३]

मैथिली
মৈথিলী
Maithili.svg
देवनागरी लिपिमा लेखिएको मैथिली
मूलभाषीभारत तथा नेपाल
क्षेत्रनेपालको तराई, भारतको झारखण्ड र उत्तरी बिहार क्षेत्र
मातृभाषी वक्ता३५ मिलियन (लगभग ३.५ करोड)
आञ्चलिक भाषाहरू
  • केन्द्रीय (सोतीपुरा)
  • पश्चिमी
  • पूर्वी कुर्था
  • देहाती
  • जोलाहा
  • किसान
  • दक्षिणी
  • ठेठिया
देवनागरी
तिरहुता
सरकारी दर्जा
आधिकारिक भाषा
नेपालको संविधान २०७२को भाग १, धारा ५
भारतको संविधानको आठौँ धारा
भाषा सङ्केतहरू
आइएसओ ६३९-२mai
आइएसओ ६३९-३mai
ग्लोटोलगmait1250[१]

सन् २००२ मा मैथिली भाषालाई भारतको संविधानको आठौँ धारामा समावेश गरिएको हो । जसले गर्दा यस भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।[४] सन् २०१५ मा मैथिलीलाई नेपालको संविधान २०७२ को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमा राखिएको हो ।[५] भारतको यो एक सबैभन्दा ठुलो भाषा अन्तर्गत पर्दछ भने नेपालको यो दोश्रो ठुलो भाषा हो । [६] सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् ।[७]

भौगोलिक अवस्थासम्पादन

नेपालमा मैथिली तराईका जिल्लाहरू धनुषा, सर्लाही, महोत्तरी, सिरहा, सप्तरी, सुनसरीमोरङमा बोल्ने गरिन्छ ।[८] यो भाषा विभिन्न जातिहरू र समूहहरू जस्तै कायस्थ, राजपुत, ब्राह्मण, खत्वे, चमार, यादव र अन्य वर्गद्वारा बोल्ने गरिन्छ ।[२] संविधानमा समावेस गरिएपछि मैथिलीलाई प्राथमिक शिक्षाको रूपमा विद्यालयहरूमा प्रयोग गर्ने गरिएको छ ।[६] भारतको साहित्य प्रतिष्ठानद्वारा मैथिलीलाई साहित्यिक भाषाको स्थान पण्डित जवाहर लाल नेहरूको समयदेखि प्राप्त छ । भारतमा मैथिली उत्तरी बिहारको मधुबनी, दरभंगा, सुपौलसहरसा जिल्लामा व्यापक रूपमा बोल्ने गरिन्छ । मधुबनी र दरभंगालाई यसको द्वार मान्ने गरिन्छ । मातृभाषीहरू भारतको अन्य क्षेत्र जस्तै नयाँ दिल्ली, मुम्बईकोलकातामा पनि छन् ।

विकाससम्पादन

मैथिलीको प्रथम प्रमाण रामायणबाट पाइन्छ । यो त्रेता युगमा मिथिलाका राजा जनकको राज्यभाषा थियो ।[९] यस प्रकार यसलाई इतिहासको प्राचीनतम भाषा मान्ने गरिन्छ । प्राचीन मैथिलीको विकासको शुरूवात प्राकृतअपभ्रंशको विकासहरूसँग जोडिन्छ । लगभग ७०० इस्वितिर यस भाषामा रचना गर्न थलिएको पाइन्छ । विद्यापति मैथिलीको आदिकवि तथा सर्वाधिक ज्ञात कवि हुन ।[१०] विद्यापतिले मैथिली वाहेक संस्कृत तथा अवहट्टमा पनि रचनाहरू लेखेका छन् । यी दुई प्रमुख भाषाहरू हुन जहाँबाट मैथिलीको विकास भएको हो । भारतको लगभग ५.६% जनसङ्ख्या लगभग ३-४ करोड मानिसहरू मैथिलीलाई मातृभाषाको रूपमा प्रयोग गर्छन ।[११] नेपालमा लगभग यो २८ लाख मानिसद्वारा बोल्ने गरिन्छ ।[१२] यसको प्रयोगकर्ता भारत र नेपालको विभिन्न भाग सहित विश्वको कयौँ देशमा फैलिएको छ । मैथिली विश्वको सर्वाधिक समृद्ध, सुन्दर र मिठासपूर्ण भाषाहरू मध्ये एकको रूपमा मानिने गरिन्छ ।[१३][१४] मैथिली भारत र नेपालमा आधिकारिक भाषाको रूपमा सम्मानित छ । मैथिलीको आफ्नै लिपि छ जुन एक समृद्ध भाषाको पहिलो पहिचान हो । नेपाल र भारतमा यस भाषाको विकासको लागि कुनै ठोस कदम नउठाउनाले यसको विकास द्रुत गतिमा हुन सकेको छैन । अब केही गैर सरकारी संस्था मीडियाद्वारा मैथिली भाषाको विकासको लागि प्रयास गरिएको छ । हाल मैथिली भाषामा प्रसारित हुने १५ /२० रेडियो स्टेसन रहेको छ ।

उपयोगसम्पादन

लगभग ४ देखि ५ करोड मानिस मैथिलीका मातृभाषाको रूपमा प्रयोग गर्छन् र यसको प्रयोगकर्ता भारत लगायत विश्वका अन्य धेरै देशहरूमा फैलिएका छन् ।

साहित्यसम्पादन

मैथिली साहित्यको आफनै समृद्ध इतिहास रहेको छ र चौधौं तथा पन्ध्रौं शताब्दीका कवि विद्यापति (१३५०-१४५०) लाई मैथिली साहित्यमा सबैभन्दा माथिल्लो दर्जा प्राप्त छ । हाल डा. हरिमोहन झा र नागार्जुनलाई मैथिली भाषाका प्रमुख लेखक मानिन्छन् ।

मिथिलाक्षर वा तिरहुताको समृद्ध इतिहास रहेको छ । यो भाषाको प्रारम्भिक शिलालेख आदित्यसेन (७औँ शताब्दी इशापूर्व) मन्दार पर्वतको ढुङ्गामा भटिएको थियो जुन हाल देवघरको वैद्यनाथ मन्दिरमा स्थापित गरिएको छ ।[१५]

कमरूपा भाषा परिवार पनि पूर्वी मैथिलीबाट आएको हो ।[१६]

मैथिली पञ्चाङ्गसम्पादन

मैथिली पञ्चाङ्ग वा तिरहुता पञ्चाङ्ग भारत र नेपालको मैथिली समुदायद्वारा प्रयोग गर्ने गरिन्छ । यो विभिन्न हिन्दू पञ्चाङ्गहरू मध्येको एक हो । वर्षको सुरूवात बैसाखबाट हुन्छ ।

मैथिली महिनाको नाम र महिनामा दिनहरू[१७]
क्रम. मैथिली नाम (देवनागरी) संस्कृत नेपाली English दिनहरू (पारम्परिक हिन्दू सौर्य क्यालेन्डर)
बैसाख वैशाख बैसाख apr/may ३० / ३१
जेठ ज्येष्ठ जेठ may/jun ३१ / ३२
आषाढ आषाढ असार jun/jul ३१ / ३२
सावोन श्रावण साउन jul/aug ३१ / ३२
भादो भाद्रपद, भाद्र, प्रोष्ठपद भाद्र aug/sep ३१ / ३२
आसिन आश्विन असोज sep/oct ३१ / ३०
कातिक कार्तिक कार्तिक oct/nov २९ / ३०
अगहन अग्रहायण, मार्गशीर्ष मंसिर nov/dec २९ / ३०
पुस पौष पौष dec/jan २९ / ३०
१० माघ माघ माघ jan/feb २९ / ३०
११ फागुन फाल्गुन फागुन feb/mar २९ / ३०
१२ चैति चैत्र चैत mar/apr ३० / ३१

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "मैथिली", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. २.० २.१ Yadava, Y. P. (2013). Linguistic context and language endangerment in Nepal. Nepalese Linguistics 28: 262–274.
  3. Lewis, M. P. (ed.) (2009). Maithili Ethnologue: Languages of the World. Sixteenth edition. Dallas, Texas: SIL International.
  4. Singh, P., & Singh, A. N. (2011). Finding Mithila between India’s Centre and Periphery. Journal of Indian Law & Society 2: 147–181.
  5. Government of Nepal (2015). Constitution of Nepal 2015
  6. ६.० ६.१ Sah, K. K. (2013). Some perspectives on Maithili. Nepalese Linguistics 28: 179–188.
  7. "विश्व भाषा", About World Language, अन्तिम पहुँच २ डिसेम्बर २०१४ 
  8. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named e16
  9. "विद्यापति स्मृति पर्व र मैथिली साहित्य – सुबोध गोपराज", नयाँ विकल्प, अन्तिम पहुँच २६ डिसेम्बर २०११ 
  10. "महाकवि विद्यापति", गोरखापत्र, अन्तिम पहुँच १० नोभेम्बर २०१४ 
  11. Abstract of speakers' strength of languages and mother tongues – 2000, Census of India, 2001
  12. "Major highlights", Central Bureau of Statistics, २०१३, पृ: ४, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१३ 
  13. Yadav, R. (१९७९), "Maithili language and Linguistics: Some Background Notes", Maithili Phonetics and Phonology, Doctoral Disseration, University of Kansas, Lawrence। 
  14. Yadav, R. (1996). A Reference Grammar of Maithili. Mouton de Gruyter, Berlin, New York.
  15. Choudhary, R. (1976). A survey of Maithili literature. Ram Vilas Sahu.
  16. Barua, K. L. (1966). Early history of Kamarupa. Lawyers Book Stall, Guwahati, India, 234. Page 318
  17. Maithili Calendar, published from Darbhanga

यो पनि हेर्नुहोस्सम्पादन

बाह्य कडीहरूसम्पादन