सिक्किमी भाषा, जसलाई "सिक्किमी तिब्बती", "भुटिया", "रेन्जोङ्की" (तिब्बती: འབྲས་ལྗོངས་སྐད་वयली: 'bras ljongs skad) पनि भनिन्छ,[२] दक्षिण तिब्बतीय भाषाहरूमा पर्दछ। यो भुटियाहरूद्वारा सिक्किम, भारतमेची अञ्चल, नेपालका केही हिस्सामा बोलिन्छ। सिक्किमी मान्छेहरूले आफ्नो भाषालाई रेन्जोङ्की र आफ्नो मातृभूमिलाई रेन्जोङ (तिब्बती: འབྲས་ལྗོངས་वयली: 'bras-ljongs) भन्दछन्।[३]

सिक्किमी
रेन्जोङ्की
འབྲས་ལྗོངས་སྐད་
'bras ljongs skad
क्षेत्रसिक्किम, नेपाल (मेची अञ्चल), भुटान
रैथाने(हरू)सिक्किमी
मातृभाषी वक्ता७०,०००
तिब्बती वर्णमाला
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत (सिक्किम)
भाषा सङ्केतहरू
आइएसओ ६३९-३sip
ग्लोटोलगsikk1242[१]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

सिक्किमी भाषा परम्परागत तिब्बतीबाट विस्तारित तिब्बती वर्णमालामा लेखिन्छ। सिक्किमी भाषाको ध्वनि-प्रणाली र शब्द-सङ्ग्रह परम्परागत तिब्बती भन्दा स्पष्ट रूपमा भिन्न छ, तथापि एसआइएल इन्टरनेसनलले सिक्कमी लेखन प्रणालीलाई "भोटिया पद्दति"को रूपमा व्याख्या गरेको छ। एसआइएलको अनुसार सन् २००१ मा ६८% सिक्किमी भुटियाहरूले तिब्बती लिपि लेख्न र बुझ्न सक्दछन्।[३][४][५]

सिक्किमी र नगीचका भाषाहरू

सम्पादन गर्नुहोस्

सिक्किमी भाषा बोल्नेहरूले केही जोङ्खा बुझ्न सक्दछन्, यी दुई भाषाहरू बीच ६५% शाब्दिक समानता पाइन्छ। यद्यपि तुलनात्मक रूपमा मानक तिब्बती मात्र ४२% शाब्दिक रूपमा समान छ। सिक्किमी भाषामा केही हदसम्म योल्मोतामाङ भाषाको प्रभाव देख्न सकिन्छ।[३][४]

विगत एक शताब्दी देखि नेपालीतिब्बतीभाषीहरू बीचको नगीचको सम्बन्धको कारणले धेरै जसो सिक्किमीभाषीहरूले दैनिक जीवनमा यी भाषाहरूको समेत प्रयोग गर्दछन्।[३]

ध्वनि-प्रणाली

सम्पादन गर्नुहोस्

सिक्किमी भाषाका व्यञ्जनवर्णहरू तलको तालिकामा दिइएका छन्, मुख्यतः यलिनीमी (२००५) र वान ड्रेम (१९९२) मा आधारित।[५]

ओष्ठ्य दन्त्य/
वर्त्स्य
मूर्धन्य वर्त्स्य-तालव्य/
तालव्य
कण्ठ्य काकलीय
नासिक्य अघोष ན /n/ ŋ̥ ང /ng/
घोष m མ /m/ n ན /n/ n~ɲ ཉ /ny/ ŋ ང /ng/
स्पर्श अघोष
अल्पप्राण
p པ /p/ t ཏ /t/ ʈ ཏྲ /tr/ k ཀ /k/ ʔ འ /ʔ/
अघोष
महाप्राण
ཕ /ph/ ཐ /th/ ʈʰ ཐྲ /thr/ ཁ /kh/
घोष b བ /b/ d ད /d/ ɖ དྲ /dr/ ɡ ག /g/
स्वर-रहित व्यञ्जन p̀ʱ~b̀ɦ བ /p'/ t̀ʱ~d̀ɦ ད /t'/ ʈ̀ʱ~ɖ̀ɦ དྲ /tr'/ k̀ʱ~g̀ɦ ག /k'/
स्पर्शसङ्घर्षी अघोष
अल्पप्राण
ts ཙ /ts/ ཅ /c/
अघोष
महाप्राण
tsʰ ཚ /tsh/ tɕʰ ཆ /ch/
घोष dz ཛ /dz/ ཇ /j/
स्वर-रहित व्यञ्जन tɕ̀ʱ~dʑ̀ɦ ཇ /c'/
संघर्षी अघोष s ས /s/ ɕ ཤ /sh/ h ཧ /h/
घोष z ཟ /z/ ʑ ཞ /zh/
Liquid अघोष ལ /l/ ར /r/
घोष l ལ /l/ r~ɹ~ɾ ར /r/
अन्तस्थ w ཝ /w/ j ཡ /y/ w ཝ /w/

स्वर-रहित व्यञ्जनहरू केही श्वसित आवाज, श्वास सहित, र निम्न तीक्ष्णताको साथ बोलिन्छन्। यी परम्परागत तिब्बतीका घोष व्यञ्जनहरूका शेष हुन् जुन अघोष बने।[५]

सिक्किमी स्वरवर्णहरूको तालिका तल दिइएको छ, मुख्यतः यलिनीमी (२००५) मा आधारित[५]

अग्र मध्य पश्च
अगोलित गोलित अगोलित गोलित
बन्द i ི /i/ y ུ /u/ u ུ /u/
मध्य e ེ /e/ ø ོ /o/ o ོ /o/
खुला ɛ ེ /e/ ɐ /a/

एबुगिडा लेखन प्रणालीमा लेखिने तिब्बती लिपिमा निहित स्वर /a/ अचिह्नित छ। माथिको तालिकामा [ɛ] /e/ स्वर [e] /e/ को एलोफोन हो जुन बन्द सिलेबल (शब्दांश)हरूमा [dʑ] /j/ पश्चात् प्रयुक्त हुन्छ।[५]

यी पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "सिक्किमी", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. "Lost Syllables and Tone Contour in Dzongkha (Bhutan)" in David Bradley, Eguénie J.A. Henderson and Martine Mazaudon, eds, Prosodic analysis and Asian linguistics: to honour R. K. Sprigg, 115-136; Pacific Linguistics, C-104, 1988
  3. ३.० ३.१ ३.२ ३.३ Lewis, M. Paul, सम्पादक (२००९), "Sikkimese", Ethnologue: Languages of the World (16 संस्करण), Dallas, Texas: SIL International, अन्तिम पहुँच १६ अप्रिल २०११ 
  4. ४.० ४.१ Norboo, S. (१९९५), "The Sikkimese Bhutia", Bulletin of Tibetology, Gangtok: Namgyal Institute of Tibetology, पृ: 114–115। 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ Yliniemi, Juha (2005). Preliminary Phonological Analysis of Denjongka of Sikkim (Masters, General Linguistics thesis). University of Helsinki. https://web.archive.org/web/20140809194318/https://helda.helsinki.fi/bitstream/handle/10138/19355/prelimin.pdf?sequence=2. अन्तिम पहुँच मिति: 17 April 2011.