पहिलो विश्वयुद्ध

युरोपमा केन्द्रित विश्व युद्ध

१९१४ देखि १९१८ सम्म युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रूपमा चीन र प्रशान्त द्विप समूह)मा चलेको लडाइँंलाई पहिलो विश्वयुद्ध भनेर जानिन्छ। यी क्षेत्रहरूमा यो लडाइँ जल, स्थल तथा आकाशमा लडिएको थियो। यस युद्धमा अभूतपूर्व धनजनको क्षति भएको थियो र यस युद्धलाई नै विश्वयुद्ध भनिएको हो।

पहिलो विश्वयुद्ध
मिति२८ जुलाई १९१४ – ११ नोभेम्बर १९१८
(४ वर्ष, ३ महिना र २ हप्ता)
स्थान
परिणाम गठबन्धन शक्तिहरूको विजय
योद्धा
सहयोगीहरू: केन्द्रीय शक्तिहरू:
शक्ति
जम्मा: ४२,९२८,००० कुल: २५,२४८,०००
६८,१७६,००० (कुल सबै)
मृत्यु र क्षति
  • सेनाको मृत्यु: ५,५२५,०००
  • सैनिक घाइते: १२,८३२,०००
  • कुल: १८,३५७,०००
  • सर्वसाधारणको मृत्यु: ४,००,०००
  • सेनाको मृत्यु: ४,३८६,०००
  • सैनिक घाइते: ८,३८८,०००
  • कुल: १२,७७४,०००
  • सर्वसाधारणको मृत्यु: ३,७००,०००

पहिलो विश्व युद्ध वा प्रथम विश्व युद्ध (28 जुलाई 1914 - 11 नोभेम्बर 1918), इतिहासको मा सबैभन्दा घातक वैश्विक संघर्षहरु मध्ये एक थियो। यो दुई गठबन्धन, सहयोगी र केन्द्रीय शक्तिहरू बीच लडिएको थियो । युरोप, मध्य पूर्व, अफ्रिका, प्यासिफिक का भूभागमा र एशियाका केही भागहरूमा लडाइँ भयो। लडाईमा अनुमानित ९० लाख सिपाहीहरू मारिए, थप २.३० करोड घाइते भए, जबकि ५० लाख नागरिकहरू सैन्य कारबाही, भोक र रोगको परिणाम स्वरूप मरे। नरसंहारको परिणाम स्वरूप दसौं लाख बढी मरे, जबकि युद्धको समयमा सैनिकहरूको परिचालनले १९१८ स्पेनिस फ्लू महामारी बढाएको थियो।

औद्योगिक क्रान्तिको कारण संसारका सबैठूला देशहरूले आफ्नो उद्योगको निम्ति कच्चा पदार्थ प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरू बेच्नको निम्ति संसारका कमजोर देशहरूलाई उपनिवेश बनाउन चाहन्थे। यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक सन्धिहरू पनि गरे। यो होडबाजीमा राष्ट्रहरूमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो। ऑस्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो। यो घटना २८ जून, १९१४ मा सेराजेवोमा भएको थियो। एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। रूस, फ्रान्सब्रिटेनले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई। अगस्तमा जापान, ब्रिटेन आदिको तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए। यो महायुद्ध यूरोप, एसिया अनि अफ्रिका तीन महाद्वीपहरूमा जल, थल तथा आकाशमा लडियो। शुरुमा जर्मनीले जित्यो। १९१७ मा जर्मनीले धेरै व्यापारिक जहाजहरूलाई डुबाइदियो। यसले गर्दा अमेरिका ब्रिटेनको तर्फबाट युद्ध स्थलमा उत्रियो तर रूसी क्रान्तिको कारण रूस यस युद्धबाट हट्यो। सन् १९१८ मा ब्रिटेन, फ्रान्स र अमेरिकाले जर्मनी आदि राष्ट्रहरूलाई पराजित गरे। जर्मनी र आस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१८ मा युद्धको समाप्ती भयो।

यो विश्वयुद्ध अन्तर्गत धेरैवटा लडाइँहरू भए, जसमा टेनेनबर्ग (२६ देखि ३१, १९१४), मार्नं (५ देखि १० सेक्टेम्बर, १९१४), सरी बइर (Sari Bair) अनि सूवला खाडी (६ देखि १० अगस्त, १९१५), वर्दूं (२१ फरवरी, १९१६ देखि २० अगस्त, १९१७), आमिऐं (८ देखि ११ अगस्त, १९१८), एव वित्तोरिओ बेनेतो (२३ देखि २९ अक्टोबर, १९१८) आदि लडाइँहरू मुख्य थिए।

जर्मनीद्वारा १९१६ मा गरिएको आक्रमणको प्रधान लक्ष्य बर्दूं थियो। महाद्वीप स्थित मित्र राष्ट्रहरूका सेनाहरूको विघटन गर्नका लागि फ्रान्समाथि आक्रमण गर्ने योजनानुसार जर्मनीको तर्फबाट तारिक २१ फरवरी १९१६ का दिन बर्दूं युद्धहरूको श्रीगणेश भयो। नौ जर्मन डिवीजनले एक साथ मजेल (Moselle) नदीको दाहिने पटिको किनारमा आक्रमण गरे तथा पहिलो एवं द्वितीय युद्ध मोर्चामाथि अधिकार जमाए। फ्रेंच सेनाका ओज जनरल पेतैं (Petain)को नेतृत्वमा यस चुनौतीको सामना गर्न अधि आए। जर्मन सेना २६ फरवरीमा बर्दूंको सीमाना देखि पाँच माइल टाढा रहे। केही दिनसम्म भयानक लडाइँं भयो। १५ मार्चसम्ममा जर्मन आक्रमण शिथिल हुँदै गयो र फ्रांसलाई आफ्नो व्यूहरचना अनि रसद आदिको सुचारु व्यवस्था मिलाउने मौका मिल्यो। म्यूजको पश्चिमी तीरमा पनि भीषण युद्ध भयो जो लगभग अप्रिलसम्म चल्यो। मईको अन्तमा जर्मनीले नदीका दुवैतर्फबाट आक्रमण गरयो र भयानक युद्ध भएपछि ७ जूनमा वाक्स (Vaux)को किला लिन सफल बन्यो। जर्मनी अब आफ्नो सफलताको शिखरमा पुग्नमा सफल भयो। फ्रेन्च सैनिक मार्ट होमे (Mert Homme)को दक्षिणी ढलान स्थलीय मोर्चामा डटेका थिए। सङ्घर्ष चल्लिरह्यो, ब्रिटिस सेनाले सम (Somme)माथि आक्रमण गरेर बर्दूंलाई मुक्त गराए। जर्मनीको अन्तिम आक्रमण ३ सेक्टेम्बरमा भएको थियो। जनरल मैनगिन (Mangin)को नेतृत्वमा फ्रान्सले प्रत्याक्रमण गरयो तथा अधिकांश हारिएका स्थल फिर्ता लिए। २० अगस्त, १९१७ मा बर्दूंको अंतिम युद्धको अतिंम युद्धको उपरांत जर्मनीसित केवल ब्यूमांट (Beaumont) बच्यो। यी युद्धहरूमा फ्रैंच सेना शिथिल भैसकेका थिए। आहत जर्मन सेनाको सङ्ख्या लगभग तीन लाख पुगेको थियो जसले गर्दा जर्मनीको जोश सेलाईसकेको थियो।

आमिऐं (Amiens)को युद्धक्षेत्रमा मुख्यत: मोर्चाबन्दीका लडाइँहरू भए। २१ मार्च देखि २० अप्रिलसम्म जर्मनले आफ्नो मोर्चादेखि बढेर अङ्ग्रेजी सेनालाई लगभग २५ माइल ढकेलेर आमिऐंको नजिक पुरयाए। उनीहरूको उद्देश्य त्यहाँबाट जाने रेलवे लाईनमा अधिकार गर्नु थियो, जो कैले बन्दरगाहदेखि पेरिस जान्थ्यो र जसद्वारा अङ्ग्रेजी सेना र फ्रान्सको सेनाको निम्ति सहायता पुरयाइन्थ्यो।

तारिक २० अप्रिल देखि १८ जुलाईसम्मक जर्मन आमिऐंको छेउमा रहिरहे। अर्कोपटि मित्र देशहरूले आफ्नो शक्ति धेरै बढाएर संगठित भैसकेका थिए, उनीहरूका सेनाहरू जो यो भन्दा पहिला आ-आफ्ना सेनापतिहरूको निर्देशनमा लड्थे अब एक प्रधान सेनापति मार्शल फशका अधीनमा गराइयो।

जुलाई, १९१८ पछि जनरल फशको निर्देशनमा मित्र देशहरूका सेनाहरूले जर्मनीलाई धेरै ठाउँहरूमा परास्त गरे।

जर्मन प्रधान सेनापति लूडेनडार्फले अङ्ग्रेजी तथा फ्रांसीसी सेनाहरूको संगम स्थलमा अचानक आक्रमण गरे। यो आक्रमण २१ मार्च बिहानी पख ४.३० बजे गरियो, कुहिरो लागेको कारण सेनाको गतिविधि थाह पाएनन्। ४००० तोपहरूको गोलीबारीबाट शुरु भयो। ४ अप्रिलमा जर्मन सेना कैले-पेरिस रेलवेदेखि केवल दुई माइल टाडा थियो। ११-१२ अप्रिलमा अङ्ग्रेजी सेनापतिहरूले आफ्ना सैनिकहरूलाई लडेर मर्ने अनुरोध गरे।

त्यसपछि एक सप्ताह भन्दा अधिक समयसम्म जर्मनहरूले आमिऐंको नजिक लडाइँ जारी राखे, तर उनीहरूले कैले-पैरिस रेल लाईनमा अधिकार गर्न सकेनन्। अङ्ग्रेजी सेनालाई फ्रान्सीसि सेनाबाट अलग राख्ने उनीहरू प्रयास असफल भयो।

२० अप्रिलदेखि लगभग तीन महीनासम्म जर्मनले मित्र देशहरूलाई अन्य क्षेत्रहरूमा परास्त गर्ने प्रयत्न गरिरह्यो, अनि सफल पनि भयो। तर यो सफलताबाट लाभ उठाउने मौका भनें जर्मनीले पाएन। मित्र देशहरूले यस भीषण स्थितिमा आफ्नो शक्ति बढाउने प्रबन्ध गरिसकेका थिए।

२५ मार्चका दिन जेनरल फश यस क्षेत्रमा मित्र देशहरूका सेनाका सेनापति नियुक्त भए। ब्रिटेनको संसदले अप्रिलमा सैनिक सेवाको उमेर बढाएर ५० वर्ष गरिदियो, अनि ३,५५,००० सैनिकहरू अप्रिल महिनाभित्रमा नैं फ्रान्स पठाइए। अमरीकाबाट पनि सैनिक फ्रान्स पुग्नथाले, अनि बिस्तारै उनीहरूको ६,००,००० पुग्यो| नयाँ अस्त्र-शस्त्र तथा अन्य आविष्कारहरूको कारण मित्र देशहरूको वायुसेना प्रबल भयो। विशेष गरी उनीहरूका ट्यांकहरू सक्षम बने।

१५ जुलाइका दिन जर्मनीले आफ्नो अन्तिम आक्रमण मार्न नदीमा पेरिसतिरबाट गर्ने प्रयास गरयो। फ्रान्सीसी सेनाले यसलाई रोकेर तीन दिनपछि जर्मनहरूमाथि सो नैं क्षेत्रमा शक्तिशाली आक्रमण गरेर ३०,००० सैनिकहरूलाई बन्दी बनाए| फेरि ८ अगस्तमा आमिऐं नजिक जनरल हेगको अध्यक्षतामा ब्रिटिस तथा फ्रांसीसी सेनाले बिहानै ४.३० बजे कुहिरो लागेको आडमा जर्मनहरूमाथि अचानक आक्रमण गरे। यस लडाइँमा चार मिनेट तोपहरूबाट गोला चलाए पछि, सयौ टैंक सेनाको अघाडि पठाइए, जसको कारण जर्मन सेनामा हलचल मचियो। आमिऐंको पूर्व आब्र एवं सम नदीहरूको बीच १४ माइलको मोर्चामा आक्रमण भयो, अनि यस लडाइँमा जर्मनहरूको यति बिघ्न क्षति भयो कि सूडेनडोर्फले यस दिनलाई जर्मन सेनाको निम्ति कालो दिन भनियो।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्