कश्मीरी भाषा

कश्मीरी भाषा (كٲشُر, कॉशुर) इन्डो-आर्यन भाषा परिवार मध्यको एक भाषा हो । यो भाषा विशेष गरी जम्मू र कश्मीर क्षेत्रको कश्मीर उपत्यका र चिनब उपत्यकामा बोलिने गरिन्छ। भारतमा मात्रै ६७,९७,५८७ यो भाषाको प्रयोग गर्दछन् । यसका साथ पाकिस्तानमा करिब ३,५०,००० ले यस भाषाको प्रयोग गर्दछन्।

Kashmiri
كٲشُر, कॉशुर
Kashmiri language.png
उच्चारण[kəːʃur]
मूलभाषीजम्मू र कश्मीर
क्षेत्रकश्मीर उपत्यका, चिनब उपत्यका
रैथाने(हरू)कश्मीरी
मातृभाषी वक्ता७१ लाख
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत[१]
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ks
आइएसओ ६३९-२kas
आइएसओ ६३९-३kas
ग्लोटोलगkash1277[२]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

कश्मीरी भाषा भारतको २२ आधिकारिक भाषा मध्यको एक भाषा हो। यसका साथै यो जम्मू र कश्मीरमा प्रयोग हुने ८ आधिकारिक भाषा मध्यको एक भाषा हो। सन् २००८ को नोबेम्बर पश्चात कश्मीरी भाषालाई जम्मू र कश्मीर क्षेत्रका सबै सरकारी विद्यालयमा अनिवार्य विषयको रूपमा पढाइने गरिन्छ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Kashmiri: A language of India", Ethnologue, अन्तिम पहुँच २००७-०६-०२ 
  2. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Kashmiri", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 

यो पनि हेर्नुहोस्सम्पादन